२०८३ बैशाख २० गते, आईतवार १६:१४

साइबर क्राइम मुद्दाका फरार अभियुक्त मुख्यमन्त्रीको कार्यालयमा देखिए

– धीरेन्द्र तिवारी

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले साइबर क्राइम मुद्दामा खोजी गरिरहेको अजय साह सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको कार्यालयमा देखिएका छन्। नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमिति सदस्य समेत रहेका साहले महासंघका संस्थापक अध्यक्ष दीपेन्द्र चौहानविरुद्ध आफ्नो फेसबुक पेजमा गालीगलौजपूर्ण सामग्री प्रकाशित गरेपछि चौहानले पर्सा जिल्ला प्रहरी कार्यालयमा साइबर क्राइम सम्बन्धी मुद्दा दर्ता गराएका थिए।

उक्त मुद्दामा अजय साहसहित विपिन साह तुरहा, विजय साह र प्रहलाद चौरसियालाई प्रतिवादी बनाइएको थियो। यसै क्रममा प्रहरीले प्रहलाद चौरसियालाई पक्राउ गरिसकेको छ भने अन्य प्रतिवादीहरू फरार सूचीमा रहेका छन्। फरार सूचीमा रहेका अभियुक्तलाई नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जाराले मुख्यमन्त्रीको कार्यालयसम्म लिएर जानुले जनमानसमा नकारात्मक सन्देश प्रवाह गरेको छ। सधैं कानुनी शासनको वकालत गर्ने महासंघकै अध्यक्षको यो कदमले संस्थाको गरिमामा असर पारेको आलोचकहरू बताउँछन्।

यस्तै, अध्यक्ष बञ्जाराको नेतृत्वमा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चारकर्मीमाथि भएका आक्रमणबारे सरकारसँग गहिरो अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM