जलेश्वर, महोत्तरी — नेपाल बुद्धिजीवी परिषद् मधेश प्रदेशले आफ्नो दोस्रो अधिवेशन २०८२ सालको बैशाख २७ गते जलेश्वरमा सम्पन्न गरेको छ। अधिवेशन परिषद्का वर्तमान अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा बसेको थियो।
अधिवेशनका प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व रक्षा मन्त्री ईश्वर पोखरेलको उपस्थिति रहेको थियो। त्यस्तै परिषद्का केन्द्रीय अध्यक्ष डा. दिनेश चन्द्र देवकोटा, उपाध्यक्षहरू डा. बिधान आचार्य र डा. कमानन्द देव, मधेश प्रदेश इन्चार्ज डा. अर्जुन कु सिंह, साथै एमालेका विभिन्न नेता तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले परिषद्को गतिविधिलाई सशक्त बनाउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। अधिवेशनमा मधेश प्रदेशभरिका आठै जिल्लाबाट आएका बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो।
अधिवेशनले नयाँ कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वमा अध्यक्ष पदमा रास बिहारी यादव, उपाध्यक्षमा डा. अख्तर आलम अन्सारी, सचिवमा सुनिल कुमार झा, सह-सचिवमा महादेव राउत र कोषाध्यक्षमा धिरज साह चयन भएका छन्। समिति १७ सदस्यीय रहेको छ, जसमा अन्य सदस्यहरू पनि समावेश छन्।