२०८२ कार्तिक २१ गते, शुक्रबार २१:१८

ट्राफिक प्रहरीको कुटपिट काण्ड : चार जना कारवाहीमा

काठमाडौँ – सुन्धारामा मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले गरेको कुटपिटको घटनापछि संलग्न ट्राफिक प्रहरीहरूलाई जिम्मेवारीबाट हटाइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गते सुन्धाराको आकाशे पुलमुनि भएको उक्त घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाई कार्यालयमा झिकाइएको जानकारी दिएको हो।

ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई बुट र लातले निर्घात कुटपिट गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ।

“घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि उक्त घटना भएको पुष्टि भएको छ। संलग्न देखिएका चार जना ट्राफिक प्रहरीहरूलाई हटाई आवश्यक छानबिन तथा अनुसन्धान कार्य अघि बढाइएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

ट्राफिक प्रहरीको यस्तो व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ भने सम्बन्धित निकायले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM