२०८२ माघ २९ गते, बिहीबार २२:४६

गोरखामा पूर्व राजा ज्ञानेन्द्रलाई भव्य स्वागत, राजसंस्थाप्रति जनलहर बढ्दो

काठमाडौँ/पूर्व राजा ज्ञानेन्द्र शाह आज गोरखामा बाबा गोरखनाथ र गोरखकाली माताको पूजा अर्चना गर्न पुग्दा स्थानीय जनताले भव्य स्वागत गरेका छन्। राजा ज्ञानेन्द्रको स्वागतमा उपस्थित जनसमुदायले “राजा आऊ, देश बचाऊ” नारासहित उत्साहपूर्वक उनलाई साथ दिएका थिए।

गोरखा पुगेपछि राजा ज्ञानेन्द्रले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो अनुभूति साझा गरे। उनले भने, “गोरखा आएर मलाई खुसी लाग्यो। यो मेरो जन्मथलो नभए पनि पुर्खाको थलो हो। यहाँ आएर सबैलाई भेट्दा खुसी लागेको छ। अहिले देशमा शान्ति आवश्यक छ, कसैले कसैको कुभलो नचिताओस्, भलो चिताओस्। कोही पनि कुनै राम्रो कार्य गर्न डराउनु नपरोस्। मेरो कामना देशमा शान्ति, विकास, सुख, र समृद्धि कायम होस् भन्ने छ।”

राजसंस्थाप्रति जनताको समर्थन दिन प्रतिदिन बढ्दै गएको देखिएको छ। राजा जहाँ जान्छन्, स्वस्फूर्त रूपमा हजारौँ नागरिक उनको स्वागतमा ओइरिने गरेका छन्।

भोलि पूर्व राजा ज्ञानेन्द्रले गोरखाको प्रसिद्ध मनोकामना मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम रहेको विश्व हिन्दू अन्तर्राष्ट्रिय समितिकी अध्यक्ष अस्मिता भण्डारीले जानकारी दिएकी छन्।

भण्डारीले थप जानकारी दिँदै राजा ज्ञानेन्द्रलाई गोरखा जाने क्रममा मेलखु र आबुखैरेनीमा भव्य स्वागत गरिएको बताइन्। स्थानीय बासिन्दाले आफ्ना घरअगाडि नयाँ कलश स्थापना गर्दै राजा ज्ञानेन्द्रको स्वागत गरेका थिए।

राजसंस्थाप्रति जनसमर्थन पुनः बढ्दै?

राजा ज्ञानेन्द्रको विभिन्न स्थानमा हुने यात्राले राजसंस्थाप्रति नागरिकको झुकाव बढ्दै गएको संकेत देखिएको छ। गोरखामा उनीप्रति देखिएको समर्थन र उत्साहले देशमा पुनः राजसंस्थाको बहस चुलिएको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM