२०८२ फाल्गुन २४ गते, आईतवार २२:५०

राजावादी आन्दोलन सम्हाल्ने राप्रपा प्रयास

केन्द्रीय कार्य सम्पादन समितिको बैठक


१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने प्रदर्शन हिंसात्मक बन्नुमा सरकार नै जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । शनिबार साँझ सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारकै कारणले प्रदर्शन हिंसात्मक बन्न पुगेको निष्कर्ष निकालेको हो ।

‘जसले जुन उद्देश्यका लागि आगजनी, तोडफोड र हिंसात्मक गतिविधि गरेको भएपनि निन्दनीय छ । राप्रपा हिंसाको विपक्षमा छ, हिंसात्मक गतिविधि स्वीकार्य हुन सक्दैन,’ राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हिजोको घटना निम्त्याउन सरकार प्रमुख रुपमा जिम्मेवार छ ।’

बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले प्रदर्शन हिंसात्मक बन्दा देखिएका घटनाक्रमहरूले आशंका उत्पन्न गराएको बताएका छन् । शान्तिपूर्ण सभामा अश्रुग्यास हान्नु, प्रहरीले गोली चलाउनु, लुटपाट र आगजानी भइरहँदा त्यसलाई रोक्ने तदारुकता प्रहरी प्रशासनमा देखिनु लगायतका घटनाले सरकारको भूमिकामाथि प्रश्न उठेको अध्यक्ष लिङ्देनले बताए ।

यी घटनाक्रमहरू भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई गम्भीर रुपमा लिनुपर्ने लिङ्देनको तर्क छ । ‘प्रधानमन्त्रीले अघिल्ला दिन प्रतिकार गर्न आह्वान गर्नुभयो, हौसला दिनुभयो, बाघे झाप्पु दिनुपर्‍यो भनेर हौसला दिनुभएको थियो,’ लिङ्दनले भनेका छन्, ‘उहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्छ भन्ने त्यसबाट पनि प्रष्ट हुन्छ ।’

तीनकुने प्रदर्शन हिंसात्मक बनेको भने राप्रपाले स्वीकारेको छ । छानबिन समिति गठनको मागले पनि राप्रपाको स्वीकारोक्ति पुष्टि हुन्छ । ‘राप्रपा यस घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी छानबिन गर्न माग गर्दछ’, वक्तव्यमा लेखिएको छ । हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्नुपर्ने राप्रपाको माग छ ।

उनीहरूको ज्यान जानुमा पनि सरकारकै गल्ती रहेको राप्रपाको निष्कर्ष छ । सँगसँगै आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराको पनि हिंसा भड्काउन गल्ती देखिए कारबाही गरिनुपर्ने राप्रपाका नेताहरूले बताएका छन् । तर तत्काललाई भने पक्राउ परेका मिश्र, जबरा सहितलाई रिहाइ गर्न राप्रपाले माग गरेको छ ।

छानबिन समितिले दोषी पहिचान गर्ने उनीहरूको तर्क छ । तीनकुने प्रदर्शनका नेतृत्व गरेका दुर्गा प्रसाईँबारे भने राप्रपाले वक्तव्यमा केही लेखेको छैन । जबकि राप्रपाकै नेताहरू मिश्र र जबरा प्रसाईँलाई नेता मानेरै तीनकुने प्रदर्शनमा उत्रिएका थिए । निषेधित क्षेत्र तोड्न र हिंसात्मक गतिविधिकै निम्ति समर्थकहरूलाई उक्साउन समेत मिश्र र जबरा पछि परेका थिएनन् ।

राप्रपाको बैठकमा देखिएको ठूलो चिन्ता भने पूर्व राजा ज्ञानेन्द्र शाह र राजावादी आन्दोलनप्रति देखिएको छ । ज्ञानेन्द्र शाहकै उक्साहटमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि सार्वजनिक रुपमा चर्को आलोचना भइरहेको छ । प्रमुख राजनीतिक दलहरूले पूर्वराजा ज्ञानेन्द्रलाई दोषी ठहर गरिरहेका छन् ।

राप्रपाको आजको बैठकले भने पूर्वराजालाई तीनकुने हिंसात्मक घटनामा जोडिएकोप्रति आपत्ति जनाएको छ । ‘राजालाई जबर्जस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्यको राप्रपा निन्दा गर्दछ’, प्रवक्ता श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ ।

उग्रता प्रतित्यूत्पादक

बैठक स्रोतका अनुसार पार्टीभित्रै रहेको उग्र शैली अहिले प्रतित्यूत्पादक बनेको नेताहरूले निष्कर्ष निकालेका छन् । आन्दोलनमार्फत् ‘राज्य कब्जा’ गर्दै राजतन्त्र फर्काउनुपर्ने उच्च मतकै कारण राजावादी आन्दोलनमाथि प्रश्न उठेको उनीहरूको निष्कर्ष थियो ।

‘कतिपय नेताहरूले त जनप्रदर्शन राप्रपाको नियन्त्रणबाट बाहिर गइसक्यो पनि भन्नुभयो । तर पार्टीले त्यसलाई सम्हालेर अगाडि बढाउनुपर्छ भन्नेमा नेताहरूले विश्वास पनि राख्नुभयो’, एक नेता भन्छन् ।

राप्रपामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराले आन्दोलनलाई उत्कर्षमा लगेर राजतन्त्र फर्काउनुपर्ने मत राख्दै आएका छन् । उनीहरूलाई विक्रम पाण्डे, जयन्त चन्द, कुन्ती शाही, विक्रमबहादुर थापा लगायतको समर्थन छ ।

तर तीनकुने हिंसात्मक प्रदर्शनपछि यी नेताहरू आज रक्षात्मक बने । बैठकमा सहभागी एक नेताका अनुसार मिश्र र जबरा लगायतप्रति नेताहरूले सहानुभूति प्रकट गरे । ‘दुई साथीहरू प्रहरीको नियन्त्रणमा छन् । उनीहरूप्रति बैठकमा आवेग देखिन्न, छुटाउन बल गरौं भन्ने धेरैको बोली छ’, ती नेता भन्छन् ।

उनका अनुसार आज बिहान राप्रपाका नेताहरू मिश्र र जबरालाई भेट्न भद्रकाली पुगेका थिए । बैठकले तत्काल रिहा नगरे आन्दोलन चर्काउने चेतावनी पनि दिएको छ ।

तर मुख्य जोड भने हिंसात्मक प्रदर्शनपछि रक्षात्मक बनेको राजावादी आन्दोलन र पूर्वराजा ज्ञानेन्द्रलाई सम्हालेर जाने निष्कर्षमा अध्यक्ष लिङ्देन देखिन्छन् । ‘हिंसात्मक गतिविधि, आगजानी, तोडफोड, लुटपाट जस्ता गतिविधिले राजा फर्काउने आन्दोलन बद्नाम हुन्छ, राजा फर्काउन सकिदैन’ लिङदेन निकट एक नेता भन्छन्, ‘जनताको विश्वास जितेर शान्तिपूर्ण बाटो भएरै हामी राजा सहितको प्रजातन्त्रको पक्षमा छौं । त्यसैअनुसार हाम्रो आन्दोलन अगाडि बढ्छ ।’

आगामी २६ चैतमा काठमाडौंमा हुने जनप्रदर्शनबाटै राप्रपाले मध्यमार्गी सन्देश दिने तयारी गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM