२०८२ फाल्गुन २४ गते, आईतवार १६:१६

सामाजिक सञ्जालको दुरुपयोग र यसको असर

अनावश्यक रुपमा सामाजिक सञ्जालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरणहरू पनि प्रसस्त देखिएका छन् ।

यहाँ सामाजिक सञ्जालको दुरुपयोग भन्नाले त्यस्ता व्यक्ति वा प्रयोगको माध्यमलाई बुझिन्छ, जसका कारण समाजमा नकारात्मक भावना वा तरंग फैलिन गई त्यसको असर अन्य व्यक्तिमा स्थानान्तरण हुनसक्छ। यसै सन्दर्भमा सामाजिक सञ्जालको नकारात्मक प्रयोगकर्ताको मोटामोटी वर्गीकरण देहाय अनुसार गर्न सकिन्छ।

१. समाजमा नकारात्मक सन्देश वा विज्ञापन फैलाउने प्रयोगकर्ता ‘स्पामर’, जसमा कुनै महत्वपूर्ण संदेश प्रवाह भएको हुँदैन र खाली क्षणिक आनन्द वा प्रयोगकर्ताको प्रतिक्रिया जान्नका लागि मात्र हुनेगर्छ। यस्ता प्रयोगकर्ताहरू प्राय: आफूलाई अरूसँग तुलना गर्न रुचाउछन् र यस प्रकारको भावनाले उनीहरूमा इर्ष्या र नकारात्मक भावनाको विकास हुन जान्छ।

२. कुनै लेख, टिप्पणी वा फोटोप्रति सकारात्मक भावनाले अर्थ नलगाई तुरुन्तै नकारात्मक भावना पैदा गरी असान्दर्भिक र नकारात्मकरुपमा प्रतिक्रिया प्रवाह गर्ने प्रवृतिका कारण सोही स्वभाव भएका अन्य व्यक्तिहरू उचालिने हुनाले समाजमा उद्दण्डता र विचारको विषाक्तता फैलिन सक्छ।

३. सामाजिक सञ्जालमा नकारात्मक भावना फैलाउने व्यक्तिहरूले नक्कली नाम वा परिचय सिर्जना गरी अरुको नाममा अनावश्यक संदेश वा भ्रम फैलाउने गर्दछन् । यसबाट अरुको बदनाम गर्ने, तनाव पैदा गर्ने र आफूले कसैबाट लाभ प्राप्त गर्ने प्रवृत्ति हावी भएको पाइन्छ।

४. समुदाय वा व्यक्ति विशेषलाई कुनै फाइदा नगर्ने, अनावश्यक सन्देश, कविता, फोटो, भिडियो, प्रतिक्रिया वा टिप्पणी गर्ने प्रयोगकर्ता यस वर्गमा पर्छन् ।अरुको चासो रुचिमा कुनै ध्यान नदिने आफूलाई सधैँ सामाजिक सञ्जालमा कुनै न कुनै रुपमा संलग्न गराई प्रतिष्ठा स्थापित गर्न खोज्नेहरूबाट यस प्रकारको काम भइरहेको पाइन्छ ।

५. आफ्नो छवि कायम गर्न वा अभियान्ताको दर्जा कायम राख्न सामाजिक सञ्जालको प्रयोग गर्ने जसले गर्दा मौकाको फाइदा उठाउने अभिलासाले सामाजिक सञ्जालको प्रयोग गरेको पनि पाइन्छ । यस्ता व्यक्तिहरू मध्ये नगन्य मात्रामा केहीले फाइदा लिएको उदाहरण पनि देख्न सकिन्छ।

६. कुनै परिस्थितिमा तयार भएको विषयवस्तुलाई सो परिस्थिति गुज्रिसकेपछि वा त्यसको औचित्य समाप्तिपछि सोही सामग्रीलाई बारम्बार सामाजिक सञ्जालमा सेयर गर्ने, जसले गर्दा मूल सन्देशकर्तामा नकारात्मक आँचमा असर पर्नसक्छ।

हाल सामाजिक सञ्जाल प्रयोग गर्ने नाममा विभिन्न विकृतिहरू छताछुल्ल भएका उदाहरणहरू धेरै देख्न सकिन्छ।

सामाजिक सञ्जालको अनधिकृत प्रयोगबाट प्रयोगकर्ताको व्यक्तिगत जीवनका विभिन्न आयामहरूमा समस्या देख्न सकिन्छ । यसबाट समाजमा रहेको अनुसाशन, मान्यता र सामाजिक परिपाटीमा नकारात्मक असर परेको अनुभव गर्न सकिन्छ।

विद्युतीय माध्यमको अनावश्यक प्रयोगबाट देखिने केही नकारात्मक प्रभाव देहायअनुसार छन्।

१.अनावश्यकरुपमा सामाजिक सञ्जालको प्रयोगले पारिवारिक वा सामाजिक सम्बन्धमा असर परिरहेको हुन्छ। यसका कारण त्यस्ता प्रयोगकर्ताले सञ्जालमार्फत व्यक्त विचार आफ्नो रुचि वा विज्ञतासँग नभई भावनात्मक रुपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन्।

कुनै पनि व्यक्तिले सञ्जालमा राखेका कतिपय विचारहरू वास्ता नगरे पनि हुन्छ। सबै विषयमा सबै व्यक्ति जानकार हुन् सक्दैन तथापि यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया जाहेर गरिरहेका हुन्छन् र त्यस्ता व्यक्तिहरू व्यक्तिगत भेटघाट वा छलफलबाट भन्दा सामाजिक सञ्जालबाट प्रतिक्रिया व्यक्त गर्न रुचाउछन् जसले गर्दा उनीहरूमा सामाजिक बिच्छेद वा एकलकाटे बानीको विकास हुनपुग्छ।

२.सामाजिक सञ्जालबाट प्राप्त विवरणहरू सबै सत्य र तथ्य नहुने हुन्छन् । अनावश्यकरुपमा सामाजिक सञ्जाल प्रयोगकर्तामा कुन सत्य, तथ्य वा सामाजिक चासोको विषय हो, त्यसको पर्वाह नगरी भावना सम्प्रेषण गरेका कारण आफ्नो आत्म-सम्मान गुमाइरहेका हुन्छन् ।

त्यसता व्यक्तिहरूमा असन्तुष्टि र नकारात्मक संवेगात्मक प्रणालीको विकास हुन जान्छ र सोहीअनुसारको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रवाह भइरहेको पाइन्छ ।

३.अनावश्यकरुपमा घन्टौँसम्म सामाजिक सञ्जालको प्रयोगकर्तामा अस्वभाविक व्यवहार वा चरित्रको विकास हुन सक्छ । यस्ता प्रयोगकर्तामा आफ्नो महत्वपूर्ण समयको ख्याल हुँदैन र राति अवेरसम्म वा बिहान बिस्तरामै विभिन्न बिधुतिय माध्यममार्फत सञ्जालको निकटमा रहने आदत बस्छ ।

यसले गर्दा उनीहरूमा गहिरो निन्द्रामा जाने क्षमता गुम्दै जान्छ । पर्दामा लगातार घोत्लिँदा निलो विकिरणको असरले शरीरमा मेलाटोनिन् हर्मोनको उत्पादनमा समस्या हुन्छ, जसले गर्दा निन्द्रामा समस्या उत्पन्न भई मानसिक समस्याको विकास हुनसक्छ ।

सन् २०२३ मा गरेको एक सर्वेक्षण अनुसार ११ देखि १९ वर्ष उमेर समूहका करिब ४१ प्रतिशत व्यक्तिलाई कुनै न कुनै प्रकारको मानसिक समस्या उत्पन्न भएको तथ्य प्रकाशन भएको छ ।

४.सामाजिक सञ्जालको अत्याधिक प्रयोगकर्तामा संवेगात्मक चोट ( रिसाउने, नकारात्मक सोचाइ, अनावश्यक डर, आत्म सम्मानमा कमी र सामान्य सोचाइमा भिन्नता ) को विकास हुँदै जान्छ, जसलाई साइबरबुलिङ भनिन्छ । एक अध्ययनका अनुसार साइबरबुलिङको चपेटामा परेका कुल १३ देखि १९ वर्षका व्यक्तिहरू मध्ये करिब १० प्रतिशत साइबरबुलिङको लक्षण देखा परेको पाइएको छ र जसलाई सो उमेर समूहमा देखिने मानसिक रोगको प्रमुख कारण मानिएको छ ।

५.लागातर लामो समयसम्म सामाजिक सञ्जालको लतको बाढीले गर्दा व्यक्तिको एकाग्रता र व्यक्तिगत विकासका गतिविधिहरूमा अवरोध उत्पन्न हुन्छ । कुनै काम, जिम्वेवारी वा अध्ययनप्रति व्यक्तिको चासो हराउँदै जान्छ र आफूलाई सञ्जालको एक अभिन्न अंगको रुपमा अङ्गीकार गरी आफ्ना व्यवहारहरू प्रकट गर्दै जान थाल्छ र क्रमशः मानसिक र शारीरिकरुपमा व्यक्ति कमजोर बन्दै जान्छ।

६.सामाजिक सीप वा सिकाईमा नकारात्मक प्रभाव बढ्दै जानु अर्को एक सामाजिक सञ्जालको अत्याधिक प्रयोगकर्तामा देखिने प्रभाव हो । विशेष गरी यस्तो प्रभाव देखा पर्दा आमने-सामने छलफल र अन्तर्क्रियामा कम सहभागी हुने, आत्म निर्भरतामा कमी हुँदै जाने र नकारात्मकरुपमा टिप्पणी गर्न अग्रसरता देखाउने प्रवृत्तिको विकास हुँदै जान्छ । आफ्ना टिप्पणी वा संदेशप्रति कसको समर्थन वा विरोध छ, चासो राखी विरोधिप्रति पूर्वाग्रही भावना राख्ने प्रवृत्तिको विकास हुँदै जान्छ।

७.सामाजिक सञ्जालको अनाधिकृत प्रयोगकर्ताले सञ्जालमा उपलब्ध गलत सन्देशहरूलाई सेयर, लाइक र टिप्पणी गरिदिनाले समाजमा भ्रम उत्पन्न हुने र गलत समाचार फैलिँन सक्छ । यस्ता व्यक्तिहरू कुन विषयप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्न उपयुक्त हुन्छ भन्ने ख्याल नगरी एककोहोरोरुपमा आफ्ना कुरा पस्किरहेका हुन्छन्।

यस्तो अवस्था भनेको सामाजिक सञ्जालको व्यक्तिमाथि परेको दवाव हो । यसका कारण व्यक्तिका कतिपय महत्वपूर्ण कामहरू छुट्न सक्छन् र उसमाथि समय व्यवस्थापनको दवाव पनि सिर्जना हुन जान्छ।

अन्त्यमा, सामाजिक सञ्जालको सन्तुलित प्रयोगबाट आफ्ना विचारलाई संयमित गर्न सकिन्छ । दैनिक कुनै समयमा मात्र यसको प्रयोग गर्ने र हप्तामा कुनै १ दिन यसको प्रयोग नै नगर्ने अभ्यास गर्नु उपयुक्त मानिन्छ । यसलाई सामाजिक सञ्जालको उपवास पनि भन्ने गरिन्छ । यसबाट व्यक्तिले अनावश्यकरुपमा सामाजिक सञ्जालको कुलत छाडी उर्जाशील काममा लाग्न प्रेरित गर्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM