२०८२ फाल्गुन २४ गते, आईतवार १६:५४

गणतन्त्रवादी-राजावादी जम्काभेट हुनै नदिने रणनीति

१४ चैत, काठमाडौं । दुई परस्पर विचारधाराका गणतन्त्रवादी–राजावादीले चैत १५ गते एकैदिन एकै समयमा काठमाडौं उपत्यकामा प्रदर्शनको तयारीमा छन् । उत्यकाका विभिन्न ठाउँहरुबाट नारा जुलुससहित सभा गर्ने उनीहरुको तयारी छ ।

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर शुक्रबारको प्रदर्शनको कमाण्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति प्रशासनको छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ नै तोकिएको छ ।

यी दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि सुरक्षा चुनौतीबारे छलफल गर्न १० चैतमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत डाकिएको थियो ।

गृह मन्त्रालयमा बसेको उक्त बैठकमा गृहमन्त्री रमेश लेखकका साथै गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा र गृह मन्त्रालयका सहसचिव (सदस्य सचिव) सहभागी थिए ।

उक्त बैठकले १५ चैतमा दुई पक्षको प्रदर्शनको सुरक्षा चुनौती विश्लेषण गर्दै आवश्यक तयारी गर्न निर्देशन दिएको थियो । सोही अनुसार सुरक्षा रणनीति बनाइसकेको अधिकारीहरुले बताएका छन् ।

इन्फोग्राफिक्स : अरूण देवकवटा/अनलाइनखबर

सुरक्षा सतर्कता

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी भोलिका लागि खटाइने छ । आवश्यकता अनुसार यसको संख्या समेत बढ्न सक्ने उनी बताउँछन् । ‘सुरक्षाबारे सम्पूर्ण तयारी गरिसकेका छौं । २५ सय बढी प्रहरी परिचालन हुन्छ । आवश्यकता देखियो भने त्योभन्दा बढी पनि परिचालन हुन सक्छन्’ उनी भन्छन् ।

सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरुको पहिचान गर्न सादा पोशाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार भोलि १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

राप्रपाको प्रदर्शन : उपत्यकामा विशेष सुरक्षा प्रबन्ध, ६ हजार प्रहरी फिल्डमा उतार्ने योजना – Online Khabar

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पनि पछिल्लो राजनीतिक अवस्था र १५ चैतमा हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गरेको छ । त्यसैलाई आधार मान्दै सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति बनाएको छ ।

प्रहरीको सहयोगीका रुपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना संकलनको रुपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिने छ ।

एसईई परीक्षालाई विशेष ध्यान

१५ चैतमा एसईई परीक्षा समेत भएकाले ११ बजेपछि मात्रै जुलस निकाल्न अनुरोध गरिएको प्रहरीको भनाइ छ । जसले गर्दा बाटो समेत जाम नहुने र परीक्षामा असर नपर्ने बुझाइ प्रहरीको छ ।

समाजवादी मोर्चा र राजावादीहरुको प्रदर्शनमा कति मानिस काठमाडौंमा उत्रिन्छन् भन्ने एकिन छैन । तर दुवैले यसलाई शक्ति प्रदर्शनको रुपमा लिएकाले सकेसम्म धेरै मानिस उतार्ने प्रयासमा उनीहरुले गरेको बुझिन्छ । त्यसका लागि उनीहरुले काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लाबाट समर्थकहरुलाई काठमाडौंमा भेला पार्दैछन् ।

प्रहरी प्रशासन भने जतिसुकै धेरै मानिसहरु भेला भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा जुटेको छ । ‘अहिले नै प्रदर्शनमा यति मान्छे आउँछन् भन्ने यकिन गर्न सक्ने अवस्था छैन । दुबै तर्फका आ–आफ्ना दाबी छन्’ एक सुरक्षा अधिकृत भन्छन्, ‘संख्या जति भए पनि शान्तिपूर्ण बनाउने हाम्रो तयारी छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भने बिहीबारको एक कार्यक्रममा बोल्दै प्रदर्शन सामान्य हुने जनाएका छन् । धेरै बढाइचढाइ गर्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘१०–१५ हजारका जुलुस नेपालमा निस्किएको निस्किएकै छन् । तिललाई पहाड बनाइरहनुपर्दैन, एउटा भृकुटीमण्डपमा जुलुस निस्किएर सभा हुन्छ । एउटा कोटेश्वरमा सभा हुन्छ । हुने त्यत्ति हो ।’

राजावादी समूह निगरानीमा

यसअघि २५ फागुनमा पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा राजावादीहरुले सिनामंगलमा भेला भएर प्रदर्शनसहित स्वागत गरेका थिए । त्यतिबेला प्रहरी संयमित भएर निकै सुझबुझपूर्ण ढंगले भिड नियन्त्रण गरेको भन्दै प्रहरीको प्रशंसा समेत भएको थियो ।

त्यतिबेला प्रहरी निकै सतर्कतामा पनि थियो । सडक ड्युटीमा नखटिएका तथा हेडक्वार्टरलगायत अन्य युनिटमा कार्यरत सम्पूर्ण प्रहरीलाई अलर्टमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार १०–५ बजेको ड्युटी हुनेहरुलाई समेत राति ९ बजेसम्म अफिस नछाड्न भन्दै काठमाडौं उपत्यकाभित्रका सबै युनिटलाई सर्कुलर गरिएको थियो । उनीहरु राति ९ बजेपछि मात्रै घर तथा कोठा फर्केका थिए ।

अहिले राजावादी समूहका साथै गणतन्त्र पक्षधरको समेत प्रदर्शन हुने भएकाले सुरक्षा चुनौती बढ्नसक्ने आँकलन गरिएको छ । विशेषगरी दुई समूहको जम्काभेट हुनसक्ने वा घुसपैठ हुन सक्ने भन्दै सुरक्षा संयन्त्रले सोही अनुसार रणनीति बनाएका छन् ।

समाजवादी मोर्चा यही व्यवस्था मान्ने समूहको प्रदर्शन र सभा भएकाले उनीहरुबाट केही सुरक्षा चुनौती नहुने बुझाइ भीड नियन्त्रणबारे जानकार मानिने सशस्त्र प्रहरीका पूर्वडीआईजी माधव थापा बताउँछन् । ‘समाजवादी मोर्चामा यही व्यवस्था मान्नेहरु हुन् । उनीहरु हाहु गर्ने, लड्ने–भिड्ने र तोडफोड गर्ने मनस्थितिमा हुँदैनन् । उनीहरुबाट ठूलो सुरक्षा चुनौती देखिँदैन,’ पूर्वडीआईजी थापाको बुझाइ छ ।

दुर्गा प्रसाईं (फाइल तस्विर)

तर राजावादी समूह भने यो व्यवस्था नै उल्टाउने पक्षमा रहेकाले उनीहरुबाट तुलनात्मक रुपमा केही बढी सुरक्षा खतरा हुने उनको विश्लेषण छ । ‘त्यसैले प्रसाईं समूहलाई बढी निगरानीमा राख्नुपर्ने देखिन्छ’ उनले भने ।

नेपाल प्रहरीले पनि समाजवादी मोर्चाबाट भन्दा पनि प्रसाईं समूहबाट बढी सुरक्षा थ्रेट हुनसक्ने विश्लेषण गरेको छ । सोही अनुसार करिब एक सातादेखि नै उनीहरुका गतिविधिबारे प्रहरीले निगरानी समेत बढाएको छ ।

मुख्य चिन्ता भने घुसपैठ हुनसक्नेमा सुरक्षा संयन्त्रले ध्यान दिनुपर्ने बुझाइ सुरक्षा जानकारहरुको छ । सुरक्षा योजना निर्माणमा सहभागी प्रहरी परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘मुख्य चिन्ता भनेको घुसपैठको हो । उनीहरुलाई जम्काभेट हुन नदिने गरी रणनीति बनाइएको छ । तर घुसपैठ हुनसक्ने चिन्ता भने छ ।’

प्रसाईं समूहलाई रिङरोडभित्र ‘नो इन्ट्री’

राजावादी र गणतन्त्रवादीको जुलससँग भेट हुन नदिने उद्देश्यले काठमाडौं प्रशासनले राजावादीहरुलाई रिङरोड (चक्रपथ) भन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति बनाएको छ । यसैगरी समाजवादी मोर्चाको प्रदर्शनलाई भने रिङरोडभित्र सीमित गर्ने प्रयास प्रहरी प्रशासनको छ ।

प्रहरीको यही सुरक्षा रणनीतिअनुसार राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।

अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै तीनकुने आउने छ । यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ ।यसैगरी कलंकीतर्फबाट निस्किने जुलुस पनि बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ ।

यता समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रभित्रै भृकुटीमण्डप पुग्नेछ । बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने बताइएको छ ।

समाजवादी मोर्चाले रिङरोड भित्रबाट जुलुस निकालेर भृकुटीमण्डमा पुग्ने र प्रसाई समूह रिङरोड भित्रै प्रवेश नगर्ने भएकाले जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ सुरक्षा अधिकारीहरुको छ ।

अनि प्रसाईंले पाएनन् बल्खु

यसअघि प्रसाईं समूहले ७ मंसिर २०७९ मा बल्खुमा प्रदर्शन गरेको थियो । प्रसाईं समूहलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्न दिनु नै गम्भीर भुल रहेको सुरक्षा विश्लेषण गरिएको छ ।

प्रसाईंले मारवाडी समुदायप्रति कडा शब्दमा विमती राख्दै उनीहरुलाई भौतिक आक्रमण गर्नेसम्मका अभिव्यक्ति दिँदै आएका थिए । अहिले पनि दिँदै आएका छन् ।

मारवाडी समुदायमाथि खुलमखुल्ला भौतिक आक्रमणको धम्की दिने प्रसाईंको समूहलाई प्रदर्शनका लागि गत वर्ष बल्खु केन्द्र तोकिएको थियो । जबकी बल्खु त्यस्तो ठाउँ हो, जहाँ मारवाडी समुदायकै बाहुल्यता छ । बल्खु, सानेपा, कुलेश्वर, कालिमाटी आसपास मारवाडी समुदायको बाहुल्यता हुनु र उनै प्रसाईं समूहलाई त्यहाँ प्रदर्शन गर्न दिनु नै सुरक्षाको हिसाबले निकै चुनौती रहेको विश्लेषण गर्दै अहिले प्रसाईं समूहलाई तीनकुनेको ठाउँ तोकिएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

त्यतिबेलाको फिल्ड कमाण्डरको रुपमा डीएसपी रोशन खड्का खटिएका थिए । प्रसाईंको समूह कालिमाटी क्षेत्र प्रवेश गर्न खोज्दा उनकै सुझबुझपूर्ण निर्णयले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

अहिले सोही कुरालाई मध्यनजर गर्दै प्रसाईंको समूहलाई रिङ्रोडको बाटो प्रयोग गर्दै तीनकुनेमा भेला हुन भनिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM