२०८२ फाल्गुन २४ गते, आईतवार १५:३९

सशर्त अनुदानमा संघ सरकारको मोह, वित्तीय स्वायत्तता हनन् जोखिम

६ चैत, काठमाडौं । संघीय सरकारबाट स्थानीय तहमा जाने चार प्रकारका अनुदानमध्ये सशर्त अनुदानमा संघ सरकारकै विशेष मोह देखिन्छ ।

यस्तो अनुदानको हिस्सा हरेक वर्ष बढ्दै जाँदा त्यसले स्थानीय सरकारहरूको वित्तीय स्वायत्तता नै हनन हुने जोखिम रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले औंल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघ सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गरिने ससर्त अनुदानका आधारका सम्बन्धमा सरकारलाई सिफारिस गर्दै आयोगले अब संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारलाई यस्तो अनुदान आयोजना नतोकी पठाउन समेत सुझाव दिएको छ ।

स्थानीय सरकारमा चालु आव २०८१/८२ मा कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको छ । जसमध्ये ससर्त अनुदान २ खर्ब ८ अर्ब ९२ करोड छ । यो कुल अनुदानको ६६.८७ प्रतिशत हो ।

पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा सरकारले स्थानीय तहमा वित्तीय समानीकरण हिस्सा निरन्तर घटाउँदै ससर्त अनुदान हिस्सा बढाएको देखिन्छ ।

संघ सरकारले प्रदेश र स्थानीय तहलाई सर्तसहित वित्तीय अनुदान उपलब्ध गराउँछ । यसलाई ससर्त अनुदान भनिन्छ । यस्तो अनुदानको रकम स्थानीय सरकारहरूले आफ्नो प्राथमिकतामा खर्च गर्न सक्दैनन् । जसका लागि केन्द्र सरकारले नै तोकेको आयोजना/कार्यक्रम वा क्षेत्रमा खर्च गर्नुपर्छ ।

केन्द्र सरकारबाट विनासर्त जाने अनुदान वित्तीय समानीकरण अनुदान हो । आयोगले अन्य अनुदान घटाउँदै वित्तीय समानीकरण अनुदानको हिस्सा बढाउन हरेक वर्ष सुझाव दिँदै आएको छ । तर, सरकारले कार्यान्वयनमा अटेर गरेको देखिन्छ ।

चालु आव ८८ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान विनियोजन गरिएको छ । जुन कुल अनुदानको २८.१७ प्रतिशतमात्र हो । पछिल्लो ७ वर्षको तथ्यांक हेर्दा सरकारले स्थानीय तहमा वित्तीय समानीकरण हिस्सा निरन्तर घटाउँदै ससर्त अनुदान हिस्सा बढाएको देखिन्छ ।

आयोगले औंल्यायो जोखिम

विशिष्ट राष्ट्रिय उद्देश्य प्राप्तिका साथै बहुतहगत सरकारका बीचमा नीतिगत समन्वय कायम गर्न र सार्वजनिक सेवाको मानक तथा गुणस्तर कामय गर्न संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सर्तसहित वित्तीय अनुदान उपलब्ध गराउने गर्छ ।

यस्तो अनुदानको हिस्सा घटाउँदै जानुपर्ने आयोगको सुझाव छ । तर, सरकारले यस्तो अनुदानको हिस्सा बढाउँदा स्थानीय सरकारहरूको वित्तीय स्वायत्ततामाथि अंकुश लगाउने दिशातर्फ सरकार बढेको अनुभूति भएको आयोगको भनाइ छ ।

‘संघीय सरकारले स्थानीय सरकारलाई हस्तान्तरणका लागि विनियोजन गरेको कुल अनुदानमा यसरी ससर्त अनुदानको हिस्सा बढाउँदै लैजानु र वित्तीय समानीकरण अनुदानको हिस्सा घटाउँदै लैजानुबाट आयोगको ससर्त अनुदान घटाउने र समानीकरण बढाउँदै लैजाने सुझावको मर्म तथा स्थानीय सरकारहरूको वित्तीय स्वायत्ततामाथि अकुंश लगाउने दिशातर्फ त बढिरहेको छैन भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको छ,’ आयोगले भनेको छ ।

आयोगले सिफारिस गरिएका आधारभित्र रहेर एक अर्को तह र निकायका आयोजनामा दोहोरो नपर्ने गरी तथा एक अर्को तहको कार्य क्षेत्र अतिक्रमण नहुने गरी ससर्त अनुदान प्रदान गर्नसमेत भनेको छ ।

अर्कातर्फ, महालेखा परीक्षकको कार्यालयले ससर्त अनुदान अन्तर्गत हस्तान्तरण भएका तर समयभित्र कार्यान्वयन हुन नसकेका कार्यक्रमको बजेट नियमानुसार समयमै सञ्चित कोषमा फिर्ता हुन नसकेको विषयलाई गम्भीर लिएर समाधान गर्न आयोगले भनेको छ ।

आयोगकै सिफारिस कार्यान्वयनमा उदासीन सरकार

आयोगले विगतमा दिएका सुझाव कार्यान्वयनको अवस्था समेत यसपालि विश्लेषण गरेको छ । जसमा आयोगका सिफारिस कार्यान्वयनमा सरकार उदासीन रहेको देखिन्छ ।

आयोगका अनुसार अधिकांश मन्त्रालयले कार्यक्रमगत रूपमा ससर्त अनुदान हस्तान्तरण गर्दा आयोगले तोकेको आधार खुलाउने गरेका छैनन् । कतिपय मन्त्रालयले आयोगले तोकेभन्दा फरक आधार खुलाइ ससर्त अनुदान दिने गरेका छन् ।

राष्ट्रिय मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने अवस्था र अन्तर्राष्ट्रिय सहायता परिचालन भएका कार्यक्रम वा आयोजना तल्लो सरकारबाट कार्यान्वयन गर्नुपर्ने भएमा समेत यस्तो अनुदान दिन सकिने आयोगको सिफारिस छ । रणनीतिक महत्त्वका आयोजनामा समेत अनुदान दिन सकिने भएको छ ।

केही मन्त्रालयले सम्बन्धित आर्थिक वर्षभन्दा अघिल्ला आर्थिक वर्षमा सिफारिस गरिएका आधारलाई पछिल्लो वर्षमा समेत आधारका रूपमा उल्लेख गरेको पाइएको छ ।

आर्थिक वर्षको बीचमा पनि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारमा ससर्त अनुदानका कार्यक्रम जाने गरेका छन् । कतिपय अवस्थामा विनियोजन ऐनमा समावेश नगरी अख्तियारी मोडेलबाट समेत ससर्त अनुदान हस्तान्तरण गरिएको पाइएको छ ।

नयाँ सिफारिस के दिइयो ?

आयोगले आगामी आव २०८२/८३ का लागि समेत ससर्त अनुदान सिफारिस गरेको छ । जसमा नेपाल सरकारको अधिकारको सूचीभित्रका कुनै विषय वा कार्यक्रम र आयोजना प्रदेश वा स्थानीय तहबाट कार्यान्वयन गर्नुपर्ने भए ससर्त अनुदान दिन भनिएको छ ।

राष्ट्रिय नीति तथा कार्यक्रमलाई प्रदेश र स्थानीय सरकारबाट कार्यान्वयन गर्नुपर्ने भए समेत यस्तो अनुदान दिन सकिने उल्लेख छ । राष्ट्रिय मानक स्थापना वा कार्यान्वयन गर्नुपर्ने अवस्था र अन्तर्राष्ट्रिय सहायता परिचालन भएका कार्यक्रम वा आयोजना तल्लो सरकारबाट कार्यान्वयन गर्नुपर्ने भएमा समेत यस्तो अनुदान दिन सकिने आयोगको सिफारिस छ । रणनीतिक महत्त्वका आयोजनामा समेत अनुदान दिन सकिने भएको छ ।

आयोजना नतोकी अनुदान दिन सुझाव

यस वर्षबाट आयोगले ससर्त अनुदानका लागि निश्चित आयोजना वा कार्यक्रम नतोकी नतिजा सूचक क्षेत्र तोकेर एकमुष्ट विनियोजन गर्न भनेको छ । आयोगले सिफारिस गरेका आधार मन्त्रिपरिषद्बाट स्वीकृत गराउन समेत सुझाव दिइएको छ ।

प्रस्तावित कुनै पनि आयोजना वा कार्यक्रम आयोगले सिफारिस गरेको कुन आधार अन्तर्गतको हो भनी खुलाउनु पर्ने समेत सुझाव आयोगको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM