२०८२ मंसिर २१ गते, आईतवार ००:३७

हतियार राख्ने प्रहरीको सिरानीमा पुस्तक

प्रहरी चौकीहरूमा पुस्तक पठाउँदै जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का


९ चैत, काभ्रे । सधैँ हतियार सिरानी हालेर सुत्ने प्रहरीहरू हिजोआज सिरानीमा किताब राखेर सुत्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेले पछिल्लोपटक ल्याएको घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) को अवधारणापछि प्रहरीहरू सिरानीमा पुस्तक राखेर सुत्न थालेका हुन् ।

पढ्ने बानीको विकास, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक टेवा पुर्‍याउने उद्धेश्यले यो अभियान थालिएको प्रहरी उपरीक्षक बसुन्धारा खड्का बताउँछिन् ।

उनका अनुसार जिल्ला मातहत रहेका प्रहरी इकाइमा कार्यरत प्रहरीलाई फुर्सदको समयमा पढ्ने बानीको विकास गराउन यस्तो अभियान थालिएको हो ।

प्रत्येक प्रहरी चौकीमा रहेका पुस्तकहरू एकपटक पढिसकेपछि अर्को चौकीमा स्थानान्तरण गर्ने नीति जिल्ला प्रहरी कार्यालयको रहेको खड्काले बताइन् ।

प्रत्येक ३० दिनमा विभिन्न प्रहरी इकाईहरूमा उपलब्ध पुस्तकहरुलाई आवश्यकता पहिचान गरी आलोपालो गरिने र वार्षिक कार्यतालिका नै बनाएर पुस्तक वितरण गरिने उनको भनाइ छ ।

अध्ययनका लागि उत्प्रेरणा जगाउन फोकल पर्सन राखिने योजना छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी दोलालघाट, पाँचखाल, खावा, पनौती, कानपुर, कातिकेदेउराली, खानीखोला, देवीटार, काभ्रे भन्ज्याङ लगायत २६ वटा चौकीलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको छ ।

काभ्रेका दुर्गम केही चौकीहरूमा बिजुली र इन्टरनेट नपुगेको ठाउँमा झन् प्रभावकारी हुने जिप्रका, काभ्रेका सूचना अधिकारी मिन बहादुर घले बताउँछन् । उनका अनुसार प्रहरी चौकीमा रहेका पुस्तकहरू स्थानीयलाई पनि पढ्नका लागि उपलब्ध गराइनेछ ।

जिल्लामा रहेका ४२ वटा प्रहरी चौकीमा कार्यरत ५ सय ८० प्रहरी छन् । सबै प्रहरीलाई एउटा पुस्तक पुग्नेगरी संकलन गर्ने र पढिसकेपछि जहाँ नजिक चौकी पर्छ त्यस ठाउँमा हस्तान्तरण गरिने व्यवस्था मिलाइएको छ ।

पुस्तकालय सुरु भएसँगै प्रहरीसँग चार सयभन्दा बढी थान पुस्तक संकलन भइसकेका छन् ।

प्रहरीले लघुकथा, घरेलु उपचार विधि र समुदायसँग नजिक हुने उपन्यासलाई धेरै मन पराएका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय मंगलटारमा समेत छुट्टै पुस्तकालय र बहुउद्देश्यीय हल संचालनमा ल्याइएको छ ।

नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्य अन्तर्गत ‘नागरिक प्रहरी पुस्तकालय’ स्थापना गरिएको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

अहिले स्थानीय नागरिक तथा विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूले समेत पुस्तकालयको प्रयोग गर्ने गरेको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

पुस्तकालयमा कानूनको १९ वटै खण्डका पुस्तकहरु, साहित्यिक पुस्तकहरु (अङ्ग्रेजी—नेपाली दुवै भाषा), सबै प्रकृतिको धार्मिक पुस्तकहरु, सरकारी सेवा प्रवेश पूर्व तयारी सम्बन्धी पुस्तकहरु, नेपाल प्रहरीद्वारा प्रकाशित पुस्तकहरु रहेको तथा आवश्यकतानुसार यसलाई बढाउँदै लैजाने इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM