२०८२ असार २० गते, शुक्रबार ०९:५०

कालोसूचीमा परे ४ निर्माण कम्पनी

११ चैत, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो ।

ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो ।

यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सिफारिस गरेको थियो ।

यसैगरी जिल्ला समन्वय समिति बाराको सिफारिसमा एस.डी कन्स्ट्रक्सनलाई र भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्सलाई एक–एक वर्ष कालोसूचीमा राखिएको छ । एसडी कन्सक्ट्रक्सनका मुख्य व्यक्ति निरज कुमार मिश्र हुन् भने मनकामना सप्लायर्सका मुख्य व्यक्ति गोमा श्रेष्ठ हुन् ।

निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

ऊर्जामन्त्री खड्काको उपस्थितिमा जलविद्युत कम्पनीहरू र राष्ट्रिय ग्रीड कम्पनी बीच ग्रीड कनेक्शन समझदारीमा हस्ताक्षर

काठमाडौँ, १८ असार/राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख

neelambads

Live

Listen Live FM