२०८२ मंसिर २२ गते, सोमबार १६:२६

साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन ऊर्जा मन्त्रालयद्वारा भारतलाई आग्रह

काठमाडौं /नेपालमा लोडसेडिङको समस्या गहिरिँदै गएपछि साँझको समयमा पनि दैनिक २३० मेगावाट बिजुली उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई औपचारिक प्रस्ताव पठाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा भारतीय दूतावासमार्फत बुधबार बेलुका ६ देखि १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न आग्रह गरिएको हो।

हाल नेपालमा औद्योगिक क्षेत्रमा बिजुलीको चरम अभाव देखिएको छ। उद्योगहरू अहिलेसम्म दैनिक ८ घण्टासम्म लोडसेडिङ सहँदै आएका थिए, तर पछिल्ला दिनहरूमा यो अवधि बढेर १२ घण्टासम्म पुगेको छ।

भारतले ‘सोलार आवर’ मा मात्रै बिजुली उपलब्ध गराउँदै

भारतबाट हाल ७०० मेगावाटभन्दा बढी बिजुली आयात भइरहेको भए पनि गत शनिबारदेखि भारतले नेपाललाई ‘सोलार आवर’ अर्थात् बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली आपूर्ति गरिरहेको छ। यसको असर औद्योगिक क्षेत्रमा गहिरो रूपमा परेको छ।

नेपालको अधिकांश जलविद्युत परियोजना ‘रन अफ दि रिभर’ प्रकारका भएकाले सुख्खायाममा उत्पादन घटेर १,००० मेगावाटमा सीमित भएको छ। जबकि, वर्षायाममा यो उत्पादन ३,३०० मेगावाटसम्म पुग्ने गर्छ। उत्पादन घटेका कारण आन्तरिक माग पूरा गर्न कठिन भइरहेको छ।

ऊर्जा मन्त्रालयको पहलमा भारतलाई आग्रह

ऊर्जा मन्त्री दीपक खड्काका अनुसार साँझको समयमा औद्योगिक क्षेत्रमा बिजुली कटौती गर्दा पनि व्यवस्थापन गर्न नसकिने अवस्था आएपछि भारतलाई अतिरिक्त आपूर्ति गर्न अनुरोध गरिएको हो।

“घरायसी उपभोक्तालाई पनि समस्या आउन नदिन भारतलाई आग्रह गरिएको छ। भारतले २३० मेगावाट बिजुली उपलब्ध गराउने विषयमा सकारात्मक संकेत देखाएको छ, जसले गर्दा समस्या केही हदसम्म समाधान हुने आशा गरिएको छ,” मन्त्री खड्काले बताए।

परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति गर्न अनुमति दिन आग्रह गरिसकेकी छन्।

भारतीय दूतावासको समन्वय, नेपालमा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता

भारतीय दूतावासले नेपाललाई साँझको समयमा बिजुली उपलब्ध गराउन भारतीय ऊर्जा मन्त्रालयसँग समन्वय सुरु गरिसकेको छ।

ऊर्जा मन्त्री खड्काका अनुसार भारतबाट सुख्खायाममा बिजुली प्राप्त नहुँदा नेपाललाई गम्भीर समस्या पर्ने भएकाले अब दीर्घकालीन रूपमा ठूला जलविद्युत् परियोजनाहरू अघि बढाउनुको विकल्प छैन।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला उद्योगहरूको २४ घण्टासम्म बिजुली आपूर्ति कटौती गर्ने तयारी गरिरहेको बताइएको छ।

“विगतमा ठूला उद्योगहरूलाई लोड व्यवस्थापनका लागि लाइन काटेर लोडसेडिङ अन्त्य गरिएको भनिएको थियो। तर, अहिले भारतले साँझमा बिजुली नदिएपछि वास्तविकता सतहमा आएको छ,” प्राधिकरणका एक उच्च अधिकारीले भने।

बिजुली अभाव र भारतबाट आयातमा निर्भरता

नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज मार्केटबाट बिजुली खरिद गरी आन्तरिक माग पूर्ति गर्ने प्रयास गरिरहेको छ।

तर, मार्च १५ देखि मे १५ सम्मको सुख्खायाममा भारतीय एक्सचेन्ज मार्केटबाट ‘सोलार आवर’ अर्थात् बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली आयात गर्न सकिन्छ। रातिको समयमा बिजुली ल्याउन नपाइने नियमले गर्दा नेपालमा औद्योगिक क्षेत्रमा लोडसेडिङ झनै बढ्न पुगेको छ।

साँझको समयमा २३० मेगावाट बिजुली आयात गर्न सकिएमा उद्योगहरूलाई केही राहत मिल्ने देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM