२०८२ असार ७ गते, शनिबार ०६:५९

सांसद सुमना श्रेष्ठले दिईन् राजीनामा

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह-महामन्त्री पदबाट राजीनामा दिएकी छिन्।

उनले दोहोरो भूमिका निर्वाह नगर्ने बरू संसदमै प्रभावकारी भूमिका निर्वाह गर्ने मनसायले पार्टीको सह-महामन्त्री पदबाट राजीनामा दिएको उनले पेश गरेको प्रस्तावमा उल्लेख गरिएको छ।

उनले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमले र पार्टीको जिम्मेवारी अर्को किसिमले भएको भन्दै एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न राजीनामा दिएको उल्लेख गरेकी छिन्।

उनले आफू सांसदको भूमिकामा सीमित हुने र पार्टीमा आफ्नो जिम्मेवारी अरूलाई दिन चाहेको बताएकी छिन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM