२०८२ फाल्गुन २४ गते, आईतवार २२:१९

टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग

५ चैत, काठमाडौं । गएराति काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरका डलरको ‘नेक्सस’ सुन कारोबारसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

सोमबार राति २५ करोड बराबरका डलर बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको हो । रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गेरर ल्याउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेत पनि यो रकमको साइनो सुन खरिदसँग जोडिएको हुनसक्ने आशंका गर्छन् । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । थप अनुसन्धान हुन बाँकी नै छ,’ एसएसपी बस्नेतले अनलाइखबरसँग भने ।

प्रहरीले भनेजस्तै डलर बोकेर केरुङतर्फ जाने व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयका एसएसपी सर्वेन्द्र खनाल थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरिएको थियो ।

गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएको सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि उक्त गाडीका चालक लामा नै थिए । अहिले फेरि उनै लामा गाडीमै फल्स बटम बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् ।

१३ पुस २०७३ मा कलंकीबाट पक्राउ परेको गाडी

त्यतिबेला पनि उनी गाडी चालकको रुपमा सुन बोकेर आएका थिए । राजस्व अनुसन्धान विभाग हरिहर भवनबाट मुद्दा चलाइएका उनी पाँच वर्ष जेल बसेर २०७८ मा छुटेका थिए ।

त्यसपछि फेरि केरुङ–काठमाडौं चल्ने मालबाहक गाडीको चालकको रुपमा उनी कार्यरत रहेको देखिएको एसएसपी बस्नेत बताउँछन् । ‘उनको विगत र अहिलेको काम गराई, बरामद अवैध डलरलगायतको विश्लेषण गर्दा यो रकमको साइनो सुनसँग देखिन्छ,’ बस्नेतले भने ।

चालक लामाले चीनको नाकासम्म उक्त ट्रक पुर्‍याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पुर्‍याउने गरेको दाबी प्रहरीको छ । फेरि यही शैलीमा उताबाट ट्रकमा सुन लिएर आउने र नाका कटाएपछि रसुवाबाट लामाले उक्त माल समेत लोड भएको ट्रक गन्तव्यसम्म पुर्‍याउने गरेको दाबी प्रहरीले गरेको छ ।

‘चालक भरिया, मालिक चिनियाँ’ रहेको आशंका

प्रहरीका अनुसार २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा भरिया मात्रै हुन् । आमाको नाममा रहेको ना ७ ख १६५२ नम्बरको ट्रक उनी चलाउँदै आएका थिए । काठमाडौंको गोकर्ण बस्दै आएका लामाले पनि उक्त रकमबारे आफू जानकार नरहेको प्रहरीसमक्ष दाबी गरेका छन् ।

लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेका छन् । ‘सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले रकम गाडीमै दिएका हुन् । त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ,’ चालक लामालाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा

चालकले प्रहरीलाई बताएअनुसार उक्त रकम सोमबार साँझ मात्रै दिइएको थियो । त्यसपछि उनले गाडीमा फल्स बटम बनाएर राखेको दाबी छ । तर आफूलाई सामान मात्रै भनेकाले डलर हो वा अरु केही हो भन्ने थाहा नभएको चालकले दाबी गरेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।

चालक लामाले दाबी गरेजस्तै उक्त रकमको मालिक चिनियाँ नागरिक रहेको आशंका प्रहरीको छ । ‘रकम चीन जाने र उताबाट सुन लिएर आउने भएपछि यसका मालिक पनि चिनियाँ हुनुपर्ने हाम्रो विश्लेषण हो,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

कहाँबाट आयो २५ करोड बढीको डलर ?

एकै पटक २५ करोड १९ लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरो बरामद भएका सम्भवत यो नै पहिलो भएको दाबी प्रहरी अधिकारीहरू गर्छन् । यति ठूलो रकम बरामद भए पनि यो रकम कहाँबाट आयो भन्नेबारे प्रहरी नै अनविज्ञ छ ।

पक्राउ परेका व्यक्तिले रकमबारे जानकारी नै नरहेको बताए पनि प्रहरी अधिकारीहरू यसको स्रोतबारे पनि अनविज्ञ छन् । ‘यत्रो डलर कहाँबाट आयो भन्नेमा हामी पनि चकित छौं । पक्राउ परेका मान्छेले डलरबारे जानकारी नभएको दाबी गर्छन्,’ एसएसपी बस्नेत भन्छन् ।

यसका मालिक पत्ता नलागेसम्म डलर कहाँबाट आयो भन्ने पत्ता लगाउन प्रहरीलाई पनि गाह्रो हुने देखिन्छ । जसकारण अबको अनुसन्धान भने डलरका मालिक खोजीमा केन्द्रीत हुने प्रहरीले दाबी गरेको छ ।

बरामद रकम

कसरी परे पक्राउ ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरलाई सोमबार राति एउटा सूचना आयो । २५ करोड अवैध रुपैयाँ भएको सूचना आएपछि तत्काल प्रहरी परिचालन भयो ।

उक्त सूचना पछ्याउँदै गएको प्रहरी टोलीले सोमबार राति १० बजेतिर टोखा नगरपालिका–२ झोरमा पूर्वसूचना अनुसार ना ७ ख १६५२ नम्बरको ट्रक फेला पार्‍यो ।

टोखाबाट त्रिशुली हुँदै केरुङतर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरीले रोक्यो । ट्रकमा चालक मात्रै थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई प्रहरीले नियन्त्रणमा लियो ।

लामालाई नियन्त्रणमा लिएर सामान्य सोधपुछ गर्नासाथ उनले ट्रकमा सामान रहेको तर आफूलाई के सामान हो भन्ने जानकारी नरहेको बताए ।

त्यसपछि लामालाई नै ट्रक चलाउन लगाएर चार प्रहरी ट्रकमै बसे । स्कर्टिङ गर्दै प्रहरीले उक्त ट्रक राति नै अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याइयो । चालक बस्ने सिटमाथिको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा र्‍याप गरिएका समान बरामद भए । खोलेर हेर्दा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ बराबरका यूरो र अमेरिकी डलर बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत बताउँछन् ।

ठूलो मात्रामा डलर बरामद भएपछि बैंकबाट मेशिन मगाएर प्रहरीले रकम गनेको थियो । राति हातले गने पनि बिहान भने मेसिन ल्याएर प्रहरीले रकम गनेको थियो ।

पक्राउ परेका लामालाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकेको छ । अब विभागले उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउने छ ।

उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चल्ने बताइएको छ ।

नगदसहित नियन्त्रणमा लिइएको ट्रक

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM