२०८३ बैशाख ७ गते, सोमबार १४:१८

महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले फर्कायो बिरासत

६ चैत, काठमाडौं । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गुमेको बिरासत फर्काएको छ ।

नेविसंघको किल्ला मानिने उक्त क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक बदला लिंदै नेविसंघले आफ्नो भत्किएको बिरासत फर्काएको छ । सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।

सभापतिमा नेविसंघका विवेककुमार यादव विजयी भएका छन् । यादवले ८४१ मत पाए भने अखिलका पंकज गुप्ताले ७०४ मत मात्रै पाए । यहाँ अखिल क्रान्तिकारीका अशोक घर्तीमगरले ३६ र नेपाल जनमत संघका राहुलकुमार यादवले ११ मत पाए ।

यस्तै, सचिवमा यासिका यादव र कोषाध्यक्षमा सागर चौलागाईं विजयी भएका छन् । उनीहरु पनि नेविसंघकै हुन् ।

यो कलेजमा मधेशी समुदायको बाहुल्यता थियो । त्यसैले नेविसंघ र अखिल दुवैले मधेशी समुदायबाटै उम्मेदवार चयन गरेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM