२०८२ फाल्गुन २४ गते, आईतवार २२:५४

भाजपा नेता आदित्यनाथ किन नेपालमा राजा फर्काउन चाहन्छन् ?

अक्टोबर २०१६ मा, उत्तर प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभन्दा केही महिनाअघि आदित्यनाथ नेपालको राजधानी काठमाडौंमा आयोजित विराट हिन्दू महासम्मेलनमा सहभागी हुन पुगेका थिए। उक्त सम्मेलन दक्षिणपन्थी समूह विश्व हिन्दू महासंघद्वारा आयोजित एक ठूलो हिन्दू सभा थियो।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको उक्त सम्मेलनले नेपाललाई ‘हिन्दू राष्ट्र’को रूपमा पुनर्स्थापित गर्ने विचारलाई समर्थन गरेको थियो। यसको उद्देश्य सन् २००८ मा माओवादी विद्रोह र राजनीतिक अस्थिरतापछि समाप्त भएको नेपालको हिन्दू राजतन्त्र पुनर्स्थापना गर्न जनसमर्थन जुटाउनु थियो।

मञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै रहेका भारतका तत्कालीन सांसद आदित्यनाथ, नेपाल ‘हिन्दू राजा’ मुक्त बनाउने ‘षड्यन्त्र’ भएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘हिन्दू राजा विश्वभरका हिन्दूहरूले चिन्ने र सम्मान गर्ने व्यक्तित्व हुन्।’ गोरखपुरको गोरखनाथ मन्दिरका मुख्य पुजारीसमेत रहेका नेता आदित्यनाथले नेपालका जनतालाई शाह राजवंशको शासन परम्पराको पुनरुत्थानमा भूमिका खेल्न आग्रह गरेका थिए ।

आदित्यनाथले नेपालमा २५० वर्षभन्दा लामो समय शासन गरेका शाह राजाहरूका कारण नेपालले स्वतन्त्रता कायम राख्न सफल भएको दाबी गरेका थिए जबकि, छिमेकीहरू औपनिवेशिक शक्तिको कब्जामा रहे । उनले भनेका थिए, ‘शाह राजवंश नेपालको एकता र अखण्डताको प्रतीक हो।’

आदित्यनाथले १७ मिनेट लामो भाषणमा नेपालमा भइरहेको परिस्थितिको तुलना लोकतन्त्रलाई राजतन्त्र वा संवैधानिक राजतन्त्रसँग जोड्न सफल रहेका देशहरूसँग गरेका थिए । ‘स्वीट्जरल्यान्ड, बेलायत, थाइल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्स र जापान जस्ता देशहरूले राजतन्त्रलाई कायम राख्दै लोकतान्त्रिक व्यवस्था अपनाउँदा, हिन्दू धर्म वा हिन्दू जस्तै परम्परा मान्ने ८५ प्रतिशत जनसंख्या भएको नेपालले आफ्नो ‘हिन्दू पहिचान’ किन बनाउन सक्दैन ?,’ आदित्यनाथले प्रश्न गरेका थिए।

उनले भनेका थिए, ‘पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएको हिन्दू राष्ट्रले अहिले प्रत्येक हिन्दूसँग गुहारिरहेको छ र सोधिरहेको छ, ‘के यस्तो गल्ती भयो, जसका कारण नेपालको हिन्दू पहिचान मेटिँदै गएको छ।’

आदित्यनाथले नेपालमा राजतन्त्र समर्थकहरूले प्रायः प्रयोग गर्ने लोकप्रिय नारालाई दोहोर्‍याएका थिए, ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ।’

काठमाडौंमा आयोजित उक्त कार्यक्रमले आदित्यनाथको नेपालप्रतिको दृष्टिकोण स्पष्ट पार्छ । आदित्यनाथका लागि नेपाल एउटा हिन्दू राज्य हो- विश्वकै एकमात्र हिन्दू राज्य, जसले लामो समयसम्म राजतन्त्रको इतिहास बोकेको छ। तर लामो राजनीतिक अस्थिरता, माओवादीहरूको उदय र धर्मनिरपेक्ष गणतन्त्रमा परिणत भएको कारण नेपालले क्रमशः आफ्नो हिन्दू सांस्कृतिक पहिचान गुमाउँदै गएको छ।

काठमाडौंको कार्यक्रममा सहभागिता जनाएको लगभग ९ वर्षपछि हालै काठमाडौंमा राजवादीहरूले आयोजना गरेको एक प्रदर्शनमा भारतीय जनता पार्टीका नेता उनै आदित्यनाथको तस्वीर प्रदर्शन गरिएपछि अन्तर्राष्ट्रिय मिडियामा हलचल मच्चिएको छ।

विशेषगरी माओवादीप्रतिको उनको घृणा गोरखनाथ मन्दिरका उनका गुरु र पूर्ववर्तीहरूबाट पाएको राजनीतिक बिरासत पनि हो, जसले नेपालमा हिन्दू राजतन्त्रलाई सक्रिय सहयोग गरेका थिए र विश्वको एकमात्र घोषित हिन्दू राष्ट्रको माओवादी अधिग्रहणलाई अस्वीकार गरेका थिए।

विवाद तब उत्पन्न भयो जब काठमाडौंमा राजतन्त्र पक्षधर र्‍यालीमा आदित्यनाथका तस्वीरहरू पूर्वराजा ज्ञानेन्द्रका तस्वीरसँगै देखिए। यो र्‍याली नेपालमा हिन्दू राजा पुनःस्थापित गर्न माग गरिरहेको संगठित अभियानको हिस्सा थियो र पूर्वराजालाई देशको राजधानीमा स्वागत गर्न आयोजना गरिएको थियो।

सडक प्रदर्शन पूर्वराजाको सार्वजनिक शक्ति प्रदर्शनको अर्को उदाहरण थियो। उक्त र्‍यालीमा भारतका परिचित हिन्दुत्ववादी नेता र देशकै सबैभन्दा ठूलो जनसंख्या भएको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथका पोस्टर देखिएका नभएको भए सम्भवतः यो घटनाले भारतमा त्यति धेरै ध्यानाकर्षण गर्दैनथ्यो ।

काठमाडौंको यस राजनीतिक रूपमा संवेदनशील र्‍यालीमा आदित्यनाथको उपस्थिति आकस्मिक घटना थिएन। वर्षौंदेखि नेपालमा राजतन्त्रको भारतको हिन्दू दक्षिणपन्थी समूहसँग गहिरो राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको छ। विशेषगरी गोरखनाथ मठसँगको सम्बन्ध अझ प्रगाढ छ, जसको प्रमुख आदित्यनाथ हुन्।

सन् २०१४ पछि भारतमा हिन्दू दक्षिणपन्थको उदय भएको समय नेपालमा पनि हिन्दू सांस्कृतिक आवाजहरूको पुनरुत्थान भएको देखिन्छ । तर यसको पृष्ठभूमि अझ गहिरो छ। भारतीय हिन्दू दक्षिणपन्थी समूहहरूको नेपालसँग गहिरो सम्बन्धको इतिहास छ। राष्ट्रिय स्वयंसेवक सङ्घसँग सम्बन्धित भारतीय हिन्दू दक्षिणपन्थी शाखाका रूपमा सन् २०११ मा स्थापित विश्व हिन्दू परिषद नेपाल, नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा सक्रिय छ।

गोरखनाथ मन्दिरका उनका गुरुहरू जस्तै आदित्यनाथ लामो समयदेखि नेपालका शाहवंशीय राजतन्त्रका समर्थक र प्रशंसक हुन्। उनले हिन्दू राजतन्त्र पुनःस्थापनाको पक्षमा लगातार आवाज उठाउँदै आएका छन्। रोचक कुरा त, गत वर्ष भारतका एक न्यायाधीशले आदित्यनाथलाई ‘दार्शनिक राजा’ भनेर प्रशंसा गरेका थिए। आदित्यनाथले नेपाल र उत्तर प्रदेश दुवै स्थानमा हिन्दू एकता र नेपालमा हिन्दू राजाको पुनरागमनको पक्षमा थुप्रै बैठक र कार्यक्रमहरू आयोजना गरेका छन्।

ज्ञानेन्द्रका तस्वीरहरूसँगै आदित्यनाथका पोस्टरहरू प्रदर्शन गरिनुले कम्युनिस्ट नेतृत्वको सरकारलाई पूर्वराजा र राजतन्त्र समर्थक तथा हिन्दू राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निशाना बनाउने अवसर प्रदान गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र समर्थकहरूलाई सरकार अपदस्थ गर्न भारतको समर्थनमा षड्यन्त्र गरेको र देशमा अस्थिरता निम्त्याएको आरोप लगाए। विगतमा जस्तै यस पटक पनि ओलीले नेपालमा राजावादी आन्दोलनमा भारतको भूमिका रहेको आरोप लगाए। ओलीले भने, ‘हाम्रा र्‍यालीहरूमा हामी विदेशी नेताका तस्वीरहरू प्रयोग गर्दैनौं।’

जब यो विवाद विदेशी हस्तक्षेपका आरोपहरूसँग जोडिँदै गयो, राप्रपाले सार्वजनिक रूपमा आदित्यनाथसँग कुनै सम्बन्ध अस्वीकार गर्‍यो। राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले आदित्यनाथका तस्वीरहरूको प्रदर्शनलाई सरकारको योजनाबद्ध षड्यन्त्र र राजतन्त्र समर्थक अभियानलाई बदनाम गर्ने प्रयास भनेर आरोप लगाए। शाहीले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई षड्यन्त्रको मुख्य योजनाकारको रूपमा आरोपित गरे। रिमालले यी आरोप अस्वीकार गर्दै राप्रपामाथि गलत सूचना फैलाएको आरोप लगाए।

हिन्दू राष्ट्रवादी र गेरुवस्त्रधारी नेताका रूपमा आदित्यनाथ वामपन्थी विचारधारा र राजनीतिप्रति आलोचनात्मक दृष्टि राख्छन्। विशेषगरी माओवादीप्रतिको उनको घृणा गोरखनाथ मन्दिरका उनका गुरु र पूर्ववर्तीहरूबाट पाएको राजनीतिक बिरासत पनि हो, जसले नेपालमा हिन्दू राजतन्त्रलाई सक्रिय सहयोग गरेका थिए र विश्वको एकमात्र घोषित हिन्दू राष्ट्रको माओवादी अधिग्रहणलाई अस्वीकार गरेका थिए।

नेपालको शाह वंश र गोरखनाथ मठ

आदित्यनाथ र उनको मठको शाह राजवंशसँग व्यक्तिगत, सांस्कृतिक र राजनीतिक सम्बन्ध छ। आधुनिक नेपालको उदय गोरखाबाट भएको हो। गोरखाका राजा पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा नेपालका विभिन्न राज्यहरूलाई एकीकृत गर्न अभियान चलाएका थिए। उत्तर प्रदेशको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरका प्रमुख आदित्यनाथले नेतृत्व गर्ने मठको इतिहास पनि गोरखनाथ नामक हिन्दू सन्तसँग जोडिएको छ, जसलाई नाथ परम्पराका संस्थापक मानिन्छ।

पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान सुरु गर्नुअघि गोरखनाथ मठका प्रमुख पुजारीबाट आशीर्वाद लिन व्यक्तिगत रूपमा मठमा गएको विश्वास गरिन्छ। उनका वंशजहरू, जस्तै ज्ञानेन्द्र शाह पनि गोरखपुरस्थित गोरखनाथ मन्दिरमा धार्मिक अनुष्ठानका लागि जाने गर्थे।

भारत-नेपाल सिमानाको नजिक रहेको गोरखनाथ मन्दिरले नेपालमा सांस्कृतिक र धार्मिक महत्त्व बोकेको छ। गोरखनाथलाई दिव्य सन्तको रूपमा पूजा गरिन्छ र नेपाली धार्मिक मनोविज्ञानमा उनको गहिरो उपस्थिति छ। गोरखनाथ मन्दिरका महन्तका रूपमा योगी आदित्यनाथले पनि विशिष्ट आध्यात्मिक स्थान ओगटेका छन्।

‘योगी आदित्यनाथ भारतमा जति परिचित छन्, त्यति नै नेपालमा पनि छन्, किनभने खासगरी हिन्दू अधिराज्य रहुञ्जेल गोरखनाथलाई नेपालमा प्रमुख देवताका रूपमा मानिन्थ्यो। गोरखपुरस्थित गोरखनाथ पीठ, जुन गोरखनाथपछि स्थापित अघोरीनाथ सम्प्रदायको सर्वोच्च स्थान हो, नेपालका धेरै व्यक्तिहरूका लागि नगईनहुने तीर्थस्थल हो,’ नेपाली पत्रकार युवराज घिमिरेले सन् २०१७ मा आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि लेखेका थिए।

सन् २०१८ मा आदित्यनाथ मुख्यमन्त्री बनेपछि उनले ज्ञानेन्द्रलाई आफ्नो सरकारी निवासमा स्वागत गरे र उनलाई अङ्गवस्त्र र कुम्भको प्रतीक चिह्न प्रदान गरे। त्यसै वर्ष आदित्यनाथ जनकपुरको सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल पनि गएका थिए।

नेपालका शाह राजाहरूले आफूलाई विष्णुको अवतारको रूपमा देवत्व प्रदान गर्दै आफ्नो लोकप्रियता कायम राख्न हिन्दुत्वको प्रयोग गरेका थिए। दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक महेन्द्रकुमार सिंहका अनुसार गोरखनाथ मन्दिरका महन्त दिग्विजयनाथले राजा त्रिभुवनलाई सत्तामा पुनर्स्थापित गर्न मद्दत गरे। दिग्विजयनाथका उत्तराधिकारी अवेद्यनाथ र आदित्यनाथले पनि माओवादीका विरुद्ध राजतन्त्र र हिन्दू राष्ट्रको समर्थन गरे। गोरखपुर क्षेत्रका सबै महन्तहरू दिग्विजयनाथ, अवेद्यनाथ र आदित्यनाथ संसद्‌मा निर्वाचित भएका थिए र उनीहरू उक्त उत्तर-पूर्वीको केन्द्रको राजनीतिक बहसमा प्रभावशाली बनेका थिए।

प्राध्यापक सिंहका अनुसार नेपालका राजावादीहरूका लागि आदित्यनाथ भारतीय नेताको प्रतिनिधित्व गर्ने व्यक्तिमात्र नभएर हिन्दू राष्ट्रवादको प्रतिक र सांस्कृतिक गौरवको प्रतीक पनि हुन्।

योगी आदित्यनाथले नियमित रूपमा नेपाल भ्रमण गरेका छन् भने ज्ञानेन्द्रले पनि विभिन्न अवसरमा उत्तर प्रदेशको निजी भ्रमण गरेका छन्। गत जनवरीमा, ज्ञानेन्द्रले आफ्नो परिवारसँग गोरखनाथ मन्दिरमा पूजा गरे र अवेद्यनाथको समाधिमा श्रद्धाञ्जली अर्पण गरे। मकर संक्रान्तिमा नेपालका राजपरिवारले गोरखनाथ मन्दिरमा खिचडी पठाउने र बदलास्वरूप मन्दिरबाट नेपालमा प्रसाद पठाउने परम्परा अझै जारी छ।

सन् २०१८ मा आदित्यनाथ मुख्यमन्त्री बनेपछि उनले ज्ञानेन्द्रलाई आफ्नो सरकारी निवासमा स्वागत गरे र उनलाई अङ्गवस्त्र र कुम्भको प्रतीक चिह्न प्रदान गरे। त्यसै वर्ष आदित्यनाथ जनकपुरको सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल पनि गएका थिए।

कूटनीतिमा रुचि देखाउने एसडी मुनीले आफ्नो पुस्तक ‘ड्याब्लिङ इन डिप्लोमेसी’मा आदित्यनाथको नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने चाहनाबारे उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सन् २०१७ मा मैले पुराना चिनजानका एक पूर्व भारतीय गुप्तचर अधिकारीसँग दिल्ली जिमखाना क्लबमा खाना खाएँ। उनले बताए कि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमा राजतन्त्र पुनर्स्थापना गर्न इच्छुक छन् र मलाई यो अभियानमा समर्थन गर्न सुझाव दिए। मैले स्पष्ट रूपमा जवाफ दिएँ, उनले गलत मानिसलाई गलत विषयमा सम्पर्क गरेका छन्।’

काठमाडौंका पर्यवेक्षकहरू भन्छन्- भारतको हिन्दू दक्षिणपन्थसँग वैचारिक निकटता राख्ने केही समूहहरू आदित्यनाथका तस्वीरहरू प्रदर्शन गरेर हिन्दू भिडलाई सन्देश पठाउन सक्रिय हुन सक्छन्। तर प्राध्यापक महेन्द्र सिंहका अनुसार त्यस घटनामा कुनै ठूला योजना वा षड्यन्त्र देखिँदैन।

‘मलाई लाग्छ यो स्वतःस्फूर्त घटना हो। गोरखनाथ सम्प्रदाय नेपालमा महत्वपूर्ण मानिन्छ, जहाँ राजतन्त्रको अन्त्य र सन् २००१ को दरबार हत्याकाण्डजस्ता घटनाहरू भए तापनि जनमानसमा हिन्दू राष्ट्रको भावना अझै बाँकी छ,’ सिंहले भने।

नेपालस्थित हिन्दू राष्ट्रवादी पार्टीले आदित्यनाथका तस्वीरहरू अस्वीकृत गरेपछि यो घटनामा उनीहरूको संलग्नता अस्वीकार गर्न सकिने उनको तर्क छ । ‘यो हिन्दू राष्ट्रका लागि भएको भावनात्मक प्रतिक्रियाजस्तो हो। भारतबाट आएका शक्तिशाली व्यक्ति, जस्तो कि योगीजी, मात्र उनीहरूको मद्दत गर्न सक्छन् भन्ने उनीहरूलाई लागेको हुनसक्छ’ सिंहले भने।

काठमाडौंका राजनीतिक विश्लेषकहरू अझै पनि राजतन्त्र पुनःस्थापनाको यो धक्का वास्तवमै पूर्वराजाको राजनीतिक करिअर सुरु गर्न र उनलाई कम्युनिस्ट नेताहरूको विकल्पको रूपमा एक लोकप्रिय हिन्दू राष्ट्रवादी व्यक्तित्व बनाउने रणनीति थियो वा थिएन भन्नेमा बहस गरिरहेका छन् ।

आदित्यनाथका अनुसार, नेपालको एकता र सार्वभौम सत्ताको प्रतीक मानिने ‘हिन्दू पहिचानलाई जिस्क्याउनु’ र राजतन्त्रको अन्त्य गर्नलाई उक्त दिशामा लिइएको कदम हो।

सिंहका अनुसार, ज्ञानेन्द्रसँग उनको लोकप्रियता, शासकको हैसियतमा रहेको बिरासत र हिन्दू पहिचानका कारण उनलाई हिन्दू राष्ट्रवादीहरूका प्रतिनिधिका रूपमा अगाडि सार्न र माओवादीको विकल्पका रूपमा प्रस्तुत गर्न आवश्यक सबै विशेषता छन्।

आदित्यनाथको नेपाल अवधारणा

आदित्यनाथको नेपालसम्बन्धी दृष्टिकोण उनको आफ्नै लेखनबाट बुझ्न सकिन्छ, यसबारे केही सामग्री अझै पनि उनको व्यक्तिगत वेबसाइटमा उपलब्ध छन्। आदित्यनाथले नेपाल र भारतलाई एउटै धर्म, संस्कृति, रगत, जात र सामाजिक प्रणाली बाँड्ने दाजुभाइको रूपमा लिन्छन्।

यूपीए शासनकालमा लेखिएको ‘नेपालमा भारतको विरोध’ शीर्षकको एउटा लेखमा आदित्यनाथले नेपालमा माओवादीको उदयले भारत र नेपालबीच दरार ल्याउन सक्छ भनी चिन्ता व्यक्त गरेका थिए। उनले माओवादी नेपाललाई चीनको उपनिवेश बनाउन आतुर भएको आरोप लगाए।

आदित्यनाथका अनुसार, नेपालको एकता र सार्वभौम सत्ताको प्रतीक मानिने ‘हिन्दू पहिचानलाई जिस्क्याउनु’ र राजतन्त्रको अन्त्य गर्नलाई उक्त दिशामा लिइएको कदम हो।

अर्को लेख ‘नेपालमा हुन्छ चीरहरण’ मा आदित्यनाथले तर्क गरेका छन्-  जब नेपाल एक हिन्दू राष्ट्र र हिन्दू राजा थिए, न त कम्युनिस्टहरूले आफ्नो खेल खेल्न सक्थे, न त इस्लामिक आतंकवादीहरूले नाङ्गो नाच्न सक्थे, न त क्रिश्चियन मिसनरीहरूले नेपालको बहुसंख्यक हिन्दू जनसंख्यालाई स्वतन्त्र रूपले धर्म परिवर्तन गर्न सक्थे।

उनले नेपालमा धर्मनिरपेक्षताको व्यवस्थाबारे गुनासो गर्दै भनेका छन्- तर राजतन्त्र हटाएपछि र माओवादीहरूले सत्ता सम्हालेपछि यी शक्तिहरू षड्यन्त्रमा संलग्न भए ।

महेन्द्र सिंहले आदित्यनाथ नेपालमा राजतन्त्रको पक्षधर हुनु केवल एक अवधारणा नभएर नेपाली शासकहरूको अनौठो पृष्ठभूमि र सन्दर्भका कारण रहेको बताउँछन् । किनकि, उनीहरू हिन्दू सांस्कृतिक राजतन्त्रवादी र गुरु गोरखनाथका अनुयायी छन्।

यादवका अनुसार, आदित्यनाथले राजतन्त्रको समर्थन गर्दै आफ्नो मठको ‘वैचारिक विरासत’लाई अगाडि बढाएका छन्। माओवादीको उदयले गोरखनाथ मन्दिरजस्ता मठहरूको नेपालमा रहेको जग्गा र सम्पत्तिमा समेत चुनौती खडा गरेको यादवको विश्लेषण छ।

‘आदित्यनाथ र उनका पूर्ववर्ती दुवैले संविधानिक राजतन्त्रको सिफारिस गरेका थिए। उनीहरूले राजालाई बेलायत र भुटान जस्तो एकता कायम राख्ने तत्वको रूपमा हेर्ने गरेका थिए,’ उनी भन्छन् ।

‘मन्दिर सधैं कम्युनिस्टहरूको विपक्षमा थियो र दिग्विजयनाथदेखि आदित्यनाथसम्म स्पष्ट रूपमा राजतन्त्रको पक्षमा थिए। तर योगी आदित्यनाथ नेपालका मामिलामा हस्तक्षेप गर्न चाहँदैनन्,’ सिंहले भने।

नेपाल र हिन्दु राष्ट्र

आदित्यनाथको साम्प्रदायिक राजनीतिमा आधारित चर्चित डकुमेन्ट्री स्याफ्रन वार सह-निर्देशन गरेका राजीव यादवका अनुसार नेपाल सधैं हिन्दू राष्ट्रको कल्पनामा महत्त्वपूर्ण केन्द्र रहँदै आएको छ।

‘जब माओवादीले राजतन्त्रलाई फ्याँकिदिए, हिन्दू राष्ट्र र हिन्दुत्वको परियोजनाले गहिरो वैचारिक क्षति बेहोर्नुपर्‍यो,’ यादव भन्छन्। त्यसयता, नेपाल र भारतका हिन्दूवादी समूहहरूले हिन्दू शासन पुनर्स्थापित गर्ने प्रयास गर्दै आएका छन्।

स्याफ्रन वारमा आदित्यनाथको नेपालमा राजतन्त्र पुनर्स्थापनाका प्रयास र माओवादीहरूप्रति उनको वैचारिक विरोधलाई पनि उजागर गरिएको छ। सन् २००६ मा गोरखपुरमा आयोजित विराट हिन्दू सम्मेलनमा भारत र नेपालका प्रखर हिन्दुत्व समर्थक नेताहरू, विश्व हिन्दू महासंघका तत्कालीन अध्यक्ष भरतकेशर सिंह पनि सहभागी भएका थिए।

यादवका अनुसार, आदित्यनाथले राजतन्त्रको समर्थन गर्दै आफ्नो मठको ‘वैचारिक विरासत’लाई अगाडि बढाएका छन्। माओवादीको उदयले गोरखनाथ मन्दिरजस्ता मठहरूको नेपालमा रहेको जग्गा र सम्पत्तिमा समेत चुनौती खडा गरेको यादवको विश्लेषण छ।

स्याफ्रन वार मा आदित्यनाथका समर्थकहरूले तयार पारेको एक प्रचारात्मक गीत पनि समेटिएको छ, जसमा आदित्यनाथको हिन्दुत्ववादी छवि र माओवादीविरुद्धको लडाईंलाई महिमामण्डित गरिएको छ। गीतमा भनिएको छ:

‘केशरिया वस्त्र मे, शास्त्र और शस्त्र मे,
हिन्दू सब आगए हो सारे लोकतन्त्र मे
भाग चले माओ, नक्सली
भाग चले माओ, नक्सली
योगीजी की सेना चली
हर हर महादेव, हर हर महादेव…’

यसको अर्थ हुन्छ:
‘केशरिया वस्त्रमा लपेटिएका, शास्त्र र शस्त्र दुवै बोक्दै,
सबै हिन्दूहरू लोकतन्त्रमा अगाडि आउनुपर्छ
त्यहाँ माओवादी र नक्सलीहरू भाग्दैछन्
यहाँ त योगीको सेना आइरहेको छ
हर हर महादेव !’

-द वायरबाट भावानुवाद

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM