२०८२ असार २६ गते, बिहीबार २२:५७

नागढुंगाबाट लागूऔषधसहित एक जना पक्राउ

प्रतीकात्मक तस्वीर


२६ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी घर भएका ३८ वर्षीय साहबुदिन मन्सुरी रहेका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०१-००६ ख ४८१७ नम्बरको बसमा सोमबार जाँच गर्दा उनको साथबाट करिब १ सय ७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको टोलीले मन्सुरीलाई नियन्त्रणमा लिएको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM