२०८२ फाल्गुन २४ गते, आईतवार १६:०५

आए, आए राजा आए

कमल माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउँथे । साथै, साहित्यप्रति पनि त्यत्तिकै लगाव थियो उनको । कमल आख्यान विधामा दक्खल राख्थे । उनको कथामा कल्पना र यथार्थको संगम देख्न सकिन्थ्यो । कमल विद्यार्थीलाई मूड फ्रेस गराउन कथा–कहानी सुनाइरहन्थे । विद्यार्थीहरू उनका कथा–कहानी सुनेर तरोताजा महसुस गर्थे । त्यसैले कमलको कक्षा हम्मेसी छुटाउँदैनथे विद्यार्थीहरू ।

कमल कथा सुनाउनुअघि जुँगामा ताउ लगाउँथे । यो उनको पुरानै बानी हो । त्यस दिन पनि जुँगामा हलुका ताउ लगाए । सरले जुँगामा ताउ लगाएको देखेपछि विद्यार्थीलाई कुरा बुझ्न गाह्रो परेन । ‘आज एउटा बुलन्द कथा जावस सर !’

पछाडिको बेञ्चबाट सुरेश नाम गरेको विद्यार्थीले मुख खोल्यो । कमलले चाहेकै कुरा भन्यो सुरेशले । कमलले सुरेशको अनुहारमा धन्यवाद ज्ञापनको भावसहित हेरे अनि अनार दानाको झल्को दिने भरिला सेता दाँत देखाउँदै कहानी बाचन गर्न थाले–

‘कुरा त्यो समयको हो, राजा देशका सर्वोच्च शासक हुन्थे । देश राजाको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा चल्थ्यो । राजगुरु राष्ट्रिय संस्था जस्तै थिए । देशमा राजगुरुको मर्यादित र सम्मानित स्थान थियो । राजगुरुको अधिकार संविधानमै लिपिबद्ध गरिएको हुन्थ्यो । संविधानले राजगद्दी उत्तराधिकार सम्बन्धमा राजगुरुलाई निर्णायक अधिकार सुम्पेको थियो ।

राजगद्दी रिक्त हुँदा राजगुरु राजसभाको बैठक बसाउँथे र सभाको परामर्शमा उपयुक्त निर्णय लिन्थे । समयको त्यो कालखण्डमा राजा छान्ने परम्परा अहिलेको भन्दा पृथक् थियो । उतिबेला ठेलो हान्न लगाएर या दौड प्रतियोगिता गराएर राजा छनोट गरिन्थ्यो । प्रतियोगितामा जुन व्यक्ति प्रथम हुन्थ्यो राजगुरु उसकै शिरमा श्रीपेच पहिर्‍याउँथे ।

एक दिनको कुरा हो, सिकार खेल्न गएका राजा दरबार फर्केर आएनन् । सन्देशबाहकहरूले ‘राजा पहिरोले थिचिएर स्वर्गवास भइबक्सेको’ समाचार दिए । राजाको देहावसानपछि नयाँ नियुक्ति गर्नुपर्ने भयो । संविधानले त्यो जिम्मेवारी राजगुरुलाई सुम्पेको थियो ।

राजगुरुले नयाँ राजाको नियुक्तिका लागि राजसभाको परामर्श बैठक बसाए । बैठकमा नियुक्ति सम्बन्धी प्रस्ताव पेश गरियो । सभामा राजगुरुले ‘राजा नियुक्तिमा पुरानै परम्परा अवलम्बन गर्ने वा नवीन पद्धति अपनाउने’ भन्ने विषयमा सभासदको राय बुझे । धेरै सभासदले ‘युगको पदचाप सुहाउँदो लोकतान्त्रिक विधि अपनाउन मनासिव हुने’ मत राखे । फलतः ‘राजा हुन चाहनेले चालु महिनाको अन्तिम दिन अपराह्न पाँच बजेभित्र जुलुस सहित राजदरबारअगाडि उपस्थित हुन र जो सबैभन्दा ठूलो जुलुस सहित उपस्थित हुन्छ, उसैलाई श्रीपेच धारण गर्न आमन्त्रित गरिने’ व्यहोराको सनद राजगुरुले जारी गरे ।

राजगुरुको निर्णय कतिले समयसापेक्ष छ भने त कतिले परम्पराको उल्लंघनका रूपमा व्याख्या–विश्लेषण गरे । राजगुरुको आदेशसँगै उम्मेदवार घोषणा सुरु भयो । यत्रतत्र सर्वत्र चुनावी सरगर्मी बढ्न थाल्यो । उम्मेदवारहरू विभिन्न बाचा, लोभ–लालच सहित जनताको घरदैलो धाउन थाले । चोक, गल्ली, सडकमा रङ्गी–विरङ्गी दृश्य देखिन थाल्यो । गाउँ, टोल, शहरमा अघिपछि विरलै देखिने नौटंकी देखिन थाल्यो । लाज ढाक्ने वस्त्र नभएकाहरूले रातारात लुगा पाए । खोले, सिस्नु, गिठा–भ्याकुर, कन्दमूल खाएर जीवन निर्वाह गरेकाहरूले भरपेट मासुभात डकारे । पैसाको अभावमा रोगग्रस्त जीवन बिताइरहेकाहरूलाई डाक्टरले घरमै पुगी नाडी समाए ।

यस्तैमा राजा नियुक्तिको निर्धारित तिथि आइपुग्यो । त्यस दिन बिहानैदेखि सम्भावित राजाहरूको नेतृत्वमा गाउँ, टोल, बस्तीहरूबाट बाजागाजा सहितका जुलुसहरू निस्किए । सम्भावित राजाहरूले जुलुसमा सहभागी बढाउन सक्दो कोसिस गरे ।

श्रीपेचले सयौं किलोमिटरमाथिबाट आकाशलाई दुई फन्को मार्‍यो । अनि पसिना चुहाउँदै खेतमा हलो जोतिरहेको किसानको शिरमा गएर टक्क बस्यो

त्यस दिन राजधानीका बासिन्दाले दर्जनदेखि हजारौं सहभागी राजनीतिक झाँकीहरू देख्न पाए । यस्तैमा पाँच बज्न १५ मिनेट बाँकी छँदा उत्तर दिशाबाट मानव सागर राजदरबारतिर बढ्दै गरेको देखियो । त्यो त्यस दिन निस्केको सबैभन्दा ठूलो जुलुस थियो । केहीबेरमा जुलुसले राजदरबार अगाडिको सडकमा उपस्थिति जनायो । जुलुसको मुख्य आकर्षण ‘सर्वेन्द्र’ नाम गरेका व्यक्ति थिए । सर्वेन्द्र नयाँ राजाका प्रतिस्पर्धी थिए । मानिसहरू सर्वेन्द्रलाई हेरेर ‘पूर्व राजा’ ‘पूर्व राजा’ भनिरहेका थिए । उनको अनुहार र जीउडाल दिवंगत पूर्व राजासँग हुबहु मिल्थ्यो ।

सर्वेन्द्र नेतृत्वको जुलुस त्यस दिनको सबैभन्दा ठूलो जुलुस साबित भयो । राजगुरुले सर्वेन्द्रलाई राजा नियुक्ति गर्ने प्रक्रिया अघि बढाए । त्यसका लागि उनले राजमुकुट पहिरिन आउन लाउड स्पिकर मार्फत ध्वनि सन्देश पठाए ।

राजगुरुको ध्वनि सन्देशसँगै सर्वेन्द्र राज्यारोहण समारोहतर्फ अघि बढे । सर्वेन्द्र समारोहस्थलमा प्रवेश गर्दा बटुकहरूले वैदिक मन्त्रोच्चारण सहित मंगलगान गाए । पञ्चकन्याहरूले पुष्पगुच्छा अर्पण गरी स्वागत अभिवादन गरे । सर्वेन्द्र स्वागत अभिवादन ग्रहण गर्दै मधुर मुस्कानका साथ समारोह कक्षमा पुगे ।

दरबार बाहिर जस्तो चर्चा चलेको थियो, समारोहस्थलमा पनि त्यही कुरा निस्कियो । सर्वेन्द्रलाई देखेर आश्चर्यचकित नहुने कोही भएन । ‘मरे भनेका राजा यहाँ कसरी आए !’ देख्ने सबै यही भनिरहेका थिए । सर्वेन्द्रलाई देख्दा राजगुरु स्वयं दिग्भ्रमित भए । उनले राजसभाको आकस्मिक बैठक डाके । बैठकले सर्वेन्द्रलाई ‘आफ्नो विषयमा स्पष्ट पार्न निर्देशन दिने’ निर्णय लियो । राजगुरुले सोही व्यहोरा सर्वेन्द्रसमक्ष राखे ।

‘तपाईं सबैभन्दा ठूलो जुलुस सहित दाबी पेश गर्न आउनुभएको छ । तपाईंलाई राजा बनाउन हिच्किचाउनुपर्ने कुनै कारण छैन । परन्तु ज–जसले तपाईंलाई देखेका छन्, सबैले ‘पूर्व राजा ! पूर्व राजा !’ भनिरहेका छन् । तपाईं काटीकुटी पूर्वराजा देखिनुहुन्छ । तपाईं खासमा को हुनुहुन्छ ? कतै पूर्व राजाको जुम्ल्याहा दाजुभाइ त हैन ? यो सभा तपाईंलाई आफ्नो बारेमा स्पष्टीकरण दिन आग्रह गर्छ’, राजगुरुले भने ।

त्यसपछि सर्वेन्द्रले जे कुरा गरे, सुन्ने सबै चकित भए । सर्वेन्द्रले सभासदहरूलाई दुईहात जोडी अभिवादन गरे । अनि मन्द मुस्कानका साथ बोल्न थाले–

‘म राजा हुने दाबी पेश गर्न आएको होइन । यन्त्रलाई राजा बनाउन पनि हुँदैन । म एक यन्त्र मानव हुँ । अर्थात् विज्ञानको प्रयोगशालाबाट निर्मित एआई मानवको पछिल्लो संस्करण । यतिखेर वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अनुसन्धान संस्था मानिसको प्रतिलिपि तयार पार्ने काममा अहोरात्र जुटिरहेको छ । म एआई मानव सम्बन्धी अनुसन्धान गरिरहेको त्यही अन्तर्राष्ट्रिय संस्थाले तयार पारेको तपाईंहरूको पूर्व राजाको प्रतिलिपि हुँ । वैज्ञानिकहरू आफ्ना आविष्कारहरूलाई जनसमक्ष ल्याउनुअघि ‘मास एसेप्टाबिलिटी टेस्ट’ गर्ने गर्छन् । ताकि, आम मानिसले त्यसलाई कुन रूपमा ग्रहण गरे भन्ने विषयमा जान्न सकियोस् । म त्यही ‘मास एसेप्टाबिलिटी टेस्ट’को कडी हुँ । तपाईंहरूका पूर्व राजा मरिसक्नुभयो । मरेको मान्छे पुनर्जीवित हुँदैन ।

एआई मानवको कुरा सुनेपछि राजगुरु झनै किंकर्तव्यविमूढ भए । उनले पुनः अर्को पटक सभासदसँग राय लिने निधो गरे र ‘के गर्दा उचित हुन्छ ? राय दिन’ अनुरोध गरे ।

‘अबको केही समयमा आकाशमा फ्याँकेको श्रीपेच जसको शिरमा खस्नेछ, ऊ नै यस देशको भावी राजा हुनेछ । त्यो राजा देश लुट्नेहरूबाट हैन; गिट्टी कुट्ने, भारी बोक्ने र हलो जोत्नेहरूबाट हुनेछ । तपाईंहरूको देशले इतिहासकै अब्बल राजा पाउनेछ’, उसले बतायो

‘एआई मानव आधुनिक विज्ञानको प्रतिनिधि हो । राजा नियुक्तिबारे एकपटक एआई मानवसँगै सल्लाह लिन उचित होला । उसले दिएको सल्लाह चित्तबुझ्दो नलागे अन्य विकल्पमा जाउँला’, सभाले राय दियो ।

लगत्तै सभाले एआई मानवसँग ‘तत् सम्बन्धमा आवश्यक राय दिन’ अनुरोध गर्‍यो । सभाको अनुरोध सुनेर यन्त्र मानव क्षणिक मौन रह्यो अनि स्वविवेकको कसीमा घोटिएको सल्लाह दिन थाल्यो–

‘म देखिरहेको छु, यतिखेर तपाईंहरूको देश तस्करी, माफियातन्त्र र भ्रष्टाचारको दलदलमा फसेको छ । मुनाफाखोर व्यवसायीहरूको नजरबन्दीमा परेको छ । देशलाई उक्त अवस्थाबाट मुक्त गर्न इमानदार, नैतिकवान्, निष्कलंक र लोभलालचविहीन शासक चाहिएको छ । एउटा त्यस्तो शासक, जसको आर्जनमा भ्रष्टाचारको दुर्गन्ध हैन, पसिनाको सुगन्ध आओस् ।’

‘त्यस्तो शासक कसरी खोज्ने, उपाय सुझाउनुस् न !’ एआई मानवसँग राजगुरुले अनुरोध गरे ।

‘त्यसका लागि एउटा खेल खेल्नु वाञ्छनीय हुनेछ । त्यो खेल रोमाञ्चक हुनेछ । त्यही खेलले नयाँ राजा नियुक्तिको विषयलाई निष्कर्षमा पुर्‍याउनेछ’, एआई मानवले भन्यो ।

‘खेल ! कस्तो खेल ? कतै त्यही खेलका कारण गँजडीलाई राजा बनाउनुपर्ने भयो भने ! भ्रष्टाचारी, मुनाफाखोर व्यवसायी, तस्कर, माफियाहरूले बहुमूल्य श्रीपेच अपहरण गर्ने अवसर पाए भने ?’ राजगुरुले आशंका व्यक्त गरे ।

‘त्यसो भएछ भने उसलाई राजा नमान्ने अधिकार जनता जनार्दनमा निहित छ । राजसभाले वैकल्पिक निर्णय लिन सक्छ । परन्तु मलाई लाग्छ, त्यस्तो अवस्था आउने छैन’, एआई मानवले आश्वस्त पार्‍यो ।

सभालाई एआई मानवको सल्लाह मनासिव लाग्यो । राजगुरुले एआई मानवले दिएको रायबमोजिम गर्ने गरी अर्को सनद जारी गरे ।

त्यसपछि एआई मानव अघिअघि, राजगुरु र सभासद पछिपछि । सबै जना दरबारको सय तला माथिको छतमा पुगे । दरबारको छतमा पुगेपछि एआई मानवले राजगुरुसँग आफ्नो हातमा श्रीपेच दिन आग्रह गर्‍यो । राजगुरुले श्रीपेच हस्तान्तरण गरे । राजगुरु र सभासदलाई एआई मानव के गर्न खोज्दैछ भन्ने ज्ञान थिएन । अज्ञानताकै बीच एआई मानवले श्रीपेचलाई भएभरको बल लगाएर आकाशमा फ्याँक्यो । एआई मानव यति शक्तिशाली थियो कि, उसमा १० हात्ती बराबरको बल थियो । श्रीपेच आकाशमा हुत्याउँदा वायुमण्डलमा भयङ्कर कम्पन भयो । त्यसपछि एआई मानवले सम्भावित परिणामबारे बताउन सुरु गर्‍यो ।

‘अबको केही समयमा आकाशमा फ्याँकेको श्रीपेच जसको शिरमा खस्नेछ, ऊ नै यस देशको भावी राजा हुनेछ । त्यो राजा देश लुट्नेहरूबाट हैन, गिट्टी कुट्ने, भारी बोक्ने र हलो जोत्नेहरूबाट हुनेछ । तपाईंहरूको देशले इतिहासकै अब्बल राजा पाउनेछ’, उसले बतायो ।

श्रीपेचले सयौं किलोमिटरमाथिबाट आकाशलाई दुई फन्को मार्‍यो । अनि पसिना चुहाउँदै खेतमा हलो जोतिरहेको किसानको शिरमा गएर टक्क बस्यो ।

किसानको नाम चिराग थियो । चिराग पढेलेखेको थियो । उसले दुई विषयमा स्नातकोत्तर डिग्री हासिल गरेको थियो । उच्च शिक्षा हासिल गरेपछि शारीरिक श्रम नगर्नेहरूको अपवाद थियो ऊ । चिराग निडर र निर्भीक थियो । पसिनाको कमाइ खान्थ्यो । भ्रष्ट आचार–व्यवहारबाट कोसौं दूर रहन्थ्यो । चिरागको जीवन लुटको स्वर्गभन्दा माथि थियो । ऊ विगतका कमी–कमजोरीहरूको सिंहावलोकन गर्दै अघि बढ्थ्यो । चिराग मानिसहरूलाई पौरखी बन्न उत्प्रेरित गर्थ्यो । उसको सम्पत्तिमा आउँथ्यो त केवल पसिनाको सुगन्ध ।

एआई मानव सम्बन्धी अनुसन्धान गरिरहेका वैज्ञानिहरूको अन्तर्राष्ट्रिय संस्थाले हलो जोतिरहेको किसानको शिरमा श्रीपेच परेको दृश्यको स्याटलाइट इमेज सार्वजनिक गर्‍यो । नेपाली टेलिभिजन च्यानलहरूले त्यसलाई महत्वका साथ प्रसारण गरे ।

देशले पौरखी राजा भेटेको समाचार चारै दिशामा फैलियो । केही घन्टामै नयाँ राजाको स्वागतमा अपार जनसमूह उपस्थित भयो । सेनाको एक टुकडीले राजालाई सम्मानगारद अर्पण गर्‍यो अनि राजदरबारतर्फ सवारी चलायो । अघिअघि नयाँ राजा, पछिपछि अपार जनसमुदाय । कोही नाच्दै थिए त कोही नारा लगाउँदै ।

‘आए, आए राजा आए !

हलो जोत्नेले श्रीपेच लाए !’ नारा यस्तो थियो ।

‘भन्नेलाई फूलको माला । सुन्नेलाई सुनको माला…’ कमलले कथा टुङ्ग्याए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM