२०८२ असार १८ गते, बुधबार १६:१४

द्रुत डाँक सेवा प्रभावकारी बन्दै




जनकपुरधाम । हुलाक सेवा विभागको द्रुत डाँक सेवा प्रभावकारी बन्दै गएको छ । 

हुलाक सेवा विभागले द्रुत डाँक सेवाको विषयमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम गर्‍यो ।

नेपालका हुलाक सेवा विभाग विश्वका १ सय ८० मुलुकको सदस्य रहे पनि द्रुत डाँक सेवा दिने काम विश्वका ३८ राष्ट्रसँग मात्र भइरहेको छ । 

नीजि क्षेत्रबाट सञ्चालित रहेको कुरियर सेवा भन्दा सस्तो तथा भरपर्दो सेवा दिने काम भएकाले हुलाक सेवाको द्रुत डाँक सेवा लिनेको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले जानकारी दिनुभयो ।

४ वर्षको अवधिमा नेपालबाट विदेशका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ सय हरेकोमा अहिले बढेर ४ हजार ३ सय पुगेको छ । विदेशबाट नेपालका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ हजार रहेकोमा अहिले बढेर ३३ हजार पुगेको हुलाक सेवा विभागले जनाएको छ । 

नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तगतको हुलाक सेवाको द्रुत डाँक सेवाका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले द्रुत डाँक सेवाको मधेश प्रदेशमा विस्तार गर्न सुझाव दिनुभयो ।

द्रुत डाँक सेवा मार्फत अधिकतम २० किलोग्रामको सामानहरू किलोग्रामको आधारमा तोकिएका शुल्क बुझाएर पठाउन सकिने छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM