२०८३ जेष्ठ ५ गते, मंगलवार १४:०७

वीउवासंघद्वारा मुख्यमन्त्रीसँग निजी क्षेत्र समितिको स्वागत

वीरगंज, १२ असार । वीरगंज उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्ति जारी गरी औद्योगिक विकास एवं नीजिक्षेत्रका समस्या समाधान गर्न मुख्यमन्त्रीसंग नीजि क्षेत्र समिति गठनको स्वागत गरेको छ । विज्ञप्तिमा मुख्यमन्त्री सतिश कुमार सिंहले नीजि क्षेत्रमा विद्यमान रहेका समस्य छिटो छरितो रूपमा समाधान गर्न, मधेश प्रदेशलाई आर्थिकरूपमा सबल बनाउन उद्योग व्यवसाय क्षेत्रको विकासको लागि बाधक रहेका कानूनहरू समय सापेक्ष सुधार गर्ने एवं थप नयाँ कानून बनाउने विषयमा पहल गर्न, आगामी वर्ष हुने लगानी सम्मेलनको सहजीकरण गर्न, सरकारका विभिन्न मन्त्रालयहरू, विभाग तथा कार्यालयहरू र नीजिक्षेत्र बीच प्रभावकारी समन्वय कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा गठन गरिएको मुख्यमन्त्रीसंग नीजि क्षेत्र समितिलाई वीउवासंघले स्वागत गरेको जनाएको छ । लामो समय देखिको नीजिक्षेत्रको माँग र मुलुकमा प्रदेश स्थापना भए देखि नै पहिलो पटक यस प्रकारको संयत्र बनेको र यस संयत्रको मार्फतबाट भविष्यमा यस प्रदेशले थप आर्थिक विकास गर्ने अपेक्षा सङ्घले राखेको छ । समितिका संयोजक सहित सदस्यहरूमा अर्थमन्त्री, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री, मुख्यमन्त्री तथ मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव, निती तथा योजना आयोगका उपाध्यक्ष, सम्बन्धीत मन्त्रालयका सचिव सहित नीजिक्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशमा अध्यक्ष अशोककुमार टेमानी, नि.वर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, उपाध्यक्ष जितेन्द्र महासेठ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, होटेल एवं पर्यटन व्यवसायी सङ्घका प्रदेश अध्यक्ष हिरालाल गौतम, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष प्रमोद साह र वस्तुगत सङ्घका प्रतिनिधी सुधिर अग्रवाल रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM