२०८२ बैशाख ११ गते, बिहीबार १५:२९

काठमाडौं, चैत १७ – नेपाल सरकारले मुस्लिम समुदायको महान चाड ईद उल फित्रको अवसरमा २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।

सरकारको निर्णयअनुसार, उक्त दिन सार्वजनिक बिदा हुने भएकोले सम्बन्धित सबै निकाय तथा आम जनताले जानकारी लिन मन्त्रालयले अनुरोध गरेको छ।

ईद उल फित्र मुस्लिम समुदायका लागि विशेष महत्वको पर्व हो, जसलाई रमजान महिनाको समाप्तिपछि नयाँ चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ मनाइन्छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM