२०८१ चैत्र २१ गते, बिहीबार ०४:१०

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

१२ बोतल ओनरेक्ससहित दुईजना पक्राउ

वीरगंज, १५ चैत । प्रहरी चौकी रातोमाटे मकवानपुरले हेटौडा जाँदै गरेको इभीबाट लागुऔषधसहित दुईजना पक्राउ गरेको छ । वीरगंजबाट हेटौडा आउँदै गरेको ग १ ज ८२०२ नं. को यात्रीवाहक इभीमा सवार भारत, बिहारको सितामढी जिल्ला घोडासहन घर भई हाल हेटौडा–२ संगमचोक डेरा गरी बस्ने वर्ष ४२ को रामजी बानिया र वडा नं. ४ बस्ने वर्ष ६४ को सन्तोष दासलाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि शंका लागि गाडीबाट ओराली खानतलासी गर्ने क्रममा लागू औषध ओनरेक्स १०० एम.एल.को १२ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
रातोमाटे चेकपोष्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागू औषध सहित पक्राउ परेका रामजी बानिया र सन्तोष दासलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाले जानकारी गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्