२०८२ माघ १७ गते, शनिबार ०२:५४

संसद्‍को लेखा समितिको बैठक बोलाउन माओवादीको माग

फाइल तस्वीर


२९ फागुन, काठमाडौं । विपक्षी दलहरूले संसद्‍को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् ।

छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।

‘मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न भनेको छु । विपक्षी दलहरू बैठक राख्न भनिरहेका छन् तर, सभापतिले बैठक बोलाउनु भएको छैन,’ माओवादी सांसद लेखनाथ दाहालले अनलाइनखबरसँग भने ।

दाहालका अनुसार उनले पोखरा र भैरहवा विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल राख्न माग गरेका छन् ।

लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको अनियमितताबारे दुई वटा छुट्टाछुट्टै उपसमिति बनाएर अध्ययन गरिरहेको छ । गत असारमा गठित उपसमितिलाई अध्ययन, अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।

उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनको नेतृत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिमा सांसदहरू अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव, रुक्मणि राना र लेखनाथ दाहाल सदस्य छन् ।

उपसमितिले स्थलगत अनुगमन र केही कागजातहरूको अध्ययन गरिसकेको छ ।

यसका अलावा अन्य धेरै विषय रहेको बताउँछन् माओवादी सांसद दाहाल । ‘डेडिकेटेड–ट्रंक लाइनको विषय छ । हामीले बक्यौता उठाउन दिर्नेशन दिनुपर्ने छ,’ उनले भने ।

समितिमा रहेका उजुरीउपर समेत छलफल आवश्यक रहेको उनले बताए । लेखा समितिको सचिवालयका अनुसार समितिमा १०० भन्दा धेरै उजुरी रहेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM