२०८२ आश्विन २६ गते, आईतवार ११:०७

भण्डारी सेवा समाज नेपालको मोरङ जिल्ला सम्मेलन सम्पन्न

बिराटनगर/ भण्डारी सेवा समाज नेपालको मोरङ जिल्ला सम्मेलन मोरङको होक्लाबारी स्थित रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको भेलामा सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता भक्त बहादुर भण्डारीले गरेका थिए, भने प्रमुख अतिथिहरूमा केन्द्रिय उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख कुमार भण्डारी, बाग्मती र मधेश प्रदेश इन्चार्ज लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।

यस अवसरमा केन्द्रिय सदस्य देवी बहादुर भण्डारी र भक्तपुर जिल्ला अध्यक्ष परीन्द्र भण्डारीसहित समाजका बुद्धिजीवी सुर्य बहादुर भण्डारीको समेत विशेष उपस्थिती रहेको थियो। कार्यक्रमको सन्चालन रबिन भण्डारीले गरेका थिए।

सम्मेलनले देबेन्द्र भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र टेक बहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ। प्रमुख अतिथी कुमार भण्डारीले आफ्नो सम्बोधनमा भण्डारी सेवा समाज नेपालको महत्व र उद्देश्यबारे जानकारी दिँदै यस समाजको स्थापना २०६५ असोज ३ गते भएको बताए। उनले थपे, “आजसम्म यस संस्था ५६ जिल्लामा फैलिएको छ र भविष्यमा सबै रघुवंशी कौशिक गोत्रीय दाजुभाइलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ।”

यसैगरी, भण्डारी सेवा समाजले स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिने योजना बनाएको छ। हालसम्म ५ वटा अस्पतालसँग सम्झौता भइसकेको र उपचारमा १५% देखि ५०% सम्म छुटको व्यवस्था गरेको जानकारी प्रमुख अतिथी कुमार भण्डारीले प्रदान गरे। उनले समाजका सदस्यहरूलाई हाम्रो धर्म, संस्कृति र परम्परालाई कायम राख्दै एकता र भाइचारा प्रवर्धन गर्न आग्रह पनि गरे।

कार्यक्रमको समापन मोरङ जिल्लाबाट नव निर्वाचित कार्यसमितिका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना सहित प्रमुख अतिथी कुमार भण्डारीले गरेका थिए।

यस सम्मेलनको आयोजनाले भण्डारी सेवा समाज नेपालको उपस्थिती र सक्रियता नेपालको विभिन्न जिल्ला र विदेशमा फैलाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM