२७ फागुन, काठमाडौं । नेपाल राष्ट्रबैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्यांकले नेपालको अर्थतन्त्रका केही प्रवृत्तिहरूलाई चित्रण गरेको छ ।
कोभिड–१९ पछि कमजोर बनेका विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलनलगायत तथ्यांकहरू अत्यन्तै सुदृढ भएका छन् ।
सोयाबिन तेलका कारण मुलुकको निर्यात पनि गत आर्थिक वर्षको तुलनामा ४६ प्रतिशतले बढेको छ ।
मूल्यवृद्धि र ब्याजदरसम्बन्धी तथ्यांकहरू पनि सकारात्मक छन् । तर, अझै पनि आयात, मुद्राप्रदाय, निजी क्षेत्रतर्फको कर्जाको विस्तारलगायत तथ्यांक भने कमजोर नै देखिन्छन् ।
हामीले अर्थतन्त्रको चित्र देखाउने १० वटा ग्राफहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।
१. मूल्यवृद्धि नियन्त्रणमै छ
२. निर्यातमा उत्साह
३. आयातमा सामान्य वृद्धि
४. सुदृढ शोधानान्तर बचत
५. रेमिट्यान्स वृद्धि निरन्तर
६. दुई वर्षदेखि लगातार बढ्दै विदेशी विनिमय सञ्चिति
७. बढ्दो वैदेशिक भ्रमण र अध्ययन खर्च
८. न्यून प्रत्यक्ष वैदेशीक लगानी
९. ब्याजदर निरन्तर घट्दै
१०. बढेन निजी क्षेत्रमा कर्जाको माग