२०८२ मंसिर २३ गते, मंगलवार १३:२२

असफल व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् ।

आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भईसकेको बताउदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे ।

‘सरकार सबैमोर्चामा असफल भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा असफल सक्नुभएको छ । आफ्नै मुल्यांकनमा सरकार असफल भईसकेको छ । जनताको चाहना र आवश्यक्ता सम्बोधन गर्न सकेको छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई शसक्त र सफल बनाउन सबै एकजुट भएर अगाडी बढनुको बिकल्प छैन् ।’
आउँदो २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै बिरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा आजपा अध्यक्ष साहले आन्दोलनलाई कसरी व्यवस्थित र प्रभावकारी रुपमा अगाडी बढाने बारेमा बृहत छलफल आवश्यक रहेको बताए । गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।

नेताहरुको कुकर्मका कारण गणतन्त्र बदनाम भएको बताउदै उनले भ्रष्ट एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । दलाल दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको साहले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष रहेको छ ।

‘आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरुको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरु मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने, ‘कसैको अगाडी कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिदैछ । नेपाली जनताको सपना खोसिएको छ ।’

केही गर्न बिदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरुले निर्माण गरेको आरोप उनले लगाए । पढनेदेखी रोजगारका लागि विदेशिने क्रम बढेको बताउदै यो सबै अवस्थाको सृजना शासनमा रहेका नेताहरुले निर्माण गरेको आरोप उनको छ ।

‘केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरु आज लाश बनेर फर्किरहेका छन् । यतिमात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरुको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनशास छ, विकास विलाएको छ, कर आतंक छ, महंगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरुको खुलेयाम विक्री र दोहन भईरहेको छ । जनता दिनदिनै बैदेशिक ऋणमा थिचिदैछन् । यि तमाम संकटको अन्त्यका लागि तपाई हामी अगाडी आउँनै पर्छ’, साहले भने ।

२४ चैतमा जनआन्दोलन दिवशकै दिन भ्रष्टाचार बिरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता बिरुद्ध संघर्ष गर्दै आएको छ । गत बर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटी मण्डपबाट दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।

बसेको पदाधिकारी बैठकले आन्दोलनको कमाण्डरका साथै बिभिन्न समितिहरु गठन गर्दै सम्पन्न हुने महासचिव त्रिभुवन साह अमरले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM