२०८२ माघ २६ गते, सोमबार ११:२५

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रभु साहले किन गरे बहिष्कार ? 

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको टिप्पणी गर्दै उनले कार्यक्रम बहिष्कार गर्दै संसद बैठकबाट बाहिरिए ।

आजपा अध्यक्ष तथा सांसद समेत रहेका साहले यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीबाट नआएको भन्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको जिकिर गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्ने क्रममा साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

गत महिना (४ फागुन)को प्रश्नोत्तर कार्यक्रममा साहले गरेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् । सोही बिषयमा केन्द्रीत भई साहले प्रश्नकै जवाफ नदिएछि संसद, नियमावलीको अपमान भएको टिप्पणी गर्दै कार्यसूचीबाट हटाउन सुझाव दिए ।

बिहिबार पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो ।

‘आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहिन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न ध्यानाकर्षण गर्न चाहन्छु’, सांसद सांसद साहले भने ।

नियमावली र प्रावधानप्रति प्रधानमन्त्री ओली उत्तरदायी नभएको जिकिर गर्दै उनले संसद्को कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

‘मैले अस्ति सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन । यसरी सवाल प्रभु साहको होइन, प्रश्नोत्तर कार्यक्रमको हो । सम्माननीय सभामुखको गरिमाको हो । नियमावली र प्रावधानको हो’, साहले भने, ‘त्यसप्रति उत्तरदायी सक्नुपथ्र्यो । त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन आग्रह गर्छु । यदी हटाइएन भने म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM