२०८२ माघ १७ गते, शनिबार ०४:१९

टोखाबाट बरामद २५ करोडको मालिक पौडेल माओवादी नेता रहेको खुलासा

काठमाडौं, चैत २० – टोखाबाट बरामद २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राका मालिक नारायण पौडेल नेकपा (माओवादी केन्द्र) का नेता रहेको खुलासा भएको छ। राजस्व अनुसन्धान विभागले उनलाई उक्त रकमको मालिकको रूपमा पहिचान गरेको हो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ घर भई काठमाडौं टोखा-१० महादेवटार हाइटमा बस्दै आएका पौडेल यसअघि पनि विदेशी मुद्रा अपचलन (हुण्डी) मा संलग्न भई पक्राउ परिसकेको तथ्य बाहिर आएको छ। उनले २०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिकाको अध्यक्ष पद जितेका थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए।

पक्राउ गर्नुअघि नै नाम सार्वजनिक, प्रहरी असन्तुष्ट

चैत ४ गते राति टोखाको झोरबाट नियन्त्रणमा लिइएको ट्रक (नं. प्रदेश ७ ख १६५२) बाट फल्स बटममा लुकाइएको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो। अनुसन्धानको क्रममा पौडेलकै नाम खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो, तर त्यसअघि नै उनको नाम सार्वजनिक हुँदा उनी फरार भएका छन्।

एक प्रहरी अधिकृतले भने, “अनुसन्धानकै क्रममा रहेका व्यक्तिको नाम सार्वजनिक गर्नु जोखिमपूर्ण हुन्छ। यसले आरोपी भाग्न सजिलो बनाउँछ।”

राजनीतिक पहुँच र आपराधिक गतिविधि

नारायण पौडेलका तीन दाजुभाइ पनि प्रभावशाली राजनीतिक र आर्थिक संलग्नतामा रहेको खुलेको छ। उनका जेठा दाजु ध्रुव पौडेल एमालेका नेता हुन् भने साइलो बच्चु हिमालयन सीमा व्यापार संघका पूर्व अध्यक्ष हुन्। कान्छा राजकुमार पौडेल २०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिकाका अध्यक्ष बनेका थिए।

प्रहरी स्रोतका अनुसार, “चारै जना दाजुभाइ रक्तचन्दन, सुन तस्करी र विदेशी मुद्रा अपचलनमा संलग्न देखिन्छन्।”

विभागका अनुसार, ट्रक चालक कुशाङ लामाले रकम लैजानुअघि पौडेलसँग फोनमा कुराकानी गरेका थिए। अनुसन्धानका क्रममा पौडेलको घर, ग्यारेज, कारोबार स्थल र बैंक खाताको विवरणसमेत खोतलिएको छ।

नारायण पौडेल हाल फरार छन् भने प्रहरी उनको खोजीमा जुटेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM