२०८२ असार २० गते, शुक्रबार ०९:०९

सर्वोच्चको आदेशपछि कुलमान कालागि प्राधिकरणको ढोका बन्द

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र बहालवाला कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारविरुद्ध दायर गरेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

घिसिङले मन्त्रिपरिषद्को चैत ११ गतेको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सो मुद्दामाथि तीन दिनसम्म चलेको सुनुवाइपछि अदालतले अन्तरिम आदेश नदिई मुद्दालाई अग्राधिकारमा राख्ने निर्णय गरेको छ।

त्यस्तै, शाक्यले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध करिब साढे तीन वर्षअघि दायर गरेको रिटमा पुनः सुनुवाइको माग गर्दै नयाँ निवेदन दिएका थिए। तर, अदालतले उनको मुद्दामा अग्राधिकार समेत नदिने निर्णय गरेको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM