२०८२ मंसिर २१ गते, आईतवार २१:०६

गुरुकुलको सहयोगार्थ ‘प्रतिष्ठा’ नाटक मञ्चन : संस्कृत भाषा र नारी शिक्षाको प्रवर्धनमा विशेष सन्देश

काठमाडौँ, चैत्र २८ – संस्कृत भाषा र नारी शिक्षाको प्रवर्धनकाे सन्देशसहित विशेष संस्कृत नाटक ‘प्रतिष्ठा’ को सफल मञ्चन नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डपमा सम्पन्न भएको छ। द्विदिवसीय उक्त नाटक चैत्र २६ र २८ गते कान्तिभैरव गुरुकुल, गोकर्णको संयोजन तथा प्रस्तुतिमा मञ्चन गरिएको हो।

प्रा. डा. नवराज कट्टेलद्वारा लिखित तथा वरिष्ठ रंगकर्मी रामकाजी घिमिरेको निर्देशनमा मञ्चन गरिएको नाटकमा सहनिर्देशन भेग पहरीले गर्नु भएको थियो भने सूत्रधारको भूमिकामा लक्ष्मण भट्टराईले दर्शकलाई कथा र सन्देशमा बाँधिरहे।

नाटक *‘प्रतिष्ठा’*ले नारी शिक्षाको अपरिहार्यता र संस्कृत भाषाको संरक्षण र प्रवर्धनलाई मूल विषयवस्तुका रूपमा उठाएको छ। कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले नाटकमार्फत दिइएको सन्देश अत्यन्त सान्दर्भिक र प्रभावकारी रहेको बताउँदै यस किसिमका नाटकहरूले समाजमा चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष लवदेव अवस्थी, प्रा. विद्यानाथ भट्ट, संस्कृति विद् प्रा. डा. ऋषिराम पोखरेल, नेपाल भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, सचिव हरि लम्साल, शिमाविकेका महानिर्देशक कृष्ण काप्री, योजना आयोगका सचिव सुरेश अर्याल, योग प्रशिक्षक तथा युवा उत्प्रेरक प्रकाश नेवा, लेखक तथा अध्यापक नारायण नेपाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमको सभापतित्व श्रीचन केसीले गर्नुभएको थियो भने सञ्चालन वेदमणि सुबेदीले गर्नुभएको थियो।

नाटकमा सर्वाणी पराजुली, रुपेश पराजुली, सुलज्ञ भट्टराई, नवीन रेग्मी, मधु पराजुली, मन्दिप रिमाल, कृन्जुल बराल, पेशल गौतम, रमण सिग्देल र सुदीप आचार्य लगायतका कलाकारहरूको आकर्षक अभिनयले दर्शकको मन जितेको थियो।

कार्यक्रममा गुरुकुलका प्राचार्य, शिक्षक वर्ग, बटुक तथा विभिन्न शुभचिन्तकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM