२०८२ मंसिर २१ गते, आईतवार ००:३२

चन्द्रनगरमा पहिलोपटक ह्वीलचेयर वितरण : अपाङ्गता भएका व्यक्तिहरू उत्साहित

राकेश गुप्ता/

सर्लाही, चन्द्रनगर।

चन्द्रनगरमा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ, जसले समुदायमा उत्साह र खुसीको माहोल सिर्जना गरेको छ। भारत सरकारको आर्थिक सहयोगमा नेपाल–भारत महिला मैत्री समाजद्वारा आयोजित कार्यक्रममा वडा नं. १ देखि ७ सम्मका २० जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर प्रदान गरिएको हो।

वडा नं. २ स्थित पर्ती बजारमा सम्पन्न कार्यक्रममा लाभग्राहीहरूको अनुहारमा विशेष खुसी देखिएको थियो। वडा नं. ४ की मन्दी देवी माझीले आफ्ना श्रीमानका लागि ह्वीलचेयर पाउँदा गहभरी आँसु पार्दै आयोजक र सांसद चन्दा चौधरीप्रति आभार प्रकट गरिन्। त्यही वडाकी अर्की आमाले पनि छोरीको लागि ह्वीलचेयर पाउँदा जीवनमै पहिलोपटक यस्तो राहत महसुस भएको बताइन्।

अपाङ्गता भएका प्रदीप धामीले नेपाल–भारत महिला मैत्री समाज र भारत सरकारप्रति कृतज्ञता प्रकट गर्दै, यो सहयोगलाई जीवन परिवर्तनकारी बताए। वडा नं. ३ का सिकिन्द्र महतोले सामाजिक सञ्जालमा कार्यक्रमबारे थाहा पाएपछि कार्यक्रममा सहभागी भई ह्वीलचेयर प्राप्त गरेको जानकारी दिँदै, अब आफू पनि सहजै हिँडडुल गर्न सक्ने बताए।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले राजनीति र समाजसेवा एकअर्काको पूरक भएको बताउँदै आफूले सधैं समाजसेवालाई प्राथमिकतामा राखेको उल्लेख गरिन्। “जबसम्म जीवन रहन्छ, समाजसेवामा समर्पित रहने छु,” सांसद चौधरीको प्रतिबद्धता थियो।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सांसद चौधरीलाई होनहार राजनीतिज्ञ र सक्रिय समाजसेवीको रूपमा वर्णन गर्दै चन्द्रनगरका हरेक विकास योजनामा उहाँको साथ र चासो रहेको बताए।

वडा नं. १ का कृष्णचन्द्र महतोले चन्द्रनगरमा यसअघि कहिल्यै ह्वीलचेयर वितरण नभएको उल्लेख गर्दै, यो पहिलोपटकको प्रयासले अपाङ्गता भएका व्यक्तिहरूमा नयाँ आशा र उत्साहको संचार गरेको बताए।

ह्वीलचेयर वितरण कार्यक्रममा सांसद चन्दा चौधरी, नेपाल–भारत महिला मैत्री समाज काठमाडौंका उपाध्यक्ष राधा कुमारी कायस्थ, गाउँपालिका अध्यक्ष राजकुमार महतो, समाजसेवी तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM