२०८२ मंसिर २० गते, शनिबार ००:१२

सुर्खेतमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन




सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (वीनपा) ले जिल्ला प्रशासन कार्यालय परिसरभित्र आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगारी सम्बन्धि सही सूचना प्रदान गर्ने उद्देश्यले आज वीरेन्द्रनगरका उप–प्रमुख नीलकण्ठ खनालले विधिवत् रुपमा सहायता कक्षको उद्घाटन गर्नुभयो । उहाँले वीनपाको आगामी बजेट निर्माण ताका टोल विकास तहसम्मै पुग्ने गरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित कार्यक्रमहरू निर्माण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले विदेश जाने लहरलाई रोक्न र रिटर्नीहरुका लागि समेत सरकारले विशेष प्याकेजमै कार्यक्रम ल्याउनुपर्ने देखिएको बताउनुभयो ।

यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले विदेशमा रगत पसिना बगाएर पठाएको रकम घरपरिवारले के, कसरी खर्च गरिरहेका छन् भन्ने बारेमा वित्तीय साक्षरताका कक्षा सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा आप्रवासी परामर्शकर्ता सीताकुमारी वलीले एक महिने प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म जम्मा ५ सय ५१ जनालाई आफूहरूले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी परामर्श दिएको बताउनुभयो । उहाँले कर्णाली उत्सवमा वैदेशिक रोजगार बोर्ड सचिवालय मार्फत स्टलबाट १ सय ९२ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको आप्रवासी परामर्श केन्द्रबाट ३ सय ५९ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM