२०८२ चैत्र १ गते, आईतवार १०:२२

मेरा बराजुको त्यो महँगो विवाह

बेला–बेलामा इतिहासकार दिनेशराज पन्तको धुम्बाराहीस्थित घरमा पुग्थें, एउटा सञ्चारकर्मीको नाताले । रिपोर्टिङको लागि कुनै एक निश्चित इतिहासका विषयमा जिज्ञासा लिएर पन्तकहाँ पुग्दा दाउ पारेर उनको निजी पुस्तकालयतिर पनि आँखा घुमाउँथें । त्यही क्रममा उनको पुस्तकालयमा थुप्रै पुराना कागजपत्रहरूको सङ्ग्रह देख्ने अवसर पाएँ ।

‘यति धेरै कागजपत्रहरू तपाईंकहाँ कसरी जम्मा हुन सम्भव भएको हो गुरु ?’ उनीसमक्ष एक दिन जिज्ञासा राखें । उनले भने, ‘यीमध्ये कतिपय हाम्रा पुर्खाहरूले जोहो गरेर राखिदिएका हुन्, कतिपय भने हामीले मिहिनेत गरेर खोजी सङ्ग्रह गरेका हौं ।’

इतिहासकार पन्तको सामीप्यताको प्रेरणा भने मैले नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति वैरागी काइँलाबाट पाएको हुँ । एक दिन धुम्बाराहीकै काइँला निवासमा पुग्दा उनले भने, ‘हाम्रा मान्छेहरू (आदिवासी जनजातिहरू) खालि गाली गर्ने मात्रै देखिए । इतिहास पढ्नु, खोज्नु र लेख्न सिक्नु नि ! यसको लागि मेरै छिमेकी संशोधन मण्डलकहाँ जाँदा पनि हुन्छ ।’

काइँलाको यो सुझाव मेरो लागि गुरुमन्त्र हुन पुग्यो । त्यसपछि यो वा त्यो विषयको बहाना बनाउँदै एक सञ्चारकर्मीको नाताले धुम्बाराहीस्थित पन्तको निवास धाउन थालें । इतिहास सिक्नु थियो मलाई । पन्तको निवासबाट फर्कंदा यस्तो लाग्थ्यो, आहा ! मेरा पितापुर्खाहरूले सङ्ग्रह गरेर राखिदिएका ऐतिहासिक महत्त्वका कागजपत्रहरू भेट्न पाए कस्तो हुन्थ्यो होला ?

आफ्नै बुवा नयराज पन्तले खोलेको गुरुकुलीय पद्धतिबाट दीक्षित भएर इतिहासको खोजी लेखनमा विद्वान् कहलिएका पन्तसमक्ष एकदिन जिज्ञासाकै क्रममा म बालसुलभ रूपमा प्रस्तुत भएँ, ‘हजुरहरूलाई बुवाले कसरी पढाउनुहुन्थ्यो गुरु ?’

नयराजले आफ्नै पाठ्यक्रम बनाएका थिए । त्यही पाठ्यक्रम पढ्ने र घोक्ने गरिरहेका पन्त चाहिं सकेसम्म कसैले प्रकाशमा नल्याएको पुराना ऐतिहासिक कागजपत्रको खोजी र प्रकाशनतिर हतारिइरहेको चाल पाएपछि एक दिन नयराजले छोरालाई सम्झाएछन्, ‘तँ अहिले कागजपत्र खोज्नेतिर उति धेरै ध्यान नलगा । कागजपत्रहरू नै पाइस् भने त्यसलाई कसरी प्रस्तुत गर्छस् ? त्यसैले लेख्ने विधिका बारेमा ध्यान दे । कागजपत्र त जति पनि पाइन्छन्, हामीसँग पनि प्रशस्तै छन् । पहिले लेख्ने प्रस्तुत गर्ने विधि सिक् ।’ ओहो, यस्तो विधि कसरी सिक्ने होला ?

एउटा अक्कल आयो, इतिहास लेखन विधिका लागि संशोधन मण्डलका प्रकाशनहरू पढ्ने । त्यसपछि संशोधन मण्डलको प्रकाशन इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’ का पुराना अङ्कहरू सकेसम्मको जोहो गर्दै पढ्न थालें । यो पत्रिकालाई इतिहास अभ्यासमा मैले आफ्नो गुरुकुल सम्झेको छु ।

म जन्मेको, हुर्केको धनकुटा नगरमा । लाहुरे बुवाको पेन्सनपछि अर्को जागिर धनकुटामा भएपछि हाम्रो परिवारको जरोकिलो ताप्लेजुङको हाङपाङबाट धनकुटा सर्‍यो । हाम्रो पैतृक थातथलो भने ताप्लेजुङको आठराई थुम अन्तर्गत पर्ने हाङपाङ हो । तर बुवाले हाङपाङबाट केही पुराना कागजपत्रहरू धनकुटा ल्याएका थिए भन्ने सङ्केतहरू भने बाल्यकालमै पाएको थिएँ ।

म १४ वर्षको हुँदा पितृवात्सल्यबाट विमुख हुनुपर्‍यो । बुवा जीवित हुँदा उनीसित हाङपाङनिवासी क्याप्टेन खड्गेन्द्रसिंह आङबुहाङको ठूलो घनिष्ठता थियो । दुवै दोस्रो विश्वयुद्ध लडेका लाहुरे । तर क्याप्टेन आङबुहाङमा अर्को विशिष्ट प्रतिभा पनि थियो । राजनीति, मुन्धुम, इतिहासको खोजी आदिमा उनको विशेष अनुराग थियो ।

उनी २०३८ सालमा ताप्लेजुङ जिल्ला पञ्चायतको उपसभापति पनि चुनिएका थिए । त्यसबेला पूर्वाञ्चलको सदरमुकाम भएकोले उनी बारम्बार धनकुटा आउँथे । उनको बास हाम्रै घरमा हुन्थ्यो । उनैले हामी मावोहाङ यक्सोहरूको वंशावलीको प्रारम्भिक रूपरेखा पनि तयार पारिदिएका हुन् ।

पछि यक्सो वंशावली लक्ष्मीप्रसाद र काजीमान यक्सोले विस्तार गरी २०७३ सालमा प्रकाशनमा ल्याए । त्यसअघि अधिवक्ता तेजबहादुर यक्सोले पनि वंशावलीको खोजी र लेखन गरी एकसरो पाण्डुलिपि तयार पारेका थिए । उनले तयार पारेको वंशावली भने प्रकाशन हुन सकेन ।

क्याप्टेन खड्गेन्द्रसिंह आङबुहाङले तयार पारेको वंशावलीको पाण्डुलिपिमा मेरा बुवाको नाम उल्लेख गर्दै ‘धनकुटानिवासी कप्तान आशबहादुर यक्सोसँग रहेको पुरानो वंशावलीको आधारमा तयार पारिएको’ भन्ने उल्लेख गरेकाले हाम्रो घरमा पनि पुराना र महत्त्वपूर्ण कागजपत्रहरू छन् भन्ने अनुमान गरेको थिएँ ।

अनौपचारिक रूपमा इतिहासकार दिनेशराज पन्तलाई गुरु थापेर इतिहास सिक्दै गरेको बेला धनकुटाको घरमा रहेका कागजपत्रहरू झिकाएर खोतल्न, केलाउन र कनिकुथी भए पनि पढ्ने रहरले मनमा उत्पात मच्चाउन थालिहाल्यो ।

पछि आमाको हातबाट तीन पोका पुराना कागजपत्रहरू हात पर्दा पैतृक गाडधन पाए जस्तै महसुस भयो । सातपुस्ता अघिका एक सयभन्दा बढी इतिहास बोल्ने कागजपत्रहरू हाम्रो घरमा सुरक्षित रहेछन् । दुई सय वर्षभन्दा अघि तयार पारिएको हाम्रो वंशावली पनि सुरक्षित रहेछ ।

पछि इतिहासकार भगिराज इङ्नामले हाङपाङ पुगी सङ्कलन गरेको डेढ सय जति ऐतिहासिक कागजपत्र आफ्नो हातमा आइपुग्दा इतिहासको अध्ययन र खोजीमा मेरा पाइलाहरू उत्साहले उचालिएका छन् । आफूसँग भएका पैतृक कागजपत्रमध्ये सांस्कृतिक इतिहास परिशीलनमा महत्त्वपूर्ण रहेको आजभन्दा १५० वर्ष पुरानो कागजको बारेमा यहाँ चर्चा गर्न लागेको छु ।

लिम्बूको विवाहमा सोतरीत

यहाँ चर्चा गर्न लागिएको कागज मेरा बराजु भगिवन्तको विवाहमा लिम्बू परम्परा अनुसार सोतरीत तिरेको कागज हो । यसमा विभिन्न शीर्षकमा बेहुली पक्षलाई सोतरीत तिरिएको विवरण उल्लेख छ ।

विवाह भन्नासाथ बेहुला जन्तीका साथ बेहुलीको घरमा पुगेको अनि बेहुली अन्माएर बेहुलाको घरमा ल्याइएको दृश्य कल्पना गर्न थाल्छौं । तर लिम्बूहरूको विवाह संस्कार यसको ठीक विपरीत छ ।

लिम्बूहरूको विवाहमा बेहुला आफ्नो घरबाट बेहुली लिन जाँदा एक जना पाका अभिभावक र एक जना सहयोगीका साथ बेहुलीको घरमा पुग्छ । त्यसपछि बेहुलाले बेहुली लिएर आउँदा बेहुलीका साथ लोकन्ती (महिला) हरू प्रशस्तै आउँछन् ।

बेहुलाको घरमा भव्यतापूर्वक विवाह भई बेहुली घर भित्रिन्छिन् । भव्य भोज चल्छ । धाननाच, च्याब्रुङ नाचले विवाह घर गुञ्जिन्छ । त्यसपछि मात्र बेहुला आफ्नी बेहुलीका साथ ससुराली पुग्छ । बेहुलीको घरमा सामान्य भोज चल्छ । विवाहको भव्यता चाहिं बेहुलाकै घरमा बढी देखिन्छ ।

विवाह भन्नेबित्तिकै बेहुली पक्षले बेहुला पक्षलाई दाइजो दिने चलनको दृश्य हाम्रो आँखामा देखा पर्छ । तर लिम्बूको विवाह ठीक उल्टो छ । लिम्बूको विवाहमा त बेहुला पक्षले बेहुली पक्षले मागेजति सोतरीत तिर्नुपर्छ । यसमा नगद र सुनचाँदीका गहना हुन्छन् । यसैलाई भनिन्छ, सोतरीत ।

वैरागी काइँलाले ‘समन्वेषण’ (२०७५ः१३१–३२) मा उल्लेख गरे अनुसार आफूले १० महिना गर्भमा बोकेर जन्माई हुर्काएको, बढाएको सन्तान अरूलाई दिनुपर्दा सोको क्षतिपूर्तिका रूपमा तथा मुटुको टुक्रा जस्ती छोरीले पराइका घरमा गई काम गर्नुपर्ने भएकोले पनि सोतरीत लिइएको भन्ने मान्यता पाइन्छ । केटा पक्षले बुझाउनुपर्ने सोतरीत समग्रमा निकै धेरै हुन जान्छ, जसबाट आर्थिक भार ठूलो पर्ने पनि हुन्छ ।

तर दुलहीको भविष्यको सुरक्षाका हिसाबले सोतरीतको चलन राम्रै देखिन्छ । यसलाई विवाह जीवन बीमाको प्राचीन प्रचलनको रूपमा लिन सकिन्छ । लोग्नेले सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहनामा पाएको सुन–चाँदी र नगद तथा वस्तुले उनलाई बाँकी जीवन धान्न सहारा दिन्छ (काइँला, २०७५ : १३२) ।

यताबाट हेर्दा सोतरीतको सकारात्मक पक्ष पनि रहेछ भन्ने थाहा हुन्छ ।

डेढ सय वर्षअघिको सोतरीत

मेरा बराजु भगिवन्तले १९३२ सालमा विवाह गर्दा सोतरीत वापत ९३ रुपैयाँ १२ आना आफ्ना ससुराली पक्षलाई तिरेका रहेछन् । कागजको शुरुमा यस्तो लेखिएको छ :

स्वश्ति श्री संवत् १९३२ साल मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ् बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरीत तिर्‍याको पही ।
यसलाई यसरी सरलीकरण गर्न सकिन्छ :

स्वस्तिश्री संवत् १९३२ साल मिति वैशाख सुदी १४ मंगलवार मेवाखोला जिनुपुं बस्ने सुब्बा शुभमानकी छोरी शुभहाङ्मा भन्ने केटी आठराई हाङपाङ निवासी भगिवन्त लिम्बूले श्रीमती बनाई विवाह गरी दश लिम्बूको रीतमा रहेर सोतरीत तिरेको बही ।

विभिन्न २५ शीर्षकमा बेहुला पक्षले बेहुली पक्षलाई रीत तिर्दा ९३ रुपैयाँ १२ आना तिरेको देखिन्छ । लिम्बू जातिमा बेहुला पक्षले कस–कसका नाममा रीतवापत रकम तिर्नुपर्ने रहेछ भन्ने पनि कागजले स्पष्ट पार्छ ।

यसमा कल्या (दुलही मगनीको सूत्रधार) बराजु, बज्यै, बाबु, सासू, फुपू, कान्छा बाबु, महिला बाबु, कान्छी आमा सैमुन्द्री आदिका शीर्षकमा रीत तिरिएको छ । तीमध्ये सबैभन्दा धेरै योयांपा (योक याङ) शीर्षकमा २५ रुपैयाँ रीत तिरिएको छ ।
यति धेरै रकम तिर्नुपर्ने योयांपा (योक याङ) रीत चाहिं के हो त ? लन्डनमा पुगी ब्रायन हज्सनका पाण्डुलिपिहरू अध्ययन गरी फर्केका काइँला (२०७५ : १२७-२८) ले उल्लेख गरे अनुसार हज्सन पाण्डुलिपि (भोल्यूम ८५, पृ.४८) मा पाइएको एक पुरानो लिखतमा सोही रीतवापत ४० रुपैयाँ तिरिएको पाइएको छ ।

‘योक याङ लिगिप’ शीर्षकको यो रीत बेहुली पक्षलाई कमारा दिन नसक्दा तिर्नुपर्ने दाम दस्तुर भएकोले त्यसबेला कमारा वा दास बुझाउन नसक्दा त्यसबापत रकम बुझाउनुपर्ने चलन रहेको थियो भन्ने काइँलाले अर्थ लगाएका छन् ।
विवाहमा रीत तिर्दा सकेको तत्कालै तिरिने र तत्कालै तिर्न नसकेको रकम बाँकी राख्ने चलन पनि रहेको कागजबाट स्पष्ट हुन्छ । मेरा बराजु भगिवन्तले सोतरीत तिरेको कागजमा आठवटा शीर्षकमा ४७ रुपैयाँ आठ आना भने तत्कालै तिर्न नसकी बाँकी राखेको देखिन्छ ।

सुवांगी रवाफ

कुनै समय सोतरीतमा कतिसम्म रकम तिर्नुपर्छ भन्नेबारे सरकारले सीमा पनि तोकिदिएको थियो । गीर्वाणयुद्ध वीरविक्रम शाहको राज्यकालमा वि.सं. १८६० जेठ वदी ९ रोज २ मा चैनपुर अम्बलभरका लिम्बू र याक्खाहरूका लागि यस सम्बन्धी रुक्का जारी गरिएको थियो

गाउँको किपट जमिनदारी लिएर सुवांगी चलाउने लिम्बूहरूले विवाह आदि शुभकार्यमा रवाफिलो व्यवहार गरेर आफ्नो इज्जत धान्नुपर्ने बाध्यता थियो । मेवाखोलामा सुवांगी प्राप्त व्यक्तिको छोरी विवाह गरेका भगिवन्त आफैं पनि हाङपाङका सुब्बाका सन्तान हुन् ।

उनका बराजु श्रीदेउ आफ्नो समयमा पुरानो विरासतयुक्त सुब्बा थिए । श्रीदेउ लगायत आठराईका लिम्बू सुब्बाहरू सर्वजित, मुलुकसिंह र सैगञ्जलाई तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले वि.सं. १८७१ चैत वदी ६ रोज ३ मा प्रदान गरेको सुवांगीको रुक्का इतिहासकार भगिराज इङ्नामले ‘लिम्बूवानको अभिलेख सङ्ग्रह’ (२०८१ः३३४–३५) मा प्रकाशित गरेका छन् ।

रुक्कामा ‘…हिजो हिन्दुपति मकवानीका पालाका मोहर बमोजिम आज हामिले पनि भाइ विरादार स्मेत दस् लिम्वुका सर्ह शुवांगी थामि बक्स्यौँ’ भन्ने उल्लेख भएकोले उनीहरूको सुवांगी सेन कालदेखि नै निरन्तर रहँदै आएको थियो भन्ने बुझिन्छ ।

भगिवन्तका बाजे श्रीवाज पनि आफ्नो समयमा सुब्बा थिए । उनको सुवांगीको ऐतिहासिक कागजहरू मसँग सुरक्षित छन् । तर उनका तीन भाइ छोरामध्ये माहिला अदलबाजतिर सुवांगी सरेको देखिन्छ । भगिवन्त भने जेठा फौदलका एक मात्र छोरा हुन् । फौदलको सक्रियता देखिएको कागज नपाइएकोले उनको अल्पायुमै देहान्त भएको थियो कि भन्ने अनुमान हुन्छ ।

विवाह गर्दा भविवन्त कति वर्षका थिए ? रीत तिरेको कागजमा उनको उमेर खुलेको छैन । उनकी दुलही शुभहाङ्माको पनि उमेर उल्लेख छैन, त्यो कागजमा ।

तर भगिवन्त जन्मेको साल पत्ता लाग्ने एक अर्को कागज भेटिएको छ । हाङपाङका अर्का सुब्बा मंकहाङ लिम्बूसँग उनको मुद्दा परेको र भागबन्डा मिलाइएको उक्त कागज वि.सं. १९६६ कात्तिक २४ गते मंगलवार लेखिएको हो ।

भगिध्वज लिम्बू, धर्मराज लिम्बू र सुब्बा जसबहादुर लिम्बू साक्षी रहेका उक्त कागजमा भगिवन्तको उमेर ४१ वर्ष उल्लेख छ । यस अनुसार भगिवन्त १९२५ सालमा जन्मेको पुष्टि हुन्छ । यसअनुसार आफ्नो त्यो तामझामका साथ विवाह हुँदा भगिवन्त केवल ७ वर्षका थिए । उनको बालविवाह भएको रहेछ ।

उनको विवाहको सात महिनापछि अर्थात् १९३२ साल मंसिर सुदि ११ बिहीवार उनलाई उनका काकाहरू अदलबाज र चतुरध्वजले उनको भागको पैतृक सम्पत्ति सुम्पिएका थिए । यस बन्डापत्रमा पनि भगिवन्तका बुबा फौदलको उपस्थिति नदेखिदा उनको विवाहमा उनका पैतृक अभिभावकको भूमिका उनका काकाहरूले खेलिदिएका थिए भन्ने स्पष्ट हुन्छ ।

१९४२ सालमा भगिवन्त सम्बन्धी एउटा कागज पाइएको छ । भगिवन्तको छोराको मृत्यु हुँदा बर्खान्तको समयमा लिम्बूहरूको परम्परा अनुसार नातेदार तथा छरछिमेकले सघाउनी दिएको कागजमा उल्लेख छ । यसबाट हेर्दा उनी विवाह गरेको १० वर्षपछि १७ वर्षको उमेरमा बाबु भएको देखिन्छ । तर उनको पहिलो सन्तानलाई उनीहरूले लामो समय जीवित देख्न भने पाएनछन् । उनका अर्का एक मात्र छोरा सिंहबहादुरको नाति हुँ म ।

सरकारी नीतिको अवज्ञा

कुनै समय सोतरीतमा कतिसम्म रकम तिर्नुपर्छ भन्नेबारे सरकारले सीमा पनि तोकिदिएको थियो । गीर्वाणयुद्ध वीरविक्रम शाहको राज्यकालमा वि.सं. १८६० जेठ वदी ९ रोज २ मा चैनपुर अम्बलभरका लिम्बू र याक्खाहरूका लागि यस सम्बन्धी रुक्का जारी गरिएको थियो ।

इतिहासकार भगिराज इङ्नामले ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ (२०७७ः३०८–९) यो रुक्का प्रकाशित गरेका छन् । रुक्कामा छोरीको सोतवापत ५० रुपैयाँ भन्दा बढी नखानू, १६ आना हिसाब गरी नगद जिन्सी जे हुन्छ, त्यो लिनू, सोतमा कमाराकमारी नलिनू भन्ने आदेश जारी गरिएको छ ।

तर सोतरीतमा ५० रुपैयाँको सीमा निर्धारण गरी रुक्का जारी गरेको ७२ वर्षपछि भगिवन्तले ९३ रुपैयाँ १२ आना सोतरीत तिरेको देखियो । यो सरकारी आदेशको ठाडै अवज्ञा थियो ।

छोरीको सोतरीत खान नहुने संहिता महागुरु फाल्गुनन्दले बनाएका थिए । उनले वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको लेब्रेकुटीमा १७ थुम, १० लिम्बूवानका सुब्बा, अमाली, पान तुम्याङ (जान्ने बुझ्ने पञ्च) को चुम्लुङ सभा गरी लिम्बू समाजमा सुधारका लागि सातबुँदे सत्यधर्म मुचुल्का गराए । ती सात बुँदामध्ये पहिलो नम्बरमा ‘छोरी–चेलीको सोतरीत (सुनौली रुपौली) नखानू नलिनू’ भन्ने उल्लेख छ ।

आजभोलि भने लिम्बूहरूको विवाहमा त्यति महँगो सोतरीत लिने–दिने गरेको पाइँदैन । यसको चलन साङ्केतिक रूपमा मात्रै देख्न पाइन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM