२०८२ मंसिर २१ गते, आईतवार २१:२५

अमेरिका बसेर नेपालमा जुवा खेलाउँथे आइटी इन्जिनियर जिसी, छुट्टीमा आउँदा समातिए

२५ फागुन, पोखरा । १० वर्षदेखि अमेरिका बस्दै आएका पर्वतका रुपेन्द्र जिसी एक महिनाअगाडि मात्र छुट्टीमा नेपाल आएका थिए । पेशाले आइटी इन्जिनियर जिसीले अमेरिकामै विद्यावारिधी गरिरहेका थिए । २३ फागुनमा प्रहरीले पक्राउ गर्दा आफन्तहरू नै चकित पर्ने विषय सार्वजनिक भयो ।

अमेरिकामा बसेर नेपालमा अवैध मानिने अनलाइन जुवा/सट्टेबाजी खेलाउने तथा क्रिप्टोकरेन्सी कारोबार गराउने अभियोगले छुट्टीमा आएका जिसीलाई प्रहरीले पक्राउ गरेको हो । आफन्तको सञ्जाल बनाएर जिसीले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेका थिए ।

केही दिनअगाडि प्रहरीलाई क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचना प्राप्त गरेको थियो । अमेरिकाबाट जिसीले पोखरा–१४ चाउथेमा रहेको आफ्नै घरमा कार्यालय बनाएर अनलाइन जुवा खेलाउने काम गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा शंकास्पद देखेपछि २३ फागुनमा प्रहरीले घरमा छापा मार्‍यो । सोही क्रममा क्रिप्टोकरेन्सी कारोबार भएको प्रहरीले पत्ता लगायो । भोलिपल्टै जिसीसहित ५ जनालाई पक्राउ गरेको हो ।

जिसीको नेतृत्वमा अहिलेसम्म ३० करोड रुपैयाँ अनलाइन जुवाका नाममा कारोबार भइसकेको प्रहरीको भनाइ थियो । विभिन्न मोबाइल फोन प्रयोग गरेर चाउथेको घरबाटै कारोबार गर्ने प्रमाणसहित उपकरणहरूसमेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले ३१ थान मोबाइल फोन, ४ थान ल्यापटप, ३ थान कम्युटर, पेनड्राइभ, हार्डडिक्ससहित विभिन्न उपकरण बरामद गरेको छ । जिसीको नेतृत्वमा अनलाइन जुवा खेलाउने तथा क्रिप्टोकरेन्सी कारोबार गर्ने गरेको आरोपमा अन्य ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरामा फेन्सी पसल गर्ने जिसीकै फूपूका छोरा ३३ वर्षीय विक्रम बानियाँ, २२ वर्षीय सज्जन घिमिरे, सानी आमाका छोरा १९ वर्षीय रोजन केसी, बहिनी ज्वाइँ २८ वर्षीय सन्दीप कटुवाललाई पनि प्रहरीले पक्राउ गरेको हो । अनलाइन जुवामा जिसीले लगानी गरेका थिए भने आफन्तहरूमार्फत कारोबार गर्ने गरेका थिए ।

फूपू तथा सानी आमाका छोरा, बहिनी ज्वाइँको प्रयोगमार्फत जिसीको नेतृत्वमा ३० करोड रुपैयाँ कारोबार भएको पाइएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

‘जिसीले लगानी गर्ने र आफन्तहरूमार्फत कारोबार गर्ने, गराउने गरेको पाइयो । ह्वाट्सअप, टेलिग्राम, क्यास एपहरूमार्फत कारोबारी खोज्ने, त्यसैमार्फत लगानी तथा कुराकानी हुने गरेको भेटियो,’ एसपी ओलियाले भने, ‘जिसीले नेतृत्व गर्ने उनका भाइहरू पर्ने विक्रम बानियाँ र सन्दीपले कटुवालले नेपाल एजेन्टका रूपमा काम गर्ने उनीहरुले नै खाता सञ्चालन गर्ने र रोशन केसी तथा सज्जन घिमिरेले आर्थिक कारोबार हेर्ने रहेछन् ।’

ओलियाका अनुसार काठमाडौं पछाडि क्रिप्टाकरेन्सीमा ठूलो आर्थिक कारोबार भएको कास्कीमा यो पहिलो पटक हो । कास्कीमा पनि कारोबार हुन सक्ने अनुमान गरिएको भए पनि प्रहरीले पत्ता लगाएको यो पहिलो घटना भएको एसपी ओलियाको भनाइ थियो ।

अमेरिकामा अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी वैध भए पनि नेपालमा भने अवैध हो । अनलाइनका माध्यमबाट व्यक्तिव्यक्तिका बीच हुने सट्टेबाजी गर्नु कानुनविपरीत हो । पछिल्लो समय बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायत क्रिप्टो करेन्सीहरू अवैध रूपमा नेपालमा पनि चलिरहेको भन्दै काठमाडौंमा प्रहरीले पक्राउ गरिरहेको थियो ।

अवैध जुवा खेलाउँदा नाफा हुने भन्दै अमेरिका बसेर नेपालमा जिसीको नेतृत्वमा कारोबार हुने गरेको थियो । उनले आफन्तहरूबाट कारोबार गर्दा सुरक्षितसमेत हुने देखेका थिए ।

महिनादिन अगाडिमात्र छुट्टीमा नेपाल आएका जिसी पक्राउ परेसँगै क्रिप्टोकरेन्सी कारोबार उजागर भएको प्रहरीको भनाइ छ । नेपाल जस्तै बंगलादेश, भियतनाम, चीन, बोलिभिया, रुसलगायत देशमा क्रिप्टोकरेन्सी अवैध मानिन्छ । तर, भारतमा भने अदालतले क्रिप्टोकरेन्सीलाई वैध बनाउने आदेश गरेको छ ।

जिसीले अमेरिका बसेर नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्दा धेरै पैसा कमाउन सकिने भन्दै कलेज पढ्दै गरेका भाइहरूलाई काममा लगाएका थिए । छिटो पैसा कमाउने लोभले ५ जना कानुनी कारबाहीको दायरमा पुगेका छन् भने अमेरिका बसेर छुट्टीमा आए जिसी नेपालमा अवैध जुवा खेलाउँदा तत्काल फर्किन पाएनन् ।

जिसीले अमेरिकामा पीएचडीसमेत गरिरहेको एसपी ओलियाले जानकारी दिए । प्रहरीले ७ दिनको म्याद थपेर जिसीलगायतमाथि अनुसन्धान गरिरहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM