२०८२ फाल्गुन २४ गते, आईतवार २२:३९

पीडित डाक्टरको बयान– शिक्षकको दबाबले विक्षिप्त थिएँ, आत्मसम्मान गुमेपछि औषधि खाएर ढलेँ

६ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्या प्रयास गर्नुको कारणमा चिकित्सकले निरन्तर दिएको मानसिक दबाब र गालीगलौज गरेको आवासीय चिकित्सकहरूको आरोप थियो ।

धुलिखेल अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई निलम्बन गर्दै आरोपित चिकित्सक र पीडित दुवै पक्षको १८ फागुनमा बयान लिएको थियो ।

बयानको आधारमा मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवरलाई किन कारबाही नगर्ने भन्दै मेडिकल काउन्सिलले स्पष्टीकरण साधेको हो ।

‘विद्यार्थीहरूले लगाएको आरोप, सत्य हो कि होइन भनेर पुनः एकपटक स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’ काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने, ‘उजुरी भएको आधारमा हेर्दा आंशिक दोषी देखिएको आधारमा किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका हौं ।’

ती सदस्यले थपे, ‘अनुसन्धानको क्रममा दुई चिकित्सक बढी केन्द्रित देखिएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं ।’

घटनापछि धुलिखेल अस्पतालमा आन्दोलनमा उत्रिएका आवासीय चिकित्सक

काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान लिएको थियो ।

ती सदस्यका अनुसार कारबाही लागि भने निर्णय भइसकेको छैन । उनीहरूले दिएको स्पष्टीकरणका आधारमा कस्तो कारबाही हुने भन्ने निर्णय हुने ती सदस्यले बताए ।

काउन्सिलले विभागमा कार्यरत चार चिकित्सकलाई काम नगर्न एक हप्ताको लागि निलम्बन गर्दै अनुसन्धान सुरु गरेको थियो ।

आवासीय चिकित्सकले निरन्तर दिएको दबाबका कारण पनि केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर उपकुलपतिलाई ५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो । तर हालसम्म पनि उक्त प्रतिवेदन सार्वजानिक भएको छैन ।

निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम-कारबाही गर्न नदिने जनाउँदै समितिले प्रतिवेदन पेस नगर्दाको अवधिसम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरूलाई शैक्षिक, चिकित्सकीय र एसोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने जनाएको छ ।

आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।

निरन्तर शिक्षकले आफूमाथि मानसिक यातना र गाली गलोज गरेकै कारण आत्महत्या प्रयास गर्न बाध्य भएको ती चिकित्सकले अनलाइनखबरसँग बताइन् ।

‘सानो गल्तीलाई पनि ठूलो बनाएर गाली गर्नुहुन्थ्यो । तिमीहरू यति पनि नजान्ने, तिमीहरू धर्तिको बोझ हौ लगायतका सुन्नै नसक्ने शब्द प्रयोग गर्नुहुन्थ्यो,’ ती चिकित्सकले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘४ फागुन गतेको घटनाले मलाई आत्महत्या गर्ने सोचमा पुर्‍यायो ।’

उनका अनुसार डा. अजय लगायतका अन्य चिकित्सकले बिरामीकै अगाडि फाइल फाल्दै प्रत्येक दिन गाली गरिरहन्थे । शिक्षकबाट हुने गरेको मानसिक तनाबकै कारण आफूमा डर पैदा भएको र त्यसले आफ्नो अध्ययनको गुणस्तर पनि खस्किएको उनले अनलाइनखबरसँग बताइन् ।

पीडित डाक्टर भन्छिन्- शिक्षकहरूको सधैंको हप्कीदप्कीले मेरो मन बेचैन हुन्थ्यो । फागुन ४ को घटनाले मलाई थप विक्षिप्त बनायो । र, आत्महत्याको सोच पलायो ।

‘बिहान उठेपछि वार्ड जानै मन लाग्दैनथ्यो । राउन्ड जाँदा कुन डाक्टरको गाली खाइने हो भने तनाव भइरहन्थ्यो,’ विगतका दिन सम्झिँदै उनले भनिन्, ‘राउन्डमा जाँदा हात-खुट्टा काम्थ्यो । जसका कारण मैले मानसिक रोगको औषधि समेत सेवन गर्नुपर्यो ।’

उनले आत्महत्याको गर्नुको पछाडि गत ४ गतेको घटनासँगै त्यसभन्दा अगाडिका शिक्षकबाट निरन्तर हुने गरेको मानसिक तनाव नै रहेको आरोप लगाइन् ।

‘दिउँसो ४ बजेतिर साँझ राउन्ड सकेर आत्महत्या गर्ने सोच आयो । निरन्तरको दबाबबाट छुटकारा पाउनका लागि मैले ३० वटा ट्याबलेट खाएँ,’ ती चिकित्सकले भनिन्, ‘औषधि खाएपछि छट्पटी सुरु हुन थाल्यो र साथीहरूलाई माफ गरिदेऊ भन्दै म्यासेज पठाएँ ।’

विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटकपटक दुर्व्यवहार भएको आवासीय चिकित्सकको भनाइ छ । अस्पतालको मानसिक रोग विभागमा ७ जना आवासीय चिकित्सक अध्ययन गर्छन् । एमडी पहिलो वर्ष ३ जना, दोस्रो र तेस्रो वर्ष २–२ जना अध्ययन गरिरहेका छन् ।

एक वर्षअघि पनि एक जना विद्यार्थीले दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थीबीचमै पढाइ छोडेका थिए ।

निरन्तर आत्महत्याको प्रयास हुन थालेपछि सहपाठीहरू विरोधमा उत्रिए र सत्यतथ्यको अनुसन्धानका गर्नका लागि केयूलाई दबाब दिए ।

तर, विद्यार्थीको उठाएको विषयमा अस्पताल र विश्वविद्यालयले वास्ता गरेन बरु उल्टै उनीहरूको आवाज दबाउन धम्कीको भाषा प्रयोग गर्‍यो । त्यसपछि भने कानुनी उपचार खोज्न नेपाल मेडिकल काउन्सिलमा उजुरी दिए ।

कसरी आत्महत्या गर्ने बाटोमा पुगिन् ?

एमडी पहिलो वर्षमा अध्ययन गर्ने ती चिकित्सकले आफू कसरी आत्महत्याको बाटोसम्म पुग्न बाध्य भएको सविस्तार बयान अनलाइनखबरसँग राखेकी छिन् । उनै चिकित्सककै भनाइ जस्ताको जस्तै उतारिएको छ:

मेरो नाम अस्मिता (नाम परिवर्तन) हो । एमबीबीएस अध्ययन गर्दा नै मलाई मानसिक विषय पढ्न रुचि थियो ।

सन् २०२१ मा एमबीबीएस युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाबाट गरेको हुँ । २०२२ विवाह भएसँगै छोरी जन्मिएकाले केही वर्ष पढाइलाई निरन्तरता दिन सकिनँ ।

मनोचिकित्सकले मनको कुरा बुझ्नपर्ने, निरन्तर काउन्सिल गनुपर्ने हुँदा बिरामीसँग नजिकको सम्बन्ध हुने हुँदा यस विषयमा अधिक रुचि थियो ।

रुचिको विषय पनि भएकाले मनोचिकित्सक विधामा राम्रो पढ्न सक्ने अपेक्षासहित एमडीको लागि नाम निकाल्दै धुलिखेल अस्पतालमा अध्ययनका लागि जोडिएँ ।

किनकि, धुलिखेल अस्पतालको मानसिक रोग विभाग एकदमै राम्रो भएको, राम्रा शिक्षक भएको गाइँगुइँ सुनेको थिएँ ।

गत वैशाखबाट अध्ययन पनि सुरु भयो । सुरुका दिनमा पढाइ राम्रो चलिरहेको थियो । सिनियर दाइ-दिदीलाई शिक्षक गालीगलोज गर्दा मनमा कताकता दुखेको जस्तो हुन्थ्यो । तर हामीलाई सुरु सुरुमा भने गालीगलोज भएन ।

पहिलो वर्षमा तीन जना अध्ययनरत छौं । सोधेको जवाफ हामीले दिँदा शिक्षकले सिनियर विद्यार्थीले पटकपटक गाली खाइरहेका हुन्थेँ । तिमीहरूलाई यति पनि आउँदैन, भर्खरै आएका जुनियरले जवाफ दिइसक्यो भनेर गाली गर्नुहुन्थ्यो । चार –पाँच महिना बितेपछि गालीगलोज हामीले पनि खान थाल्यौं ।

सधैं नै राउन्ड गर्दा वा ओपीडीमा बस्दाको गाली मात्रै वातावरण हुन्थ्यो । गाली पनि साधारण खालको हुँदैनथ्यो । केही कारणवश सानो गल्ती भयो भने पनि ठूलो बनाउँदै थर्काउनुहुन्थ्यो ।

‘तिमीहरू यति पनि जान्दैनौं । घर्तिको बोझ, बाआमालाई बोझ बनाएर किन पढ्न आएको’ भन्ने खालका शब्द पटकपटक प्रयोग हुन्थ्यो ।

कहिलेकाहीँ त सामान्य गल्ती हुँदा पनि बिरामी अगाडि फाइल फालिदिएको घटना छन् ।

दैनिक रुपमा गाली खान थालेपछि ममा डर पैदा भयो । बिहान उठेपछि वार्ड जान मन नलाग्ने, डाक्टरको गाली खाइने हो कि भनेर तनावले राउन्ड हुँदा हातखुट्टा काम्ने समस्या देखियो ।

डरकै कारण मेरो अध्ययनको गुणस्तर पनि खस्कँदै गयो । तर कुनै शिक्षकले के भयो भनेर सोध्नसमेत चाहनुभएन । तर अझ गालीगलोजको वातावरण बन्दै गयो । जसले गर्दा अध्ययनमा ठूलो असर पर्यो ।

एमबीबीएस सकिएपछि विवाह भयो । त्यसपछि छोरी जन्मिइन् । सानी छोरीलाई घरमा छोडेर आउनुपर्दा छोरीको याद आइरहन्थ्यो । सुरुवाती दिनमा शिक्षकसँग छोरीको याद बेलाबेलामा आइरहने र कहिलेकाहीँ गाह्रो समेत हुने गरेको बताएको थिएँ । तर शिक्षकले त्यही कुरालाई लिएर इमोसनल ब्ल्याकमेल गरेको आरोप पटकपटक लगाए । कहिलेकहीँ गोप्य रुपमा भनेको कुरालाई राउन्डमा सबैको अगाडि भनिदिने गरे ।

छोरीको याद र शिक्षकबाट हुने गालीगलोजले मलाई मानसिक रुपमा थप बिछिप्त बनाउँदै लग्यो । त्यसपछि विभागमा कार्यरत एक कन्सल्टेन्टसँग मानसिक रुपमा गाह्रो भएकाले कुनै औषधि सिफारिस गरिदन आग्रह गरेँ । तर औषधि नचाहिने बताएपछि म आफैंले औषधि खान थालेँ ।

१७ माघमा छोरीको जन्मदिन मनाउन दुई दिन बिदा लिएर घर गएकी थिएँ । बिदाको विषयलाई लिएर राउन्डमा सबै जनाको अगाडि नै इमोसनल ब्ल्याकमेल गरेर बिदा मागेको भन्दै डा. अजयले हकार्नुभयो । यो तिम्रो अन्तिम बिदा हो, अब तेस्रो वर्षसम्म एक दिन बिदा पाइँदैन भन्दै झपार्नुभयो ।

माघको अन्तिम साता हुनुपर्छ, बिरामीलाई डिस्चार्ज गर्ने विषयलाई डा. जयाले सहनै नसक्नेगरी गाली गर्नुभयो । बिरामीलाई भर्ना गरिएको ५ दिन भएको थियो । अझै दुई दिन राख्नुपर्ने भनेर मैले योजना बनाएकी थिएँ । त्यहीअनुरुप बिरामीका आफन्तलाई परामर्श पनि गरेँ । आफन्तले लैजान जिद्दी गरिरहेका थिए । ती बिरामीलाई डा. जयाले हेर्ने योजना बनाउनुभएको रहेछ ।

‘उहाँहरूले बिरामी लैजाने भनिराख्नुभएको छ, मैले दुई दिन राख्नुपर्ने भनिरहेको छु । हजुरले परामर्श गर्दा त्यही हिसाबले कुरा गरिदिनु’ भनेर अनुरोध गरेँ । किनकि, दुई जनाको कुरा फरक खालको नहोस् भन्ने मेरो धारणा थियो । तर त्यतिबेला डा. जयाले केही प्रतिक्रिया दिनुभएन । तर वार्डमा हामीहरूबीच भएको कुरालाई लिएर सिनियर डाक्टरलाई मैले सिकाउन खोजें भन्दै कुरा लगाउनुभएको रहेछ ।

गत ४ फागुनमा वार्डमा भएका बिरामीका आफन्तले डिस्चार्ज दिन पटकपटक अनुरोध गरेका थिए । भर्ना भएको १२ दिन पुगेको थियो । सबै हिसाबले हेर्दा बिरामीलाई पठाउन मिल्ने अवस्था थियो । तर मैले नै अझै दुई दिन अस्पताल बस्दा रामै हुने भन्दै बिरामीको आफन्तलाई परामर्श गरेको थिए । तर भोलिपल्ट भान्जाको विवाह हुने भएकाले ती व्यक्तिले पटकपटक डिस्चार्ज गर्न अनुरोध गरे ।

राउन्डमा डा. अजयलाई बिरामी बस्न नमानेको र डिस्चार्ज गर्दा पनि फरक नपर्ने हुँदा डिस्चार्जको तयारी गर्दा कस्तो होला भनेर सोधे । तर उहाँले रिसाउँदै भन्नुभयो, ‘तिमी केही पनि गर्न सक्देनौं । बिरामीलाई राख्नु सक्ने क्षमता पनि छैन । तिमीले त सिनियर डाक्टरलाई काम लगाउन पनि जानेको छौं ।’

वार्डमा नर्स, बिरामी र बिरामीको आफन्तको अगाडि डा. अजयले औंला देखाउँदै हकार्नुभयो ।

पुरानो घटनालाई कोट्याउँदै ठूलै गल्ती गरेको जसरी बेस्करी कराउँदै भन्नुभयो, ‘तिमीहरूले सक्दैनौ भने छोडेर गए हुन्छ । मनोचिकित्सक बन्न लायक छनौं, तिमीमा मानवीय संवेदना पनि छैन ।’

अन्य कुनै पनि विषयमा पढ्न नपाएर फालिएर मनोचिकित्सा विभागमा आएको हो । डाक्टर भन्न पनि लायक नभएको सुन्न नसकिने खालका शब्दले गाली गर्नुभयो ।

त्यो घटनाले के गल्ती गरेँ र यस्तो शब्द सुन्नुपर्यो भनेर दिमागमा त्यही कुरा खेलिरह्यो ।

बिरामीको अगाडि नै गाली गर्न थालेपछि मलाई निकै अपमान महसुस भयो । त्यसै दिन दिउँसो १ बजे खाना खाने समयमा आत्महत्याको सोच आयो । १ बजे रुममा गएँ । घरमा फोन गरेर रुँदै यस्तो वातावरणमा पढ्न नसक्ने, बरु घरै फर्किने बताएँ । तर बुबाआमाले हतारमा निर्णय नगर भन्दै सम्झाउने कोसिस गर्नुभयो ।

त्यतिबेला आत्महत्या गरौं भन्ने सोच मनमा आइरहेको थियो । रुममा औषधि मात्रै फेला पारेँ । तर त्यति औषधिले मर्न सम्भव थिएन । दुई बजे ड्युटी सुरु भइहाल्ने थियो ।

त्यस दिन घटना मनमा खेलिरहँदा वार्डमा जान मन नै थिएन । बिहान डिस्चार्ज गर्न लागेको बिरामीको प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । तर मलाई जान मन नै नलागेको कारण समकक्षीलाई डिस्चार्ज प्रक्रिया अगाडि बढाउन अनुरोध गरेँ । तर समकक्षीले डिस्चार्ज पेपर लिएर जाँदा डा. रियाले साइन गर्न नमानी उल्टै हप्काएर पठाउनुभएछ ।

२ बजे आकस्मिक कक्षबाट सिरियस केस आएको भन्दै फोन आयो । त्यसपछि म हतारहतार आकस्मिक कक्ष पुगेँ । त्यति नै बेला म्यामले साइन गर्न नमानेको र तिमीलाई नै बोलाएको समकक्षीले बताए ।

आकस्मिक कक्षमा सिरियस बिरामीलाई छोडेर म ओपीडी कक्ष पुगेँ । बिहानको घटनाले आत्महत्याको सोच विस्तारै हराएको थियो ।

तर, आकस्मिक कक्षमा जीवन र मरणको दोसाँधमा भएको बिरामीलाई हेर्न नपाउँदा मेरो मन कुँडियो र आत्महत्याको सोच झन् बलियो बन्यो ।

दिउँसो ४ बजेतिर राउन्ड सकेर ‘भोलि मेरो प्रिजेन्टेसन बनाउनु छ’ भन्दै कोठातिर लागेँ । निरन्तरको मानसिक यातनाले मलाई आत्महत्या गर्न सोच बलियो बनाउँदै लगेको थियो । कोठामा जानुअघि फार्मेसीबाट दुई पत्ता औषधि किनेँ । औषधि ३० ट्याबलेट थियो । रुममा अरु केही औषधि पनि बाँकी थियो ।

कोठा पुगेर मैले छिटोछिटो तीन–तीन वटा गर्दै ३० ट्याबलेट खाएँ । एउटा मनले आफूलाई केही भयो भने छोरीले दुःख पाउँछिन् भन्ने सोच पनि आइरहेको थियो ।

३० वटा ट्याब्लेट खाइसकेपछि बेडमा सुतेँ । त्यसपछि भने डर लाग्ने थाल्यो । बिस्तारै साइड इफेक्ट (पेट दुख्ने, वाकवाकी लाग्ने) हुन थाल्यो ।

छटपटी हुन थालेपछि साथीहरूलाई मोबाइलबाटै मेसेज लेखेँ, ‘मैले गर्दा तिमीहरूले पनि गाली खानुपर्‍यो । अब म अध्ययन गर्न छोडिदिन्छु, मलाई माफ गरिदेऊ ।’

किनकि, हामीहरूले पहिलो वर्षमा अध्ययन गर्दा कसैले पनि नछोड्न र छोड्नुपरेको खण्डमा सबैले अध्ययन गर्न छोड्ने कसमसमेत खाएका थियौं ।

त्यही म्यासेजले हुनुपर्छ, साथीहरूको मनमा केही भयो कि भन्ने परेछ । केहीबेरमा साथीहरू मेरो कोठामा आइपुगे । केही साथीले ढोका ढक्ढक्याइरहे । धेरै कर गरेपछि मैले ढोका खोलेँ । आफूले औषधि सेवन गरेको बताएपछि साथीहरूले हतारहतार आकस्मिक कक्षमा लगेर भर्ना गरे । पछि आईसीयूमा राखेरसमेत उपचार गरियो । अहिले ठिक छु । तर यो घटनाले मानसिक रुपमा निकै तनाव भइरहेको छ ।

अब हाम्रो माग भनेको विभागमा कार्यरत चिकित्सकलाई सधैंको लागि हटाएर अर्को शिक्षक नियुक्त गर्नुपर्छ भन्ने हो । यस्तो वातावरणमा हामी अध्ययन गर्न सक्दैनौं ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM