२०८२ मंसिर २० गते, शनिबार १८:३४

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन : राप्तीमा बोटिङ, जङ्गल सफारी र हात्ती सफारीको तयारी

बाँके । बाँके राष्ट्रिय निकुञ्ज नजिक रहेको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ र र्याफ्टिङको सम्भाव्यता अध्ययन हुने भएको छ। निकुञ्जले स्थानीय पर्यटन प्रवर्द्धनका लागि नयाँ योजनाहरू अगाडि बढाउँदै जङ्गल सफारी, हात्ती सफारी, चुरे हाइकिङलगायत गतिविधि सञ्चालन गरिरहेको छ।

राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कँडेलका अनुसार कुसुमबाट अगैया हुँदै मधुईसम्म बोटिङ गर्न योजना बनाइएको छ। ‘हाल पानीको सतह कम रहेकाले सुरु गर्न सकिएको छैन, तर पानी बढेपछि बोटिङ सञ्चालन गरिनेछ,’ कँडेलले बताउनुभयो।

निकुञ्ज क्षेत्रको पर्यटन विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै कँडेलले रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। ‘ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी, मचान निर्माण, तथा पैदलयात्राका प्याकेजसहित पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रको संलग्नता अपरिहार्य छ,’ उहाँले भन्नुभयो।

बाँके राष्ट्रिय निकुञ्ज प्रवेशका लागि कोहलपुर, ओभरी र अगैया गरी तीनवटा मुख्य नाका प्रयोग गर्न सकिन्छ। नेचर गाइडसहित पर्यटकले निकुञ्जमा प्रवेश गरेर विविध अनुभव लिन सक्ने व्यवस्था मिलाइएको छ। ‘निकुञ्जले पर्यटकका लागि आवश्यक पूर्वाधार तयार गरिसकेको छ, तर निजी क्षेत्रले त्यसलाई अझै पूर्ण रूपमा आत्मसात गर्न सकेको छैन,’ कँडेलले बताउनुभयो।

नेपालगञ्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठका अनुसार बाँके राष्ट्रिय निकुञ्ज पर्यटनका लागि अपार सम्भावना बोकेर बसेको छ, तर डेढ दशकको अवधिसम्म अपेक्षित पर्यटक आगमन नभएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।

व्यवसायी कृष्णलाल चौधरीले गाभर क्षेत्रमा वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उल्लेख गर्दै ‘यिनीहरूलाई बाँके राष्ट्रिय निकुञ्जसम्म पुर्‍याउन विभिन्न योजना बनिरहेका छन्,’ भन्नुभयो।

गाभर क्षेत्रमा थारू, मुगाली, र हुम्ली संस्कृतिको मिश्रण पाइन्छ। निकुञ्जसँगको नजिकका कारण पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बन्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।

२०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज हो । यो क्षेत्र दुर्लभ वन्यजन्तु र जैविक विविधताले सम्पन्न छ। निकुञ्ज कार्यालयका अनुसार यहाँ ३४ किसिमका स्तनधारी, ५० किसिमका दुर्लभसहित ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, २४ किसिमका घस्रने जनावर, र ५५ भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

स्थानीय तह, निजी क्षेत्र, र सरकारको संयुक्त प्रयासले बाँके राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको सरोकारवालाहरूको निष्कर्ष छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM