२०८३ बैशाख १५ गते, मंगलवार १४:४६

काठमाडौं वडा १९ मा शहिदहरूको स्मृतिमा माल्यार्पण कार्यक्रम

काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. १९ का जनप्रतिनिधिहरूले शहिद गङ्गालाल श्रेष्ठ तथा ०४६ सालको जनआन्दोलनका शहिद निर्गुणको प्रतिमामा माल्यार्पण गरी शहिद सप्ताह मनाएका छन्।

वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा शहिदहरूको योगदान स्मरण गर्दै लोकतन्त्र र जनअधिकारका लागि उनीहरूले गरेको बलिदान कहिल्यै भुल्न नहुने उल्लेख गरिएको थियो।

कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ८ का उम्मेदवार सपना राजभण्डारी, क्षेत्रीय सभापति एवं वडा नं. १९ का अध्यक्ष राजेश श्रेष्ठ, वडा इकाई सभापति गोविन्द श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी वडा सदस्यहरू चन्द्रमान डंगोल, रेणुकमल शाही, रञ्जिता परियार, दिनेश जोशी, महिला समूहका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

उपस्थित वक्ताहरूले शहिदहरूको सपना साकार पार्न जनप्रतिनिधि र नागरिक दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM