२०८३ बैशाख ८ गते, मंगलवार १४:१५

मदरल्याण्ड मा.वि.मा अन्तर कक्षा सजावट प्रतियोगिता सम्पन्न, कक्षा ७ प्रथम

पर्सा, वीरगंज — मदरल्याण्ड माध्यमिक विद्यालयमा आयोजित अन्तर कक्षा कक्षासज्जा (Class Decoration) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. नन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्री ओम प्रकाश खनालले गर्नु भएको थियो।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य श्री सन्तोष पौडेल, रिपोर्टर्स क्लब पर्साका अध्यक्ष श्री कन्हैया गुप्ता, कपडा बैंकका अध्यक्ष एवं वरिष्ठ पत्रकार श्री लालबाबु सिंह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै नेपाल पत्रकार महासंघका जिल्ला सदस्य श्री रितेन्द्र झा र प्रेस सेन्टर पर्साका कोषाध्यक्ष श्री संजित गुप्ता पनि अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रतियोगितामा कुल १५० अंकको आधारमा मूल्याङ्कन गरिएको थियो। कक्षा ७ ले १३५ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ भने कक्षा ६ ले १३४ अंकसहित दोस्रो र कक्षा ४ तथा नर्सरीले समान १३३ अंक प्राप्त गर्दै संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरेका छन्। त्यस्तै, कक्षा १ ले १३२ अंकसहित सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ।

कार्यक्रममा विजयी कक्षाहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूहरूले शिल्ड प्रदान गरी सम्मानित गर्नुभएको थियो। प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डलमा श्री लालबाबु सिंह, श्री कन्हैया गुप्ता र श्री रितेन्द्र झा रहनुभएको थियो।

कार्यक्रमको समन्वय तथा सहजिकरण विद्यालयका लेखापाल सुश्री विजेता चौधरीले गर्नु भएको थियो।

विद्यालय प्रशासनले विद्यार्थीको सृजनात्मकता, समुहगत सहभागिता र कलात्मक प्रस्तुतिको विकासका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM