२०८२ मंसिर २३ गते, मंगलवार १३:१७

मातातीर्थमा आगलागीपछि प्राधिकरणको द्रूत रफ्तार: विद्युत् आपूर्ति पुनःसुचारु

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेशन अन्तर्गतको ११ केभी फिडर लाइनहरूमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएको छ। उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको आपूर्ति प्रभावित भए पनि अधिकांश क्षेत्रमा हिजैदेखि आपूर्ति पुनःस्थापित भइसकेको प्राधिकरणले जानकारी दिएको छ।

भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्नुभयो। उनका अनुसार ब्रेकर प्यानलको स्विच सञ्चालन गर्ने क्रममा ‘स्पार्क’ भई आगलागी भएको हो। “जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ,” उनले बताए।

बूढानिलकण्ठ र चपली सबस्टेशनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले जानकारी दिनुभयो। उनका अनुसार तत्कालका लागि स्युचाटार सबस्टेशनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।

“केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो। केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन आजभित्रै व्यवस्थापन गरिनेछ,” कार्यकारी निर्देशक शाक्यले बताए।

यस घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ। भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको देखिएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिएको छ।

शाक्यले पनि प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोऱिने गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM