२०८२ असार १८ गते, बुधबार १६:०४

चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन




बागमती।हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१÷८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ रु छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु एक करोड २५ लाख ५० हजार सङ्कलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM