२०८२ मंसिर २३ गते, मंगलवार १३:५७

चन्द्रसूर्यवाणीका सम्पादक सन्तोष मिश्र पुरस्कृत, पत्रकारले शक्तिमा भएकालाई धरातल टेकाएको पूर्वमन्त्री राणाको भनाई

काठमाडौँ, ३० चैत / चन्द्रसूर्यवाणी डटकम तथा क्राइम चेक साप्ताहिकका सम्पादक सन्तोष कुमार मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन अन्तर्गत ललितपुरमा आयोजित विशेष समारोहमा ऊर्जा खबरका मधेश प्रदेश संयोजक समेत रहेका पत्रकार मिश्रलाई रु. ११,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

पत्रकार मिश्र विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन्। उनले सामाजिक सरोकार, अनुसन्धान, ऊर्जा तथा जनजीवनका विविध पक्षहरूमा कलम चलाउँदै आएका छन्। उनी Federation of International Journalists America (FIJA) को नेपाल बोर्ड अफ डाइरेक्टरका सदस्य, नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश कार्यसमिति सदस्य, तथा नेपाल पत्रकार मञ्चका सक्रिय सदस्यका रूपमा समेत आबद्ध छन्।

उक्त अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने थप पाँच जना पत्रकारहरूलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो।

सबैभन्दा ठूलो राशीको क्रियाशील पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई प्रदान गरिएको थियो। उक्त पुरस्कारमा रु. २५,००० नगद र प्रमाणपत्र समावेश थियो।

अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्तर्गत रु. १५,००० नगद र प्रमाणपत्रसहित सम्मान गरियो।

अन्नपूर्ण टाइम्सका फोटो पत्रकार तथा नेपाल फोटो पत्रकार समूहका महासचिव घनश्याम श्रेष्ठलाई डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो, जसमा रु. ५,१११ नगद र प्रमाणपत्र प्रदान गरिएको हो।

नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार चेतनराज पाण्डेले प्राप्त गरेका छन् भने बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टंककला तिमिल्सेनालाई प्रदान गरिएको हो। दुबै पुरस्कारको राशी रु. ५,१११ र प्रमाणपत्र थियो।

कार्यक्रममा तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, क्यानका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) र सामाजिक अभियन्ता डा. पियारत्न महर्जनलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

महाधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री उदय शम्शेर राणा प्रमुख अतिथि थिए। उनले भनें, “गणतन्त्रको विकल्प खोज्न मिल्दैन। यसको कमजोरी सच्याउन सकिन्छ, हटाउन खोज्नु खतरनाक प्रवृत्ति हो।” उनले नेपालको पत्रकारिताले सत्ता र शक्तिको यथार्थ उजागर गरेको उल्लेख गरे।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पत्रकारिता सशक्तीकरणमा मञ्चको योगदानको प्रशंसा गरे। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सञ्चारमाध्यमप्रति समाजमा बढ्दो दबाब र चुनौतीप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले निष्पक्षता, निर्भीकता र पारदर्शिता नै पत्रकारिताको मूल मर्म भएको बताए। कार्यक्रममा संघका महासचिव बिमल थापाले सञ्चालन, र उपाध्यक्ष चन्द्रमणि भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM