२०८२ मंसिर २१ गते, आईतवार ००:०७

दूधको उत्पादन, गुणस्तर र बजारीकरणका लागि चितवनमा नयाँ परियोजना सुरु

चितवन । जिल्लामा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।  

जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । 

सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पुर्‍याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र सङ्कलनमा सहयोग गर्ने रहेको बताउनुभयो । 

उहाँका अनुसार दुग्ध क्षेत्रको प्राथमिकता पहिचानमा सहयोग गर्ने र नश्ल सुधारमा समेत काम गरिनेछ । परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रुपमा लाभान्वित बन्नेछन् । 

दूध उत्पादन, बजारीकरण र मूल्य नपाउने समस्याबाट कृषकलाई बचाउनका लागि यो परियोजना फलदायी बन्ने आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । 

सङ्घले सरोकारवालासँग लक्ष्य प्राप्तिका लागि के–कस्ता कार्यक्रम उपयोगी हुन्छन् भन्ने विषयमा आज अन्तरक्रिया गरेको थियो । अहिले दूधको भुक्तानी नपाएका कारण दूध उत्पादन बढाउन कठिन मानेका किसान यो परियोजना कार्यान्वयनसँगै लागत घट्ने हुँदा दूध उत्पादन बढाउन सहयोग पुग्ने सो अवसरमा बताइएको थियो । 

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूधको लागत मूल्य घटाउन सके देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्थानीय बजारमा दूधको मागमा एकरुपता नहुँदासमेत किसान चिन्तित बन्ने गरेको भन्दै उहाँले दूधको गुणस्तर कायम गर्नसके माग बढ्ने बताउनुभयो ।

परियोजनामा सहकार्य गरेको हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा केशव शाहले नेपालको दुग्ध उत्पादनका क्षेत्रमा रूपान्तरण गर्नका लागि आफूहरूले काम अघि बढाएको बताउनुभयो । दूध उत्पादनबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा किसानलाई सहजीकरण गर्दै नेपाललाई दूधमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले विगत लामो समयदेखि काम गर्दै आइरहेको उहाँको भनाइ थियो ।

परियोजनाका हेर्दै आउनुभएका भोला श्रेष्ठले नाफा नहुँदा, प्रतिस्पर्धी छैनन् भन्ने हुँदा किसान सन्तुष्ट बन्न नसकेको उहाँले बताउनुभयो । दूधमा गुणस्तर कायम गर्नका लागि वंशाणुगत गुणमा ख्याल गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर बिक्री हुने गरेको छ । 

सङ्घले यस वर्ष अबका दुई महिना विभिन्न कार्यक्रम र सहयोगमार्फत किसान तथा सहकारीलाई सहयोग गर्दैछ । वार्षिक रुपमा सम्झौता गरेर स्थानीय तहसहितको सहकार्यमा हेफरसँग सहकार्य गरेर काम गर्नका लागि सङ्घसित सम्झौता भइसकेको छ ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM