कास्की, नेपाल – भण्डारी सेवा समाज, नेपाल (रघुबङ्शी कौशिक गोत्रीय) को कास्की जिल्ला सम्मेलन हालै सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता श्री सुदन भन्डारीले गरेका थिए। प्रमुख अतिथिका रूपमा केन्द्रिय अध्यक्ष वीर ब. भण्डारीले सम्मेलनलाई सम्बोधन गर्दै सबै दाजुभाइलाई वङ्शावली मार्फत जोडेर केन्द्रिय कौशिक ऋषि आश्रमको निर्माण गर्ने योजना प्रस्तुत गरे।
केन्द्रिय उपाध्यक्ष एवं सङ्गठन विभाग प्रमुख कुमार भण्डारीले देशभरिका दाजुभाइको एकता र भाइचारा सुदृढ गर्दै ५६ जिल्लामा सम्पर्क स्थापना गरी २३ जिल्लामा सम्मेलन सम्पन्न भएको र २ नगरपालिका र ६ गाउपालिका समिती गठन भएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा बाँकी जिल्लामा पनि सम्मेलन गर्दै सबैलाई जोड्ने उद्देश्य राखेको कुरा साझा गर्नुभयो।
कास्की जिल्लाको कार्यसमिति १५ सदस्यीय गठन भएको छ भने संरक्षक एवं सल्लाहकार संयोजक बिमल भन्डारीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती गठन भएको छ। नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

















