२०८२ फाल्गुन २४ गते, आईतवार २२:५७

काभ्रेमा एसईई : २५ बढी सरकारी विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

४ चैत, काभ्रे । आगामी ७ चैतबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि काभ्रेपलाञ्चोकका सरकारी विद्यालयमा विद्यार्थीको प्रतिनिधित्व न्युन देखिएको छ ।

जिल्लाभर यसपटक नियमिततर्फ कुल ५७ सय ८९, ग्रेडवृद्धितर्फ ६ सय ९ र प्राविधिकतर्फ १९६ जना गरी कुल ६ हजार ३ सय ९१ जना विद्यार्थी सहभागी हुँदैछन् ।

१ सय ४९ सामुदायिक (सरकारी) र ६७ निजी विद्यालयले परीक्षामा सहभागी हुँदैछन् । यसमध्ये २५ वटा सरकारी विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

निजीतर्फ भने तीनवटा विद्यालयबाट १० भन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

कुन विद्यालयमा १० भन्दा कम विद्यार्थी ?

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेको तथ्यांक अनुसार, देउराली मावि–विर्ता देउरालीबाट ७, तेमाल मावि–तेमालबाट ८, वाग्देवी मावि–सल्लेभुम्लुबाट ८, सेतीदेवी मावि–चौवासबाट ८, चक्रेश्वर मावि–च्याम्राङवेशीबाट ८, भैरव मावि–च्याम्राङवेशीबाट ८, सेतीदेवी मावि–मेच्छेबाट ८, रत्नचुडेश्वम मावि –बनेपाबाट ६, दाप्चा मावि–दाप्चाबाट ६, कृष्ण मावि–दाप्चाबाट ९, काभ्रे बहिरा स्कुल–बनेपाबाट ९, जनकल्याण मावि–बुचाकोटबाट ९, कालिका मावि–चलालबाट ८, भूमिमाता मावि–तिप्चोकबाट ४, करथरी मावि–काभ्रेबाट ८, शारदा मावि–फँलाटेबाट ६, जनता मावि–कोलातीबाट ९, देवीस्थान मावि–देवीटारबाट ६ र भक्तेश्वर मावि–बनेपाबाट ९ जनाले परीक्षा दिँदैछन् ।

यस्तै भूमेस्थान मावि–देउरालीबाट ७, खाँडादेवी मावि–किल्पुबाट ७, सूर्योदय मावि–सानोवाङ्थलीबाट ८, अरनिको मावि–पोखरीचौरीबाट ८, बागदेवी मावि–माटेबाट ९ र भूमेस्थान मावि–लुर्पुङबाट ८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

निजीतर्फ १० भन्दा कम विद्यार्थीले सहभागीता जनाउनेमा नैमिशारण्य स्कुल–बनेपाबाट ४ र ज्ञानज्योती बोर्डिङबाट ४ जना रहेका छन् ।

त्यस्तै नियमिततर्फ फेमस इङ्गलिस बोर्डिङ स्कुल, सगुन विद्या मन्दिर खनालथोक र ज्ञानोदय इङ्गलिस बोर्डिङ स्कुलबाट शून्य विद्यार्थी सहभागी छन् । श्वेत बराह मावि–टुकुचाबाट १ जना विद्यार्थी गैर प्राविधिकतर्फ सहभागी हुँदैछन् ।

सबैभन्दा बढी कहाँ ?

काभ्रेमा सबैभन्दा बढी विद्यार्थीले एसईईमा सहभागीता जनाउनेमा नेपाल प्रहरी स्कुल रहेको छ । यहाँबाट १ सय ९५ जना विद्यार्थी परिक्षामा सहभागी हुँदैछन् । सरकारीमध्ये विद्याकुञ्ज अनौपचारिक माविबाट १ सय ६२, भालेश्वर माविबाट १ सय १६ जना र सञ्जीवनी मावि धुलिखेलबाट १ सय १३ जना, कुशादेवी माविबाट ७७ जना, आजाद मावि–बालुवाबाट ७१ जना, पार्वती मावि– ढुंखर्कबाट ६३ जना, जनक मावि –मेथिन्कोटबाट ५७ जना विद्यार्थी सहभागी हुँदैछन् ।

त्यस्तै नीजि विद्यालयह–मा बनेपाको बेलर इन्टरनेशनल स्कुलबाट ९९ जना, काभ्रे मावि–बनेपा बुडोलबाट ९८ जना र विद्या सागर स्कुलबाट ८० जना विद्यार्थी सहभागि हुँदैछन् ।

३४ परीक्षा केन्द्र

एसईई परीक्षका लागि जिल्लाभर ३४ परीक्षा केन्द्र तोकिएको छ । गत बर्ष ४० वटा परीक्षा केन्द्र रहेपनि विद्यार्थी संख्याका आधारमा यो पटक ६ वटा केन्द्र घटाएर ३४ कायम भएको शिक्षा समन्वय इकाई प्रमुख देवका ढकालले जानकारी दिइन् ।

काभ्रेमा सबैभन्दा बढी केन्द्र बनेपा र थोरै केन्द्र खानीखोला, तेमाल र बेथानचोकमा छ । शिक्षा समन्वय इकाईका अनुसार जिल्लाको बनेपा नगरमा ७ वटा, धुलिखेल र पनौतीमा ४/४, नमोबुद्ध र रोशी मा ३/३, पाँचखाल, महाभारत, मण्डनदेउपुर, चौरी र भुम्लुमा २/२ तथा बेथानचोक, खानीखोला र तेमालमा १/१ केन्द्र तोकिएको छ ।

परीक्षामा एक जना दृष्टिविहीन, एक जना कारगारमा रहेका कैदी परीक्षार्थी सहभागी हुँदैछन् ।

दृष्टिविहीन, सुस्त श्रवण, बहिरा, सुस्त मनस्थिती र अपांगता भएका परीक्षार्थीका लागि बढीमा एक घण्टा ३० मिनेटसम्म समय थप गर्न सकिने इकाई प्रमुख देवका ढकालले बताइन् ।

‘पूर्ण दृष्टिविहीन र पूर्ण रुपमा दुवै हात नचल्ने परीक्षार्थीका लागि सम्बन्धित विद्यालयको प्रअले कक्षा ९ मा अध्ययनरत विद्यार्थी सिफारिस गरी इकाईले फोटोसहित प्रमाणित गरेको अवस्थामा मात्रै सहयोगी लेखक राख्न पाइन्छ,’ ढकालले भनिन् ।

परीक्षाको तयारी पूरा

परीक्षाका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

तयारी पूरा भएसँगै मर्यादित र शान्तिपूर्ण बनाउनका लागि सरोकारवाला निकायबीच अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजित एसइई केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले शान्तिपूर्ण र मर्यादित बनाउनका लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले एसएलसीको समयमा जस्तो पछिल्ला एसइईमा गतिविधि नहुनुमा विद्यार्थीको संख्या कम हुनु र सचेतनाको वृद्धि भएको बताए ।

परीक्षाको अनुगमन गर्ने क्रममा बाहिरबाट हेर्दा शान्तिपूर्ण र राम्रो देखिएपनि नतिजा कमजोर आउँदा परीक्षाको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको बताए ।

‘पछिल्लो समय सामुदायिक विद्यालयमा नतिजा कमजोर हुँदै गएको गुनासो आइरहेको छ, त्यसको सुधारका लागि सबैले आफ्नो क्षेत्रबाट शिक्षाको स्तर सुधार गर्न लाग्नुपर्छ,’ गौतमले भने, ‘एसईईलाई शान्तिपूर्ण र मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थी सबैको भूमिका अहम हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एसइईलाई मर्यादित बनाउनका लागि अभिभावक, शिक्षक र बिद्यार्थीका साथै समाजको समेत उत्तिकै भूमिका हुने बताए । परीक्षा हलको वातावरणले पनि विद्यार्थीलाई पढ्ने कि नपढ्ने भन्ने विषयको निर्धारण गर्ने उनको भनाइ छ ।

‘परीक्षामा कडाइ भएको छ भने विद्यार्थीले भोलिपल्टका परीक्षाका लागि पढेर राम्रो तयारी गर्छन् भने परीक्षा खुकुलो भएको खण्डमा परीक्षामा कडाइ छैन किन दुःख गर्नु भनेर नपढ्ने अवस्था हुन्छ,’ ढकालले भने ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले एसइईका लागि जुनियर प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी परिचालन गरिने बताइन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM