२०८२ फाल्गुन २४ गते, आईतवार १७:०१

फर्जी परिचयपत्रको लफडाले राराब क्याम्पसको स्ववियु चुनाव अन्योल

४ चैत, जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा भोलि ‌मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । तर जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा भने फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योलमा छ ।

सोमबार दिउँसो ३ बजे जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कुनै चहलपहल थिएन । केही विद्यार्थी र विद्यालयका प्रोफेसर क्याम्पस प्राङ्गणमा थिए भने स्ववियु सभापति मनिष यादव एक विद्यार्थीको फारम भर्ने काममा समन्वय गर्दै थिए ।

सोमबार यस क्याम्पसमा चुनावका लागि गत फागुन १३ गते उपप्राध्यापक धीरेन्द्रकुमार यादव निर्वाचन अधिकृत रहेको १३ सदस्य निर्वाचन समिति गठन भएको छ । तर तोकिएको समयमा चनाव नहुने स्ववियु सभापति यादवले बताए ।

‘यहाँ त दल र मनोनयन नै दर्ता भएको छैन । मतदान त परको कुरा हो,’ उनले अनलाइनखबरलाई सुनाए ।

फागुन १९ गते दल दर्ताको समय तोकिएको थियो । तर १८ गते नै क्याम्पस प्रमुख बसन्तलाल कर्ण र निर्वाचन अधिकृतको कार्यालयमा गत फागुन १८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी छ । विभिन्न सात विद्यार्थी संगठनले कार्यालयमा लगाएको ताला अझैसम्म खुल्न सकेको छैन । अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले संयुक्त रुपमा ताला लगाएका छन् । ताला लाग्नुको कारण हो, चुनावको मुखमा क्याम्पसले बनाएको विद्यार्थीको फर्जी परिचयपत्र ।

स्ववियु सचिव करण साहका अनुसार गत फागुन १८ गते क्याम्पस बाहिर सडकमा एकजनासँग करिब २५ वटा फर्जी विद्यार्थीको परिचयपत्र फेला परेको थियो । त्यही दिन विद्यार्थी संगठनहरुले तीनसूत्रीय माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाइदिए ।

‘यहाँ त दल र मनोनयन नै दर्ता भएको छैन । मतदान त परको कुरा हो’- मनिष यादव, स्ववियु सभापति

‘क्याम्पस बाहिर सडकमा एकजनाको साथबाट विद्यार्थी नै नरहेका २५ जनाको फर्जी परिचयपत्र भेटियो । मलगायत तीनजनाले फेला पार्यौं,’ लोकतान्त्रिक विद्यार्थी संघबाट स्ववियु सचिव जितेका साहले भने ।

उनका अनुसार फेला पार्ने बेला जसपा नेपाल निकट जनता समाजवादी विद्यार्थी युनियनका क्याम्पस इकाई सभापति गौतम यादव र उपसभापति राजेश कर्ण थिए । त्यति मात्र होइन, क्याम्पस प्रमुखले विभिन्न शाखाहरुमा छड्के गर्दा दर्ता-चलानी शाखामा हुनुपर्ने स्ट्याम्प अन्य शाखामा फेला परेको विद्यार्थीहरुको दाबी छ ।

‘दर्ता-चलानीमा हुनुपर्ने स्ट्याम्प अन्य शाखाहरुमा फेला परेको छ । यसले फर्जी विद्यार्थीको परिचयपत्र बनाएर चुनावमा चलखेल हुने शंका छ,’ अखिल स्वतन्त्र विद्यार्थी युनियनका इकाई सभापति अजयसिंह कुशवाहाले भने ।

विद्यार्थी संगठनहरुले फर्जी परिचयपत्रबारे छानबिन हुनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने र डिजिटल कार्ड लागू हुनुपर्ने सहितको माग राखेका छन् ।

यस विषयमा क्याम्पस प्रमुख कर्णले तदारुकता नदेखाउँदा विवाद समाधान हुन नसकेर निर्वाचन अन्योल बनेको विद्यार्थी संगठनहरुको गुनासो छ । ‘क्याम्पस प्रमुखले यस विषयमा चासो लिएको भए समयमै विवाद समाधान हुन्थ्यो । तर उहाँले खासै चासो दिनुभएको छैन । त्यसकारण निर्वाचन प्रक्रिया अन्योल बनेको हो,’ अखिल क्रान्तिकारीका इकाई सभापति सुशान्त यादवले गुनासो गरे ।

जनकपुरको रामस्वरुप सामसागर बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष यादव, सचिव करण साह सहितका विद्यार्थी नेताहरु । तस्वीर : शैलेन्द्र महतो/अनलाइनखबर

क्याम्पस प्रमुखले फर्जी परिचयपत्र बाँड्ने, असम्बन्धित शाखामा भेटिएको स्ट्याम्प छाप राख्ने कर्मचारीलाई कारबाही गर्न नचाहेकाले विवाद समाधान हुन नसकेको जनमत विद्यार्थी संघ इकाई सभापति अजय दासले आरोप लगाए ।

स्ववियु सभापति मनिष यादवका अनुसार वर्तमान अवस्थामा पनि स्ववियु निर्वाचन गर्न नेपाल विद्यार्थी संगठन (नेविसंघ) र अनेरास्ववियु सहमत छन् । तर अन्य संगठन भने फर्जी कार्डबारे पत्ता लगाएर दोषीमाथि कारबाही र डिजिटल कार्ड बनाउनुपर्ने अडानमा छन् ।

तालाबन्दीको समयदेखि विद्यार्थी संगठनका स्ववियु इकाई सभापतिहरुसँग पाँच पटक क्याम्पसले छलफल गरिसकेको छ । तर छलफल विनानिष्कर्ष लाग्न नसकेको सभापति यादवको भनाइ छ ।

बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीको परिचयपत्रबारे ठूलो समस्या रहेकाले त्यसलाई खारेज गरी आफ्नै हस्ताक्षर भएको नयाँ परिचयपत्र जारी गर्ने प्रस्ताव राख्दा विद्यार्थी संगठनहरूले अस्वीकार गरेका छन् ।

अखिल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सभापति सुशान्त यादवका अनुसार चैत ७ गते फेरि त्रिपक्षीय वार्ताको समय तोकिएको छ ।

यता, क्याम्पस प्रमुख कर्णले निर्वाचन प्रक्रियामा उत्पन्न अन्योल आफ्नो कमजोरीका कारण नभएको दाबी गरे ।

‘विद्यार्थी संगठनहरूको माग सम्बोधन गर्न पाँच पटक बैठक गरिसकेका छौं । छलफल गर्न तयार छौं । तर हस्ताक्षर गर्न मान्दैनन् । यस्तो अवस्थामा क्याम्पस प्रमुख दोषी कसरी हुन सक्छ ? मैले सक्दो प्रयास गरिरहेको छु,’ उनले भने।

उनका अनुसार बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीको परिचयपत्रबारे ठूलो समस्या रहेकाले त्यसलाई खारेज गरी आफ्नै हस्ताक्षर भएको नयाँ परिचयपत्र जारी गर्ने प्रस्ताव राख्दा विद्यार्थी संगठनहरूले अस्वीकार गरेका छन् ।

‘उनीहरू डिजिटल परिचयपत्र लागू गर्नुपर्ने अडानमा छन् । त्यसका लागि समय र रकम दुवै चाहिन्छ । मतदाता नामावली जस्तै आईडी कार्ड बनाउन तस्वीर खिचाउन विद्यार्थीहरूलाई क्याम्पस आउनुपर्छ । जसका लागि कम्तीमा एक महिना लाग्छ र करिब १० लाख रुपैयाँ खर्च हुन्छ । यो तुरुन्त सम्भव छैन,’ उनले स्पष्ट पारे ।

बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीहरूको परिचयपत्रसम्बन्धी समस्या गम्भीर भएकाले छानबिन समिति गठन गर्न प्रस्ताव गरिएको तर विद्यार्थी संगठनहरूले सहमति नजनाएको उनको भनाइ छ ।

२०७९ मा भएको राराबको स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ सचिवबाहेक सबै नेविसंघले जितेको थियो । २१ सदस्य स्ववियु समितिमा नेविसंघबाट प्रत्यक्ष र समानुपातिक गरी सभापतिमा मनिष यादव लगायत १४ जना जितेका थिए । सचिवमा भने लोकतान्त्रिक विद्यार्थी संघको प्रत्यक्ष र समानुपाति गरी ४ सदस्य छन् । अखिल क्रान्तिकारीका दुई र जनमतका १ सदस्य छन् ।

राराब क्याम्पसमा उत्पन्न विवादका कारण त्रिभुवन विश्वविद्यालयले केही दिनअघि नै सूचना जारी गरी निर्वाचन स्थगित गर्ने सूचना जारी गरिसकेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM