२०८३ बैशाख २७ गते, आईतवार १२:०५

संघीय सांसद एकनाथ ढकाल र माल्दिभ्सका सभामुखबीच भेटवार्ता

काठमाडौं / प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र माल्दिभ्सका नवनिर्वाचित सभामुख अब्दुल रहीम अब्दुल्लासँग शिष्टाचार भेट गर्नुभएको छ।

माल्दिभ्सको संसद भवनमा बिहीबार भएको भेटवार्तामा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिवृद्धि तथा क्षेत्रीय सहकार्य लगायतका विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका सभामुख देवराज घिमिरेको तर्फबाट शुभकामना व्यक्त गर्दै सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र माल्दिभ्सबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

पूर्वमन्त्री समेत रहेका सांसद ढकाल माल्दिभ्सको दुई दिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ। उहाँ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य हुनुहुन्छ।

नेपाल र माल्दिभ्सबीच सन् १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM