२०८३ बैशाख ३१ गते, बिहीबार ००:३१

प्रेस मञ्चको दोस्रो जिल्ला अधिवेशनबाट रामजी यादव अध्यक्षमा चयन

– धिरेन्द्र तिवारी

पर्सा/ प्रेस मञ्चको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ, जसमा रामजी यादव अध्यक्ष पदमा चयन भएका छन्। अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

कार्यसमितिमा उपाध्यक्षमा सन्दीप उपाध्याय, महिला उपाध्यक्षमा रिना यादव, सचिवमा मास चन्द्रशेखर प्रजापति, सहसचिवमा राजकिशोर भगत र सुनिता पटवा तथा कोषाध्यक्षमा शीतल कुमारी शर्मा चयन भएका छन्। अन्य सदस्यहरूमा मृत्युञ्जय शाह, दिनेश यादव, प्रभाकुमार यादव, शारदा देवी यादव, श्रीनिवास सासुनार, परशुराम पटेल, जयराज गुप्ता, र राम नरेश रहेका छन्।

अधिवेशनको प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय उपमहासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी रहेका थिए भने प्रेस मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवको विशेष उपस्थिति थियो।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र, प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस मञ्च बाराका कार्यवाहक अध्यक्ष निखिल पासवान, जसपा नेपालका जिल्ला अध्यक्ष राम नरेश यादव, केन्द्रीय सदस्य आत्माराम शाह, विद्यार्थी नेता अमोद यादव लगायतको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका सदस्य त्रिलोकीनाथ यादवको अध्यक्षतामा अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको हो।

नयाँ कार्यसमितिले प्रेस मञ्चलाई अझ सक्रिय, सबल, र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM