२०८२ आश्विन २६ गते, आईतवार ११:०४

कुटपिट प्रकरणपछि इन्सपेक्टरको सरुवा

काठमाडौँ ।कार्यस्थलमै अनुशासन भंग गर्दै कनिष्ठ प्रहरीमाथि हातपात गरेका ट्राफिक प्रहरी प्रभाग, नागढुंगाका इन्सपेक्टर जितेन्द्र साहलाई पदमुक्त गरिएको छ। उनलाई जिम्मेवारीबाट हटाउँदै छानबिन प्रक्रिया अघि बढाइएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, केही दिनअघि नागढुंगा चेकपोष्टमा खटिएका एक सहायक हवल्दारमाथि इन्सपेक्टर साहले सार्वजनिक रूपमा कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनको गरिमा र आन्तरिक अनुशासनमाथि गम्भीर प्रश्न उठेका छन्।

“अनुशासनहीनता कुनै पनि तहमा स्वीकार्य छैन,” प्रवक्ता खनालले भने, “घटनाको प्रारम्भिक अध्ययनपछि उहाँलाई हटाउने निर्णय भएको हो।”

सामान्य विषयलाई लिएर सुरक्षाकर्मीबीच शारीरिक आक्रोश देखिनु स्वयं संस्थाको आन्तरिक कार्यसंस्कृतिप्रति खतरा मानिएको छ। यस प्रकारका घटनाले आम जनमानसमा सुरक्षाप्रति विश्वास गुमाउने सम्भावना रहन्छ।

हाल इन्सपेक्टर साहका सम्बन्धमा विस्तृत छानबिन सुरु भइसकेको छ भने दोष देखिए कडा अनुशासनात्मक कारबाही हुने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM