२०८३ बैशाख २० गते, आईतवार ०७:५६

फेरि आयो राजा ज्ञानेन्द्रको भिडियो सन्देश, के भने? सुन्नुहोस्

काठमाडौ/ राजा ज्ञानेन्द्रले नयाँ वर्ष २०८१ को अवसरमा भिडियो सन्देश दिएका छन्,।

राजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

‘समाजका विभिन्न दल र वर्ग समुदायले आफ्ना धारणा र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्ता धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्दछ।’ पूर्वराजा शाहले भने, ‘केहीदिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी ,तोडफोड भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो। त्यो सुन्दा हामीलाई अन्त्यन्तै दु:ख लाग्यो।’

उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताए। उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो/नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ।’ शाहले नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको दाबी गरे।

सन्देशमा उनले के भने? भिडियो सुन्न यहाँ क्लिक गर्नुहोस्…!

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM