२०८२ असार २५ गते, बुधबार १६:१४

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाको बहिष्कार, विपक्षीको आक्रोश बीच मन्त्रीहरूको बजेटबारे स्पष्टीकरण

काठमाडौं, ९ असार/प्रतिनिधिसभाको सोमबारको बैठक प्रमुख विपक्षी दलहरूको बहिष्कारबीच सञ्चालन भएको छ। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेका हुन्।

रास्वपाका सांसद शिव नेपालीले आकस्मिक समय प्रयोग गर्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे गम्भीर छानबिनको माग गरे। उनले संसद्मा विपक्षीको आवाज दबाउने प्रयास भइरहेको आरोप पनि लगाए। रास्वपाले पछिल्ला बैठकहरूमा जस्तै यसपटक पनि उच्चस्तरीय संसदीय समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ।

बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका बजेटसम्बन्धी प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको थियो। वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले उठेका प्रश्नमा जवाफ दिए।

यस्तै, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह तथा सञ्चार र सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमाथिको छलफलमा उठेका जिज्ञासाहरूमा पनि सम्बन्धित मन्त्रीहरूबाट स्पष्टिकरण दिइएको छ।

विपक्षी दलहरूको बहिष्कारका बीच संसदको नियमित कार्यसूची अघि बढाइए पनि सरकारप्रति बढ्दो असन्तुष्टि र संवेदनशील विषयहरूमा गम्भीरतापूर्वक छलफलको माग उठिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM