२०८२ माघ १ गते, बिहीबार ०४:०५

सबैभन्दा धनी दल एमाले, अरू घाटामा

१५ फागुन, काठमाडौं । संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।

एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।

निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ ।

एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।

दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

सो व्यवस्थाबमोजिम गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन (आम्दानी र खर्चको विवरणसहित) निर्वाचन आयोगमा बुझाएका छन् । जबकी सो आर्थिक वर्षमा ११५ दल आयोगमा दर्ता भएका थिए ।

कांग्रेस २ करोड बढी घाटामा

नेपालको पुरानामध्यको एक र अहिले प्रतिनिधिसभामा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।

यो हिसाबले नेपाली कांग्रेस अहिले २ करोड ३२ लाख ४७ हजार ६०० रुपियाँले घाटामा छ । कांग्रेसले अघिल्लो वर्ष २०७९/८० पनि घाटामा रहेको विवरण निर्वाचन आयोगमा पेश गरेको थियो ।

कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो । चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो । सदस्यता, लेबी र नवीकरण शुल्कबाट भने ७१ लाख आम्दानी गरेको थियो । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । यो आर्थिक वर्ष उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ ।

रास्वपाको आम्दानी भन्दा खर्च दोब्बर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ ।

रास्वपाले २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ ।

यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ ।

एकीकृत समाजवादी पनि घाटामा

नेकपा एकीकृत समाजवादीको पनि आम्दानीभन्दा खर्च बढी देखिन्छ ।

निर्वाचन आयोगमा बुझाएको विवरण हेर्दा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ ।

यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ ।

जनमत पार्टीले आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ । यो हिसाबले जनमत पार्टी २९ हजार ३९० रुपैयाँ घाटामा देखिन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM